३ फाल्गुन २०८२, आईतवार

प्रचण्डद्वारा विश्वासको मत लिने तयारी, काँग्रेसको संसद चल्न नदिने अडान यथावत

कोलोराडोखबर संवाददाता , May 20th, 2024

नेपाल । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने भएका छन् । तर नेपाली काँग्रेसले संसद बैठक अवरोधलाई यथावत राख्ने भनेका कारण बैठक संचालन हुनेमा आशंका छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रचण्ड सरकारलाई माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा र नेकपा (एस) सहितका दलको समर्थन छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ ।

२०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।

प्रतिक्रिया दिनुहोस्