लघुकथाः फोहरी हात
-आरसी रिजाल-
रामभक्तले बाटोबाट देखिने गरि मुलढोकाको दायाँबायाँ करिब ३/३ फिटको मातापिताको तस्बिर टाँगेका छन् । यो देख्दा बटुवाले उनको तारिफ गरेको सूनिन्छ ।..
एकदिन बिहान् म साथीसंग घुम्न निस्केको थिएँ ।बाटोमा रामभक्त श्रीमतीसंग आउँदै थिए।श्रीमतिले बुवा पशुपतिनाथको चन्दन लगाउनुस् भनिन् ।मैले टाउको निहुँर्याएँ।साथिले -- पर्दैन नानी हामी मन्दिर हिँडेका हौँ।उतै लगाउछु भने।
अलिपर पुगेपछि साथिले -- तिम्रो घर अलिटाढा छ। म यिनको छिमेकी ।यिनहरुले वृद्ध पितालाई जिउँदो छँदा धर्धरी रुवाएको देख्याछु। ढोकामा झुन्ड्याको तस्वीर त पितृभक्त भएको नाटकमात्र हो। यिनहरुले केही सम्पत्ति जोडेका छैनन्। ऎले गुजारेका मस्तिको जीवन बाबुकै पसिना हो। बाबुको मृत्यु संस्कारमा पनि सारै कन्जुस्याइँ गरे। आमाबाबुको इज्जत गर्न नसक्नेले मन्दिरमा छिर्नुलाई म त पाप ठान्छु ।यिनिहरुले बाटो बिराइसके । भगवानसम्म पुग्ने बाटो त ...









