७ जेष्ठ २०८१, सोमबार

डा. केसीको अनशन धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा

कोलोराडोखबर संवाददाता , December 16th, 2023

नेपाल । डा. गोबिन्द केसी फेरि अनशन बसेका छन् । कैलालीको गेटास्थित प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशन सुरु गर्न पुगेका उनलाई अवरोध गरिएपछि धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका छन् ।

उनले शुक्रबार राति सात बजेदेखि धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका हुन् ।

विश्वविद्यालय पुनर्स्थापना संघर्षरत समूहले डा. केसीलाई विश्वविद्यालय रोकेर प्रतिष्ठान स्थापनाको माग उठाएर विश्वविद्यालय निर्माण प्रक्रियालाई बिथोल्न खोजेको आरोप लगाउँदै अवरोध गरेका हुन् ।

केसीले विगतमा भएका सम्झौता कार्यान्वयन, सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप, क्षमता वृद्धि र निःशुल्क औषधिको सुनिश्चितताको माग राखेर अनशन बसेको बताए ।

प्रतिक्रिया दिनुहोस्