लघुकथाकार रमेन्द्र कोइरालाका कथामाथि बहस
नेपाल । लघुकथाकार रमेन्द्र कोइरालाका कथामाथि बहस सम्पन्न भएको छ ।
‘नारी स्रष्टा समाज’ले काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थियटरमा आयोजना गरेको ‘ममता मृदुलसँग लघु कथामा बहस’ कार्यक्रममा कोइरालाका कथाहरुमाथि बहस भएको हो ।
वरिष्ठ नाट्यगुरु अशेष मल्लको प्रमुख आतिथ्य तथा वरिष्ठ समालोचक प्रा।डा। लक्ष्मणप्रसाद गौतम, लघुकथा समाज नेपालका संस्थापक तथा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, लघुकथा समाजका उपाध्यक्ष तुलसीहरि कोइराला र सिर्जना अभियानका अध्यक्ष ध्रुव मधिकर्मीको विशिष्ट आतिथ्यमाकार्यक्रम सम्पन्न भएको हो ।
लघुकथा समाजका उपाध्यक्ष तुलसहरि कोइरालो रमेन्द्र कोइरालाको व्यक्तित्व र लघुकथाकारिताका सम्बन्धमा चर्चा गर्नुभयो । लघुकथाकार पिपि कोइरालाले जेठो दाइ रमेन्द्रको सङ्घर्ष, परिवारको कठोर जिम्मेवारी निर्वाह गर्दै पनि प्रगति गरेको आदि चर्चा गर्नुभएको थियो ।
कथाकार कोइराला र उ...









