१० भाद्र २०८३, बुधबार

राजनीति/समाज

देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन माधव नेपालको सुझाव

देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन माधव नेपालको सुझाव

नेपाल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन आग्रह गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले आयोजना गरेको भूमि अध्यादेशबारे आयोजित अन्तरक्रिया कार्यक्रमा संविधान संशोधनको नाममा अर्को गठबन्धन बनाएको टिप्पणी गरे । उनले सरकारले भूमिसम्बन्धी अध्यादेशलाई फिर्ता लिनुपर्ने बताए । उनले अध्यादेशको समर्थन गर्छु भनेर अलमलमा नपर्न जसपालाई आग्रह गरे ।...
नक्कली मधेसवादी दलसँग सावधान रहन प्रचण्डको आग्रह

नक्कली मधेसवादी दलसँग सावधान रहन प्रचण्डको आग्रह

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी जनताको मुक्तिको जिम्मा माओवादीले लिने बताएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजविराजमा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँगको अन्तर्क्रियालाई सम्बोधन गर्दै सक्कली मधेसवादी दल माओवादीमात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने उनले आश्वस्त पारे । आफूलाई मधेसवादी भन्ने दलहरूको दिशा जनतातिर नभई प्रतिक्रियावादी दिशाउन्मुख रहेकाले नक्कली मधेसवादी दलसँग सावधान रहन आग्रह गरे । ...
केन्द्रीय कमिटीको आकार र पदाधिकारीको सङ्ख्या घटाउने एमालेको निर्णय

केन्द्रीय कमिटीको आकार र पदाधिकारीको सङ्ख्या घटाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले पार्टीका जनसङ्गठनहरूका केन्द्रीय कमिटीको आकार र पदाधिकारीको सङ्ख्या घटाउने निर्णय गरेको छ । एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतवार बसेको केन्द्रीय सचिवालयको ४५औं बैठकले सो निर्णय गरेको हो । बैठकले दुईवटा केन्द्रीय विभाग सचिव पदपूर्ति गरेको छ भने सुदूरपश्चिम प्रदेश कमिटीमा सदस्यहरू मनोनयन गरेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सचिवालयको ४४औं बैठकयता विकसित समसामयिक राजनीतिक विषय तथा सरकारका कामका बारेमा जानकारी गराउनुभएको थियो । बैठकले जनसंगठनको पदाधिकारीको आकार ९ र केन्द्रीय समितिको संख्या १५१ र ९९ जना रहने निर्णय गरेको छ ।...
कांग्रेसले समाजवाद बिर्सिएको छैनः डा. शेखर

कांग्रेसले समाजवाद बिर्सिएको छैनः डा. शेखर

नेपाल । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई नछाडेको दावी गरेका छन्। आइतवार रुपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् । उनले कतिपयले कांग्रेसले समाजवाद बिर्सियो भन्ने गरेको भन्दै कांग्रेसले समाजवाद नबिर्सिएको बताए। उनले कसैले बोलेको भए त्यसलाई मतलब नगर्न आग्रह गरे । उनले कहिलेकाहीँ राजनीतिमा ‘इग्नोर’ गर्नुपर्ने बताए । सांसद कोइरालाले सामाजिक सुरक्षालाई नेपाली कांग्रेसले बढाइराखेको पनि बताए।...
रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ

रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ

अमेरिका । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । विभिन्न आरोप लागेर विवादित रहेका थापा अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेका हुन् । उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको छ । पछिल्लो समय धेरैजसो नेपालमै बस्दै आएका रास्वपा नेता थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग गरेको घटनामा मुद्दा चलेर जेल समेत बसेका थिए । त्यसछि उनको अमेरिकी नागरिकता रद्द भएर ग्रीन कार्डमा थिए । ...
जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउन दिन्नौंः प्रचण्ड

जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउन दिन्नौंः प्रचण्ड

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाएका छन् । जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियानअन्तर्गत आज सिरहा सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले दश वर्षे जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने प्रयास सफल हुन नदिइने बताए । उनले विगतका कमजोरी सच्याएर मधेसी जनतासँग पुनः गहिरो सम्बन्ध कायम गर्न आफूहरूले हुलाकी अभियान शुरु गरेको बताए ।...
नेपाल हरेक हिसाबले पर्यटनको लागि सम्भावनाको क्षेत्रः शंकर पोखरेल

नेपाल हरेक हिसाबले पर्यटनको लागि सम्भावनाको क्षेत्रः शंकर पोखरेल

नेपाल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल हरेक हिसाबले पर्यटनको लागि सम्भावनाको क्षेत्रको रूपमा रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय होटेल व्यवसायी संघको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले पर्यटन क्षेत्र विस्तारको लागि होटेल क्षेत्रको विकास हुनु पर्ने बताउनुभयो । नेपालको समग्र अर्थतन्त्र नै औपचारिक भन्दा अनौपचारिक भएको पोखरेलले बताउनुभयो । यसको प्रभाव देशको समग्र विकासमा परेको उहाँको धारणा छ । नेपालमा अनौपचारिक अर्थतन्त्र बलियो भएको बताउँदै उहाँले त्यो देशको विकासका लागि घातक भएको पोखरेलले बताउनुभयो । अहिले नेपालको अर्थतन्त्रको आधार उत्पादन र उद्यम भन्दा पनि वैदेशिक रोजगारी भएको उहाँले बताउनुभयो । त्यो दिगो नभएर अस्थायी अर्थतन्त्र भएको उहाँको धारणा छ ।...
नेकपा एमालको सचिवालय बैठक बस्दै

नेकपा एमालको सचिवालय बैठक बस्दै

काठमाडौं । सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्न आइतबार नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक अपराहन्न २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिएका छन् । सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेस कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् ।...
सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु कमजोरी होः गगन थापा

सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु कमजोरी होः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु कमजोरी रहेको बताएका छन् । पोखरामा जारी लिट्रेचर फेस्टिभलमा ‘भइरहेको निराशाः व्याख्या र वास्तविकता’ महामन्त्री थापाले यस्तो बताएका हुन् । आफूले प्रश्न गरिरहँदा सरकारको कमिकमजोरीबाट आफू पनि भाग्न नमिल्ने उनको भनाइ थियो ।...
असन्तुष्ट दललाई सहमतिमा ल्याएर फागुन तेस्रो साता नै अध्यादेश पेश गरिने

असन्तुष्ट दललाई सहमतिमा ल्याएर फागुन तेस्रो साता नै अध्यादेश पेश गरिने

नेपाल । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले असन्तुष्ट भएका दललाई सहमतिमा ल्याएर फागुन तेस्रो साता नै सदनमा अध्यादेश पेश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रवार साँझ बसेको दुई दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । एमाले प्रमुख सचेतक महेश बर्तौलाले यसबीचमा असन्तुष्ट दलहरूसँग छलफल गर्ने र सम्भवतः २१ गते नै अध्यादेश पेश गर्ने जानकारी दिए । दुवै सदन फागुन २१ मा बस्दै छ । फागुन २१ मा पेश नभए २२ मा पेश हुने उनले बताए । बैठकमा एमालेबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र प्रमुख सचेतक महेश बर्तौंला तथा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरेलगायत सहभागी थिए ।...