२१ बैशाख २०८१, शुक्रबार

एक मुक्तक

कोलोराडोखबर संवाददाता , April 20th, 2024

–ज्ञानेन्द्र गदाल–

जोडिनु पर्छ असल मनहरु, टुक्रिएर भाँचिनु हुन्न
गोडिनु पर्छ प्रेमको बिरुवा, ओइलाएर नासिनु हुन्न
सद्भाव र एकताको प्रभाव, यस्तो परोस् समाजमा
रोकिनु पर्छ ढर्राहरु, मौलिक संस्कृति मासिनु हुन्न ।

–कोलोराडो, अमेरिका ।

प्रतिक्रिया दिनुहोस्