–आर.आर. चौलागाईं–
***
यहाँ कत्रोकत्रो खेल हुन्छ, तिमीलाई के थाहा !
बुझी नसक्नुको झेल हुन्छ, तिमीलाई के थाहा !
भन्छन् एउटा गर्छन् अर्कै, अनि दोष लगाउँछन्
पास भएको मान्छे फेल हुन्छ, तिमीलाई के थाहा !
***
–हेटौंडा, मकवानपुर ।
नेपाल (हेटौंडा) । सिस्नुपानी नेपाल मकवानपुरले ४२ स्रष्टाहरूलाई सम्मान गरेको छ । बुधबार आफ्नो स्थापना दिवसको अवसरमा दाङ जिल्लाका उत्तमकृष्ण मजगैयाँ र मोरङ जिल्लाका अनिल पौडेललाई हास्यव्यङ्ग्य लेखनका लागि सम्मान गरेको हो ।
मकवानपुर र अन्य जिल्लाका वाद्यवादक, गायक, नाट्यकर्मी, साहित्य सर्जकहरूले यसअघि विभिन्न कार्यक्रमहरूमा विभिन्न भूमिकामा सहयोग गरेकोमा उहाँहरूलाई समेत स्थापना दिवसको अवसरमा संस्थाले सम्मान गरेको हो ।
हास्यव्यङ्ग्य विधाका सर्जकहरूलाई प्रदान गरिने सिस्नुपानी नेपाल मकवानपुरका पूर्वअध्यक्ष डा. गणेशकुमार पौडेलको स्मृतिमा स्थापना गरिएको हास्यव्यङ्ग्य साहित्य सम्मान २०८० बाट दाङका मजगैयाँलाई २५ हजार १ रुपैयाँ नगद राशिसहित र यसै वर्षदेखि दिइएको ‘आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८०’ बाट पौडेललाई १५ हजार १ रुपैयाँसहित सम्मान गरिएको छ ।
स्व. डा. गणेशकुमार पौडेलका परिवारजन र सिस्नुप...
नेपाल । नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०८१ का लागि कविता आह्वान गरेको छ ।
प्रतिष्ठानको ६७औं वार्षिकोत्सवको अवसरमा हुने कविता महोत्सवका लागि कविता आह्वान गरिएको हो ।
कविता महोत्सवमा समावेशी सहभागितामूलक र बहुभाषिक हुने भएकाले सबै भाषारमातृभाषाका कविता मान्य हुने प्रतिष्ठानले जनाएको छ ।
सूचनाअनसार मातृभाषामा पठाएका कविताको नेपाली अनुवाद भने अनिवार्य हुनुपर्नेछ । यस्तै कविता पूर्णतः मौलिक तथा राष्ट्रिय कविता महोत्सव–२०८१ सम्पन्न नभएसम्म कुनै पनि छापा तथा विद्युतीय माध्यमबाट प्रकाशित गर्न पाइने छैन । साथै, म्याद नाघी आएका तथा तोकिएको मापदण्डविपरीत रहेका कवितालाई महोत्सवको मूल्याङ्कनमा समावेश गरिने छैन ।
कविता पठाउँदा कविहरूले आफ्नो प्रदेशसहितको ठेगाना खुलाई हालसालै खिचिएको एकप्रति पासपोर्ट साइज फोटो र सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ सूचनामा उल्लेख गर...
नेपाल (हेटौंडा) । मकवानपुरका महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले विभिन्न ९ जना व्यक्तित्वलाई सम्मान गरेको छ ।
शनिबार बिहान हेटौँडामा एक समारोहका बीच नवप्रतिभा सम्मानबाट स्वस्तिका बानियाँ, ईश्वर लम्साल स्मृति पत्रकारिता पुरस्कारबाट सरिता शशी, तुलसीमाया श्रेष्ठ युवा प्रतिभा पुरस्कारबाट दीपक गौतमलाई सम्मान गरिएको छ ।
यस्तै आँचलले प्रतिभा धिताल छन्द सम्मानबाट नुवाकोटकी सुमित्रा सुमी, टीकादत्त–मायादेवी–कुलकुमारी साहित्य सम्मानबाट पोखराकी प्रभा बराल, अप्सरा तिमल्सिना स्मृति साहित्य सम्मानबाट डा. नेत्र एटम सम्मानित हुनुभएको छ ।
यस्तै आँचल सम्मान–२०८० बाट हरिवंश भेटुवाल, बालकुमारी–जगन्नाथ भेटुवाल स्मृति साहित्य सम्माबाट रेनुका जिसी र मंगलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मानबाट प्रसिद्धी लामिछाने सम्मानित हुनुभएको छ ।
आँचलकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समित...
–आर.आर. चौलागाईं–
म बाहिर जाने कुरा गर्दा
कोही खुसी भए
कोही बेखुसी भए ।
खुसी हुनेहरूमध्ये कोही
अब ऊ गएपछि
उसको सट्टा
आफ्नो नाम आउँछ भनेर खुसी भए
खुसी हुनेहरूमध्ये कोही
अब ऊ उतै गएर
यताको भन्दा धेरै प्रगति गरोस् भनेर खुसी भए ।
बेखुसी हुनेहरूमध्ये कोही
अब ऊ उता गएपछि
धेरै उन्नति गर्ला कि भनेर बेखुसी भए
बेखुसी हुनेहरूमध्ये कोही
अब ऊ हामीलाई छोडेर
सदाको लागि जाने भो भनेर बेखुसी भए ।
खुसी हुनेहरूमध्ये कोही
अब ऊ उता गएपछि
शून्यमा बिलाएको हेर्नु परोस् भनेर खुसी भए
खुसी हुनेहरूमध्ये कोही
अब यता यसको
अपमान भएको देख्नु पर्दैन भनेर खुसी भए ।
बेखुसी हुनेहरूमध्ये कोही
ऊ गएपछि
अब यसको
खुट्टा तान्न नपाइने भो भनेर बेखुसी भए
बेखुसी हुनेहरूमध्ये कोही
अब यसको कविता
सुन्न नपाइने भो भनेर बेखुसी भए ।
–हेटौँडा, मकवानपुर ।...
–ज्ञानेन्द्र गदाल–
***
किनारसंग मिलेर नै, नदीले बाटो तय गर्छ
जता जता बग्छ नदी, किनार त्यतै सर्नु पर्छ
बिना नदी किनार हुन्न, किनार बिना नदी हुँदैन
दुबैको मिलनले मात्र, सम्बन्धको लय भर्छ ।
–कोलोराडो, अमेरिका ।
–लक्ष्मी ‘रेशमी’–
१.
म मौन बसेँ
झ्याली झैँ बज तिमी
देखाउ नाच ।
२.
घडीमा सुइ
बलवान समय
पर्ख र हेर ।
३.
सिलाउ मन
भावना जोडिएला
जिन्दगी हाँस्छ् ।
-चन्द्रपुर, रौतहट ।
-प्रकट पंगेनी शिव-
गजल-१
ढोका खोली के पसिथ्यौ पिरतीको रन्को लाग्यो
छेउ आई के बसिथ्यौ पिरतीको रन्को लाग्यो ।
अंगअंग सुम्सुम्याउँदै लाली अधर सल्बलाउँदै
बाहुपासमा के कसिथ्यौ पिरतीको रन्को लाग्यो ।
विषकन्या होइनौ तिमी भए मलाई विष लाग्थ्यो
कामाग्निले के डसिथ्यौ पिरतीको रन्को लाग्यो ।
कुनै धार यस्ता हुन्छन् काट्दा पनि सन्चो लाग्छ
प्रेमको छुरा के धसिथ्यौ पिरतीको रन्को लाग्यो ।
त्यसपछि झन् रन्कैरन्को लाग्यो अन्ना तिम्रो कसम
अँगालोमा के कसिथ्यौ पिरतीको रन्को लाग्यो ।
०००
गजल-२
उठ्यो रिमै फेवातालमा छाल साँझपख
हान्यो रिमै माझीदाइले जाल साँझपख ।
त्यही जालमा जेलिएर निस्किन मत्स्यगन्धा
भेटेँ रिमै जालभित्र माल साँझपख ।
के हेरेथिन् एकै नजर लाग्यो मनमा वाण
भन्नुहोला म त रिमै बेहाल साँझपख ।
बान्की उनको हिसी उनको रूपै उनको देख्दा
सत्य रिमै निको थेन चाल साँझपख ।
हात...
–ज्ञानेन्द्र गदाल–
जोडिनु पर्छ असल मनहरु, टुक्रिएर भाँचिनु हुन्न
गोडिनु पर्छ प्रेमको बिरुवा, ओइलाएर नासिनु हुन्न
सद्भाव र एकताको प्रभाव, यस्तो परोस् समाजमा
रोकिनु पर्छ ढर्राहरु, मौलिक संस्कृति मासिनु हुन्न ।
–कोलोराडो, अमेरिका ।
नेपाल । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माको पाताल उपन्यास नेपालको राजधानी काठमाडौंमा सार्वजनिक भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा कृति लोकार्पण कार्यक्रम भएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले सभापतित्व गरेका थिए ।
प्रमुख अतिथि राईलगायत अतिथिहरु स्रष्टा पदम विश्वकर्मा, अनेसास निवर्तमान अनेसास बिओटी सभापति गीता खत्री, अनेसास पूर्व अध्यक्ष राधेश्याम लेकाली, अनेसासका केन्द्रीय उपाध्यक्ष डा। रेणुका सोलु, प्राज्ञ बाबा बस्नेत, समीक्षक महेश पौड्याल, नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल, माननीय सांसद् रणेन्द्र बराली लगायतले संयुक्त रुपमा कृति लोकार्पण गरेका थिए ।
लोकार्पण पश्चात् समालोचक तथा प्रखर वक्ता महेश पौड्याल र...