३० बैशाख २०८१, आईतवार

आँचल साहित्य कला पुञ्ज मकवानपुरद्वारा विभिन्न ९ जना व्यक्तित्व सम्मानित

कोलोराडोखबर संवाददाता , April 28th, 2024

नेपाल (हेटौंडा) । मकवानपुरका महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले विभिन्न ९ जना व्यक्तित्वलाई सम्मान गरेको छ ।

शनिबार बिहान हेटौँडामा एक समारोहका बीच नवप्रतिभा सम्मानबाट स्वस्तिका बानियाँ, ईश्वर लम्साल स्मृति पत्रकारिता पुरस्कारबाट सरिता शशी, तुलसीमाया श्रेष्ठ युवा प्रतिभा पुरस्कारबाट दीपक गौतमलाई सम्मान गरिएको छ ।

यस्तै आँचलले प्रतिभा धिताल छन्द सम्मानबाट नुवाकोटकी सुमित्रा सुमी, टीकादत्त–मायादेवी–कुलकुमारी साहित्य सम्मानबाट पोखराकी प्रभा बराल, अप्सरा तिमल्सिना स्मृति साहित्य सम्मानबाट डा. नेत्र एटम सम्मानित हुनुभएको छ ।

यस्तै आँचल सम्मान–२०८० बाट हरिवंश भेटुवाल, बालकुमारी–जगन्नाथ भेटुवाल स्मृति साहित्य सम्माबाट रेनुका जिसी र मंगलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मानबाट प्रसिद्धी लामिछाने सम्मानित हुनुभएको छ ।

आँचलकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा सम्मान समारोह भएको हो । सम्मानित साहित्यकारहरुले सम्मानपछि रचना वाचन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्