२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

दोलखा गौरीशंकरको उपाध्यक्षमा नेकपा एमालेकी उमा शेर्पा विजयी

दोलखा गौरीशंकरको उपाध्यक्षमा नेकपा एमालेकी उमा शेर्पा विजयी

नेपाल । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उमा शेर्पा विजयी भएकी छन् । उनले २ हजार ८०५ मतसहित विजय हासिल गरेकी हुन् । माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याइन् । गौरीशंकर गाउँपालिकामा २०७९ को निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । ९ वटा वडा रहेको गौरीशंकरमा ७ हजार ५९० मत खसेको थियो ।...
उपनिर्वाचनको परिणामः ३१ स्थानमा कुन पार्टीका कसले जिते ?

उपनिर्वाचनको परिणामः ३१ स्थानमा कुन पार्टीका कसले जिते ?

नेपाल । आइतबार ४१ पदका लागि भएको उव निर्वाचनको परिणाम आइरहेको छ । यी ३१ स्थानमा कसले जिते ? १, ताप्लेजुङको सिरीजंगा गाउँपालिका ३ मा एमालेकी कुमारी सावदेन विजयी २, झापाको कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी ३, गुल्मीको मुसिकोटनगरपालिका १ मा कांग्रेसका आनन्द श्रेष्ठ विजयी ४, महोत्तरीको रामगोपालपुर नगरपालिका२ मा एमालेका सकिवुल खाँ विजयी ५, दैलेखको दुल्लु नगरपालिका १३ मा एमालेका लालबहादुर शाही विजयी ६, गोरखा नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रका विष्णु ब.मगर विजयी ७, रौतहटको इशनाथ नगरपालिका ७मा काँग्रेसका शेख अब्दुल खलिक विजयी ८, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका५ मा कांग्रेस मोती राम खत्री विजयी ९, जाजरकोटको कुशे गाउँपालिका७ मा कांग्रेसका खम्बबहादुर सिंह विजयी १०, डोटीको पुर्बीचौकी गाउँपालिका ६ मा कांग्रेसका मोहन थापा विजयी ११, दार्चुलाको दुहुँ गा...
प्रधानमन्त्री ओली सोमबारदेखि चीनको औपचारिक भ्रमणमा

प्रधानमन्त्री ओली सोमबारदेखि चीनको औपचारिक भ्रमणमा

नेपाल । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नेकार्यक्रम तय भएको छ । त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्...
काठमाडौं १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित

काठमाडौं १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित

नेपाल । आइतबार सम्पन्न उप निर्वाचनमा काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । १० हजार ५५८ मत भध्ये २ हजार ९०२ मत पाउँदै उनी विजयी भएकी हुन् । कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २ हजार २०४ मत प्राप्त गरे भने नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्याम कृष्ण श्रेष्ठले ७७४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ८२ मत पाएका छन् । २०७९ को निर्वाचनमा उक्त वडामा कांग्रेसले जितेको थियो ।...
हेटौंडा १२ को वडाध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी बिजयी

हेटौंडा १२ को वडाध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी बिजयी

नेपाल (हेटौंडा) । आइतबार सम्पन्न उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी बिजयी भएका छन् । मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार तिवारीले २ हजार ६३ मत प्राप्त गरी जित हासिल गरेका हुन् । दोस्रो भएका माओवादी केन्द्रका उम्मेदवार रविकुमार प्रधानले १ हजार ५६० मत प्राप्त गरेका छन् भने तेस्रो भएका एमालेका उम्मेदवार राजेश नगरकोटीले १ हजार ३९८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । हेटौंडा १२ को अध्यक्षका राप्रपा उम्मेदवार प्रेमबहादुर भोलनले १७८, रास्वपाका आशाविर बलले ८३, एकीकृत समाजवादीका बलराम बलले ७३ मत प्राप्त गरे । यस वडामा कुल ८ हजार ५३ मतदाता रहेका थिए । वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका थिए । जसमध्ये नौजना विभिन्न दलबाट र तीन जना स्वतन्त्ररुपमा उम्मेदवार बनेका थिए । यसअघि माओवादीका ललित घलान वडाध्य...
चीन जानुअघि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

चीन जानुअघि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् । राष्ट्रपतिभवन शीतलनिवास पुगेर शनिबार साँझ प्रधानमन्त्री ओलीले भेट गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । भेटमा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा आरज़ू राणा देउवा पनि सहभागी थिइन् । परराष्ट्रमन्त्री देउवाले आफूले हालै गरेको चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन् । यही मंसिर १७ गते सोमबारदेखि २० गते बिहीबारसम्म प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छिमेकी मित्रराष्ट्र चीन भ्रमण गर्दैछन् । ओली ८७ जनाको जम्बो टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन् ।...
बीआरआई अन्तर्गतका योजनाहरु अनुदानमा अघि बढाउन चीन सकारात्मकः देउवा

बीआरआई अन्तर्गतका योजनाहरु अनुदानमा अघि बढाउन चीन सकारात्मकः देउवा

नेपाल । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन भ्रमणबाट शनिबार स्वदेश फर्केकी छिन् । स्वदेश फर्केपछि उनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरु अनुदान स्वरुप अघि बढाउन चीन सकारात्मक रहेको बताएकी छन् । चीन भ्रमण सकेर स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले आफूले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीमा बीआरआई प्रोजेक्ट अन्तर्गतका योजनाहरु अनुदानका रुपमा अघि बढाउन चीन सकारात्मक रहेको बताएकी हुन् । देश भित्रको परिस्थितिका कारण नेपालले ऋण लिनसक्ने अवस्था नभएको चिनियाँ पक्षलाई स्पस्ट पारेको पनि परराष्ट्रमन्त्री देउवाले जानकारी दिइन् ।...
नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चीन भ्रमणमा

नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चीन भ्रमणमा

नेपाल । नेकपा एसका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री तथा झलनाथ खनाल शनिबार चीन प्रस्थान गर्नु भएको छ । नेता खनालको साथमा पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि चीन भ्रमणमा जानुभएको छ । मित्र राष्ट्र चीनको निमन्त्रणामा अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्स २०२४ को आठौँ श्रृंखलामा सहभागी हुन साताव्यापी भ्रमणको क्रममा नेता खनालले डिसेम्बर १ मा बेइजिङमा चिनियाँ उच्चस्तरिय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको पार्टी विदेश विभाग सचिव खतिवडाले जानकारी दिनुभयो । बेइजिङको उच्चस्तरीय राजनीतिक भेटघाट सकेर नेता खनाल चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फॉरेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तिय जनसरकारको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा सहभागि हुन ग्वाङ्झाउ जाने कार्यक्रम रहेको छ । ग्वाङ्झाउमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्सको दोस्रो...
आइतबार स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान हुँदै

आइतबार स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान हुँदै

नेपाल । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आइतबार बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने–गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग आयोगले सहयोगको अपेक्षा गरेको छ ।...
संविधानको मूलभूत विषयमा संशोधन हुँदैनः गगन थापा

संविधानको मूलभूत विषयमा संशोधन हुँदैनः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न राजनीतिक संयन्त्र बनेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनको विषयमा पहिले नेपाली कांग्रेस र एमालेबीच साझा धारणा बन्ने र त्यसपछि अन्य दलहरुसँग छलफल गर्ने योजना रहेको बताए । उनले कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन नहुने तर्क गर्दै संविधान संशोधनका सन्दर्भमा जिम्मेवार सबै राजनीतिक दलसँग सौहाद्र्पूर्ण वातावरणमा छलफल गरी आवश्यक निर्णय लिइने स्पष्ट गरे ।...