लघुकथा: मानव सेवा आश्रम
-आरसी रिजाल-
म र श्रीराम प्राय बिहान बिहान घुम्न निस्कन्छौँ।एउटा रुखमुनि बुढी आइमाई २/३ दिनदेखी प्लास्टिकको बोराको सिरानी हालेर सुतेको देखेर उनको छेउ पुगेर-- तपाईंको घर कहाँ हो बुढी आम्यौ भन्यौ ।
उनले-- घरबार केही छैन बाबू हो।बुढा बिते। एउटा छोरा थियो लाहुर जान्छु भनेर हिँड्यो। छोरी पोइला गै अत्तोपत्तो छैन्।मागेर गुजारा टार्थें। बिसन्चो भएर तीन दिनदेखि भोकै यहि रुखको फेदमा लडिरहेको छु भनिन् ।
त्यसदिन हामिले एक पाकेट पाउरोटी र एक बोतल पानी ल्याएर दियौँ ।उनले आफुसंग भएको खाली बोतल हामीतिर बढाउदै पाउरोटी किनेर ल्याइदिनुभएको छ। धाराको पानी भरेर ल्याइदिनुस् किन पानीमा खर्छ गर्नुहुन्छ बाबुहो भनिन्।
अर्को दिन उनलाई टेम्पो चढाएर एउटा आश्रयमा पुर्यायौँ । आश्रयका संचालकले उहाँलाई केही प्रश्न गरे।त्यसपछी हामितिर हेर्दै -- हाम्रोमा केही जटिलता र ठ्याक्कै स्थानको अभाव पनि छ। बरु यिनलाई अन्तै आश्रम...









