पार्टीको विधि र पद्धती बाहिर गएर सामाजिक सञ्जालमा टिकाटिप्पणी नगर्न निर्देशन
नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय अनुशासन आयोगले पार्टीको विधि र पद्धती बाहिर गएर सामाजिक सञ्जालमा टिकाटिप्पणी नगर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
माघ २० गते आयोगले जारी गरेको विज्ञप्तिमा पार्टीका एकाध जिम्मेवार नेता कार्यकर्ताहरुले पार्टी अनुशासनलाई नजरअन्दाज गरेर सामाजिक सञ्जाल तथा मिडियाहरूमा जथाभावी भ्रम सिर्जना हुनेगरी छिटफुट रुपमा काम भइरहेको उल्लेख छ। साथै यस्ता क्रियाकलापमाथि आयोगले निगरानी राखिरहेको जानकारी गराएको छ ।
केन्द्रीय अनुशासन आयोगको प्रेस विज्ञप्ती
१. नेपालको वामपंथी आन्दोलनमा देखापरेको दक्षिणपंथी अवसरवाद, विसर्जनवाद, व्यक्तिवादलगायत अनेकौं विक्रिति र विसंगतिहरूसँग जुध्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई सुदृढ, गतिशील र प्रभावकारी बनाउने दायित्वका साथ अघि बढेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को ऐतिहासिक दश...







