३१ भाद्र २०८१, सोमबार

अभिनेता पल शाहको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति

कोलोराडोखबर संवाददाता , December 16th, 2023

काठमाडौं । सर्वोच्च अदालतले अभिनेता पल शाह विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको छ ।

यसअघि उच्च अदालत पोखराले प्रमाणहरूको समुचित मूल्यांकन नगरी फैसला गरेको भन्दै सर्वोच्चले शाहविरुद्धको फैसला दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेको हो ।

पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्तिलगायतका प्रमाणको समुचित मूल्यांकन नभएको सर्वोच्चको भनाइ छ ।

अभिनेता शाहले बलात्कार गरेको भन्दै एक गायिकाले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुरमा जाहेरी दिएकी थिइन् ।

उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्