१७ जेष्ठ २०८३, आईतवार

फोटो फिचर

कोलोराडोमा ग्लोबल नेपाली फिल्म अवार्डको ८औं संस्करण भब्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा ग्लोबल नेपाली फिल्म अवार्डको ८औं संस्करण भब्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डको ८औं संस्करण आइतबार अमेरिकाको कोलोराडोमा कलाकर्मिहरूलाइ सम्मान तथा सांगितीक कार्यक्रमका साथ भब्यरूपमा सम्पन्न भएको छ । नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए , हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र PHILIP HARMONY ORCHESTRA BOULDER को संयुक्त आयोजनामा ८औं एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम दर्शकहरूले खचाखच भरिएको बोल्डर थिएटरमा बिभिन्न सांगितीक कार्यक्रमका साथ कलाकर्मिहरूलाइ सम्मानगर्दै सम्पन्न भएको हो । फिल्म अवार्डमा झण्डै ५ दशक निरन्तर कलाक्षेत्रमा समर्पित विशिष्ठ कलाकार तथा चरित्र अभिनेता रामचन्द्र अधिकारीलाइ दीर्घसाधना सम्मान प्रदान गरिएको छ । यसैगरी समारोहमा अभियान श्री अवार्ड, स्मृती सम्मान, उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता र अभिनेतृसहित विभिन्न विधामा...
अमेरिकाको भर्जिनियामा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न

अमेरिकाको भर्जिनियामा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक दुई वर्षमा विश्वभरिबाट नेपाली भाषाका विभिन्न विधाका सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्न आयोजना गरेको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह शनिबार भर्जिनिया, अमेरिकामा भव्यताका साथ सम्पन्न भएको छ । २१ सय डलरको सर्वोत्कृष्ट पुस्तक पुरस्कारसहित कूल ११ हजार ५ सय डलर नगद पुरस्कार विभिन्न विधाका ११ कृतिका स्रष्टाले प्राप्त गरे । नेपालका ७ र अमेरिकाका ४ जना स्रस्टा पुरस्कृत भए । महाकवि देवकोटाको जन्म जयन्तीको अवसरमा सन् २००३ देखि अनेसासले हरेक दुई वर्षमा यो कार्यक्रम आयोजना गर्दछ । हरेक पछिल्ला दुई वर्षमा छापिएका पुस्तक दर्ता गराउने, मूल्याङ्कन गर्ने र पुरस्कार वितरणको समारोह अनेसास बोर्ड अफ ट्रस्टीले आयोजना गर्ने गर्दछ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकामा नेपाली मूलको पहिलो निर्वाचित सांसद डेलिगेट डा. हयारी भण्डार...
नेपाली घरको सहयोगार्थ कोलोराडोमा खेलिएको देउसी भैलोबाट १७ हजार डलर संकलन

नेपाली घरको सहयोगार्थ कोलोराडोमा खेलिएको देउसी भैलोबाट १७ हजार डलर संकलन

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) को सहयोगार्थ कोलोराडोको बिभिन्न शहरमा खेलिएको देउसी भैलो कार्यक्रमबाट १७ हजार ४० डलर संकलन भएको छ । कोलोराडोमा क्रियाशील संस्था नेपाली घरको संयोजन तथा स्थानीय संघ संस्था र समाजसेवीहरुको सहयोगमा नेपालीहरुको दोश्रो ठूलो महान चाड तिहारको अवसरमा देउसी भैलो कार्यक्रम सम्पन्न हो । यसअघिका बर्षहरुमा जस्तै यस बर्षपनि शुभकामना आदान प्रदान सहित नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो । यसरी देउसी भैलो खेलिएका स्थानहरुमा कोलोराडोको दक्षिणी क्षेत्र अरोराको सेन्टेनियल र नेपाली सांस्कृतिक केन्द्र नेपाली घर रहेका छन् । अरोराको सेन्टेनियलमा स्थानीय समाजसेवी राज ढुंगानाको संयोजनमा अक्टोबर १७ तारिक शुक्रबार सांझ ६ बजे देखी राती ९ः३० बजेसम्म संचानल भएको देउसी भैलो कार्यक्रमा ६ हजार ७ सय ७९ डलर संक...
ग्लोबल भुटानीज कम्युनिटी कोलोराडोद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि केसीएससीलाई

ग्लोबल भुटानीज कम्युनिटी कोलोराडोद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि केसीएससीलाई

–हेम गिरी (डेनभर, कोलोराडो) । अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने नेपाली भाषी भुटानी समुदायको सक्रिय संस्था ग्लोबल भुटानीज कम्युनिटी कोलोराडो (जीबीसीसी) ले सेप्टेम्बर ६ मा आयोजना गरेको वार्षिक पिकनिक तथा भलिबल प्रतियोगिता २०२५ सम्पन्न भएको छ । कोलोराडोमा रहेका नेपाली भाषी भुटानी समुदायको एकता कायम राख्नुका साथै खेलकुदमार्फत सामाजिक सद्भाव र आपसी मेलमिलाप बढाउने उद्देश्यले आयोजित यो कार्यक्रममा स्थानीय नेपाली भाषी समुदायको उल्लेख्य सहभागिता रहेको थियो । प्रतियोगितामा ६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए, जसमा पूल एमा लिबर्टी, एफसी, र ड्रुक्युल तथा पूल बीमा सीएनटी, केसीएससी, र युंग स्टारले भाग लिएका थिए। खेल तालिकाअनुसार पूल एमा लिबर्टी भर्सेस एफसी, एफसी भर्सेस ड्रुक्युल र लिबर्टी भर्सेस ड्रुक्युलबीच खेलहरू सम्पन्न भए । यस्तै, पूल बीमा सीएनटी भर्सेस केसीएससी, केसीएससी भर्सेस युंग स्टार,...
कोलोराडो अरोरास्थित नेपाली पाठशालाको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो अरोरास्थित नेपाली पाठशालाको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाबाट सञ्चालित नेपाली भाषा पाठशालामध्ये अरोराको पाठशालामा यस सत्रमा पढ्ने बालबालिकाहरूका लागि दीक्षान्त समारोह अरोरा स्मोकी हिलस्थित चर्चमा आयोजित एक समारोहकाबीच अगस्त ३० तारिखमा सम्पन्न भयो । यस कार्यक्रममा झण्डै १०० जनाको समुपस्थितिमा करिब ३ दर्जन बालबालिका यहाँ दीक्षित भएका थिए । स्मरणीय छ, यस्तै दीक्षान्त समारोह गत हप्ता नर्थग्लेन पाठशालाका विद्यार्थीहरूका लागि नेपाली घरमा आयोजना गरिएको थियो । कार्यक्रमका सञ्चालक समाजसेवी राजु खनालले सञ्चालन गर्नुभएको यस कार्यक्रमको शुभारम्भ पाठशालाका बालबालिकाहरूले सामूहिक नेपाली तथा अमेरिकी राष्ट्रिय गानबाट गरेका थिए । अनेसास कोलोराडो शाखाका सचिव परिवेश शर्माले विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई स्वागत गर्दै पाठशाला सञ्चालनको उद्देश्यबारे अवगत गराउनुभएको थियो । यस कार्यक्रममा दीक्...
कोलोराडोमा नेपाली पाठशाला नर्थग्लेनको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा नेपाली पाठशाला नर्थग्लेनको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाबाट सञ्चालित नेपाली भाषा पाठशालामध्ये नर्थग्लेनको पाठशालामा यस सत्रमा पढ्ने बालबालिकाहरूका लागि दीक्षान्तसमारोह वेस्टमिन्स्टरस्थित नेपाली घरमा अगस्त २३ शनिवारका दिन हर्षोल्लासका साथ सम्पन्न भएको छ । अनौपचारिक तवरले सञ्चालित यस कार्यक्रमको प्रारम्भ पाठशालाका बालबालिकाहरूले सामूहिक राष्ट्रिय गानबाट गरेका थिए । अनेसास कोलोराडो शाखाका महासचिव पुष्पराज पौडेलले सञ्चालन गर्नुभएको यस कार्यक्रममा दीक्षित विद्यार्थी रचित रेग्मीबाट हनुमान चालिसा कण्ठस्थ पाठ गरिएको थियो । समारोहमा समृद्धि खड्का, सिमरन सुवेदी, सृष्टि खड्का लगायतले विधार्थी गान र नृत्य प्रस्तुत गरेका थिए । यसैगरी ठूलो, मध्यम तथा सानो कक्षाका विद्यार्थीहरूले पालैपालो कक्षागत रूपमा तयार पारिएको सामूहिक गीत तथा कविता वाचन गरेका थिए । यसलगत्तै खुशी र एञ्जल पौडेल दिदीबहिन...
कोलोराडोका दिदीबहिनीहरूले बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालसंगै खाए तिजको दर

कोलोराडोका दिदीबहिनीहरूले बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालसंगै खाए तिजको दर

-नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरुले बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालको सहभागितामा सामुहिक रूपमा तिजको दरखाएका छन् । प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुखदुःख साटासाट गर्दै माईतीको झल्को मेटाउन सिष्टर्स ग्रुप दिदी बहिनी समूह कोलोराडोले आयोजना गरेको सामुहिक दरखाने कार्यक्रमा बसुन्धरा भुषालको सहभागिता भएको हो । कोलोराडो स्थित वेष्टमिनिष्टर सिटीमा आइतबार सांझ ५ बजे देखी राती १० बजेसम्म संचालन भएको तिजको दरखाने कार्यक्रममा संघ संस्थाका प्रतिनिधी बुद्धीजिवी, गन्यमान्य, समाजसेवी, ब्यवसायी तथा नेपाली भाषी बुबाआमा , दिदीबहिनी दाजुभाईहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको शुरूमा सिष्टर्स ग्रुप दिदी बहिनी समुहका अध्यक्ष धन पौडेलले उपस्थित सब...
नेपाली जनसम्पर्क समिति कोलोराडो च्याप्टरको आयोजनामा समर पिकनिक सम्पन्न

नेपाली जनसम्पर्क समिति कोलोराडो च्याप्टरको आयोजनामा समर पिकनिक सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो) । कोलोराडोमा रहेका नेपालीभाषी समुदायबीच भेटघाट , एक आफसमा समन्वय तथा सद्भाब बढाउने उद्धेश्यले नेपाली जनसम्पर्क समिति कोलोराडो च्याप्टरद्धारा आयोजना गरिएको समर पिकनिक आईतबार सम्पन्न भयो । कोलोराडोको ब्रुमफिल स्थित कम्यूनिटी पार्कमा दिउसो ४ बजेदेखी सांझ ७ बजेसम्म आयोजित पिकनिक कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरीकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ , यहाँस्थित बिभिन्न संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, समाजसेवी, कलाकार, व्यवसायी, नेपालीभाषी बुबाआमा, दाजुभाइ, दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । पिकनिक कार्यक्रमको सुरुमा नेपाली जनसम्पर्क समिनि कोलोराडो च्याप्टरका अध्यक्ष गणेश भण्डारीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै नेपालीभाषीहरु बीच एकआपसमा चिनाजानी गर्दै समन्वय र सद्भाव बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका थिए । पिकनिकमा सं...
ब्लड डोनर्स अफ अमेरिकाको अध्यक्षमा महेश्वर पन्त चयन, यस्तो बन्यो नयाँ कार्यसमिति

ब्लड डोनर्स अफ अमेरिकाको अध्यक्षमा महेश्वर पन्त चयन, यस्तो बन्यो नयाँ कार्यसमिति

बोस्टन । ब्लड डोनर्स अफ अमेरिका (बीडीए) को अध्यक्षमा महेश्वर पन्त चयन हुनु भएको छ । अमेरिकाको बोस्टनमा भएको पाँचौं राष्ट्रिय अधिवेशनले आगामी कार्यकाल (२०२५–२०२७) का लागि पन्तको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा टिका पौडेल र उपाध्यक्षहरुमा बिरोचन नेपाल, लिला श्रेष्ठ, बिजयदेव अधिकारी र झमक निरौला चयन हुनु भएको छ । त्यस्तै कोषाध्यक्षमा फणिन्द्र क्षेत्री, सह–कोषाध्यक्षमा गंगाबहादुर थापा र सदस्यहरुमा शारदा श्रेष्ठ, डा. शारदा काफ्ले त्रिपाठी, सुनिता बस्नेत, अजयराज बगाले र सम्झना आचार्य चयन हुनु भएको छ । महासचिव, सचिव र ४ जना सदस्यहरु पछि चयन गरिने निवर्तमान अध्यक्ष भुषणलाल श्रेष्ठले जानकारी दिनु भयो । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन प्रमुख नन्द रेग्मीले सपथ ग्रहण गराउनु भएको थियो । नयाँ कार्यसमितिलाई स्वागत गर्दै निवर्तमान अध्यक्ष भुषणलाल श्रे...
रकी माउन्टेनको आयोजनामा कोलोराडोमा समर पिकनिक कार्यक्रम भव्यताका साथ सम्पन्न

रकी माउन्टेनको आयोजनामा कोलोराडोमा समर पिकनिक कार्यक्रम भव्यताका साथ सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो) । अमेरिकाको कोलोराडोमा रहेका नेपालीहरु बीच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्देश्यले आयोजना गरिएको समर पिकनिकमा चर्चित लोक तथा दोहोरी गायकद्वय राजु परियार र चन्द्र शर्मा सहभागी भएका छन् । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा र्नथग्लेन स्थित रमणीय पार्कमा आइतबार दिउँसो २ बजे देखी ७ बजेसम्म आयोजित कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, बुद्धीजिवी, समाजसेवी, साना बाल बालिका, व्यवसायी ,पत्रकार, गन्यमान्य तथा नेपालीभाषी बा आमा, दाजुभाइ, दिदीबहिनीहरुको माझ कलाकार द्वय सहभागी भएका हुन् । नेपालीभाषी समुदायको पीकनिकमा सहभागी कलाकार द्वय राजु परियार र चन्द्र शर्मालाई पिकनिक आयोजक संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका पदाधिकारीहरुले फुलका गुच्छा, खादा पहिर्याइ मायांको चिनो प्रदानगरी सम्मान गरेका थिए । कार्यक्रममा कलाकार राजु परियारले सम्बो...