२१ बैशाख २०८१, शुक्रबार

पदम विश्वकर्माको ‘पाताल’ उपन्यास काठमाडौंमा सार्वजनिक

कोलोराडोखबर संवाददाता , April 19th, 2024

नेपाल । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माको पाताल उपन्यास नेपालको राजधानी काठमाडौंमा सार्वजनिक भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा कृति लोकार्पण कार्यक्रम भएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले सभापतित्व गरेका थिए ।

प्रमुख अतिथि राईलगायत अतिथिहरु स्रष्टा पदम विश्वकर्मा, अनेसास निवर्तमान अनेसास बिओटी सभापति गीता खत्री, अनेसास पूर्व अध्यक्ष राधेश्याम लेकाली, अनेसासका केन्द्रीय उपाध्यक्ष डा। रेणुका सोलु, प्राज्ञ बाबा बस्नेत, समीक्षक महेश पौड्याल, नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल, माननीय सांसद् रणेन्द्र बराली लगायतले संयुक्त रुपमा कृति लोकार्पण गरेका थिए ।

लोकार्पण पश्चात् समालोचक तथा प्रखर वक्ता महेश पौड्याल र रणेन्द्र बरालीले पातालको शल्यक्रिया गरेका थिए । कार्यक्रममा अनेसास नेपाल च्याप्टरले स्रष्टा पदम विश्वकर्मालाई स्रष्टा सम्मान गरेको थियो ।

कार्यक्रममा स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, अनेसासका प्रखर सारथि राम खत्री, अनेसास ट्रस्टी खेमनाथ दाहाल, डा. दामोदर पुडासैनी, मदन पुरस्कार विजेता साहित्यकार गोपाल पराजुली, अनेसास नेपाल च्याप्टरका निवर्तमान महासचिव ऋषभदेव घिमिरे, रञ्जु दाहाल, डा. बुनु दाहाल, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, मिलाप मासिकका प्रधान सम्पादक कृष्ण भुषाल, कार्यकारी सम्पादक गीता अधिकारी, मधु पाठक, सुष्मा आचार्य, हरिबोल ढकाल, ममता मृदुल, अनेसास नेपाल कार्यसमितिका महासचिव रञ्जना निरौला, कोषाध्यक्ष कमला रिसाल, शान्ता शर्मा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२३ संस्कृति विधाबाट पुरस्कृत स्रष्टा गणेश जिसीलगायत उल्लेख्य साहित्यकारहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्