वडाकेन्द्रित अभियान सञ्चालन गर्ने नेकपा एमालेको निर्णय
नेपाल । नेकपा एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुईदिने राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
देशभरिबाट पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका प्रदेश, जिल्ला जनसंगठन र तोकिएका जनप्रतिनिधिहरूसहित ३ सय जनाको सहभागितामा सम्पन्न राष्ट्रिय भेलाले विभिन्न ६ बुँदे घोषणापत्र जारी गरेको छ ।
राष्ट्रिय कार्यशालाले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि माघदेखि चैतसम्म तीनमहिने वडाकेन्द्रित अभियान सञ्चालन गर्ने सङ्कल्प गरेको छ ।
आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै जनतासँग जनसंगठन अभियान सञ्चालन गर्ने सङ्कल्प कार्यशालाले गरेको छ ।
कार्यशालाले २०८२ सालको पार्टी सदस्यता नवीकरण २०८१ को चैतभित्र विधिसम्मत र प्रक्रिया सम्मत ढङ्गले सम्पन्न गर्ने सङ्कल्प गरेको छ । यसै वर्षभित्र सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाइन...







