‘के म नेपाली हैन र ?’ शीर्षकको कविता प्रतियोगिताको नतिजा घोषणा
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नेपाली भाषा साहित्य समितिले आयोजना गरेको ‘के म नेपाली हैन र ?’ शीर्षकको कविता प्रतियोगिताको नतिजा घोषणा भएको छ ।
मे १८ मा भर्चुअल माध्यमबाट सम्पन्न एक कार्यक्रममा उत्कृष्ट १२ कविहरूको कविता वाचनसँगै नतिजा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा भाषा साहित्य समितिका अध्यक्ष राजेन्द्रप्रसाद अर्यालको सभापतित्व रहेको थियो भने उपाध्यक्ष कवि कृष्ण गिरीले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । उत्तमराज भेटवाल, जीवराज बम, मधुसुदन पराजुली, ईश्वरीप्रसाद रिजाल, विभुति अधिकारी, सुवोध पौडेल, मदन घिमिरे, संयोग बस्याल, लोकहरि पाण्डेय र राजेश सापकोटाले कविता वाचन गर्नुभएको थियो ।
समितिका सदस्य डा. अजित घिमिरेले पुरस्कार विजेताहरूको नाम घोषणा गर्दै बधाई दिनुभएको थियो । प्रथम पुरस्कार (६सय अमेरिकी डलर) सुवोध पौडेल (हाल नर्थ क्यारोलिना), द्वितीय पुरस्कार (४ सय अमे...









