प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण
नेपाल । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि वैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण गरिएको छ ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी ‘वैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ लोकार्पण गरेको हो । ग्रन्थको लोकार्पण काइँलासहित डा. गोविन्दराज भट्टराई, डा. अभि सुवेदी, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, समाजसेवी मकरध्वज वनेमलगायतले लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली भाषा, साहित्य र कलामा उल्लेखनीय योगदान पुर्याउने दुई सर्जकलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो । ताप्लेजुङ निवासी राजेश्वर थापालाई प्रतिभा सम्मान र सिक्किम निवासी सन्ध्या सिङजाङ्गो सुब्बालाई प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।
पूर्वकुलपति वैरागी काइँलाले सम्मानित र पुरस्कृत सर्जकलाई शुभकामना दिँदै पुरस्कृत सर्जक सुब्बाको उपनाम ‘सिङजाङ्गो’ का बारेमा चर्च...









