११ कार्तिक २०८३, बुधबार

भाषा/साहित्य

कविता: मौन आवाज

कविता: मौन आवाज

-लालगोपाल सुवेदी- बाँसुरीको राज हो मौन आवाज बाँसुरीमा करुण रस हुन्छ मेरो मौन पुकार बाँस निर्जीव नरहोस् ! ढुङ्गो निर्जीव नरहोस् ! बाँसलाई करुण रसले छोएपछि बाँसुरी हुन्छ ढुङ्गोलाई छिनोले फोएपछि हाँसेहाँसेजस्तो , रोएरोएजस्तो अनुहारमा कलाकारले आकार तुन्छ ढुङ्गालाई शान्त रौद्र, करुण,वा शृङ्गार रसले जब छुन्छ कि त शिव ताण्डव नाच्छन् कि त शिवसित पार्वती हुन्छिन्, प्रणय हुन्छ म हुँ बाँसलाई बाँसुरी बनाउने आवाज म हुँ ढुङ्गालाई मूर्ति बनाउने कलावाज के मूर्तिले बाँसुरी सुन्छ ? हो ,सुन्छ तिमी पशु वा पशुपतिसँगै पशुपतिनाथ सामु जाऊ के हो अ ? के हो उ ? के हो म् ? बुझ लाटा बुझ मूर्त हुन्छ परा अहम् ,आभामण्डल फराकिन्छ चाँदीका चार ढोकाहरूजस्तै उघार बुद्धिको बिर्को त्यहाँ किन ‘यात्री ‘ कविता बुनिन्छ ? त्यहाँ किन करुणा गुन्जिन्छ ? कान हुँदैन सर्पको तर शिवले सर्पको माला लगाएको देखिन्छ ति...
कविता: उ र म

कविता: उ र म

–सुदीपभद्र खनाल– खुशी थिएँ म स्वच्छन्द विन्दास म आउँदा थाहैनपाइ उ पनि सँगै आएको रहेछ मेरो फूलवारीमा एकदिन अनायास उ आयो र ममाथी टाँसिदियो यौटा ट्याग डराएँ म त्यसबाट उम्केर सम्हालिएर बढ्दै थिएँ अगाडि उ फेरी आयो फर्केर र लगायो दोश्रो चिन्ह म फेरी तर्सेँ फेरी डराएँ सम्हालिएँ उठेँ र हिँड्न थालेँ केही समयपछि उ फेरी आयो र टाँसिदियो तेश्रो चिन्ह म फेरी उठेँ फेरी सम्हालिएँ फेरी अगाडि बढेँ उ पुन: आयो र टाँस्यो अर्को सूचना म पुन: उठ्ने कोशिस गर्दै थिएँ त्यो पुन: देखापर्यो नयाँ सूचना दियो र भन्यो अब आउँदा अन्तिम सूचना दिनेछु म तिमीलाई सकेको गर्नू त्यसदिनदेखि मन चिसो हात गोडा सबै चिसा मुटु चिसो भएको छ त्रसित त्रसित सोचिरहेको छु ऊ कहिले आउँछ हँ ? –अमेरिका ।...
कविताः बातचित

कविताः बातचित

–लक्ष्मण आचार्य– धेरै दिनपछि साथीहरू भेट भयो आफन्त नातागोता इष्टमित्र र आफन्तीहरूसँग मुलाकात भयो सदाझैँ यसपालि पनि भेटमा देशका कुरा भए राजनीतिका कुरा भए आन्दोलनका कुराहरू भए आजसम्मका क्रान्ति र यसका विध्वंस र उपलब्धिका कुरा भए जय पराजयका कुराहरू भए मूलबाटोमै ठडिएको रूखको सोझोपन र बाङ्गोपनका कुराहरू भए कसरी उदाउँछ घाम र कसरी लाग्छ ग्रहण ? यसपालिको ग्रहण र बिग्रदो मौसमका कुराहरू भए उत्सव छ पर्व छ टाढा कतै बजिरहेछन् मन्दिरमा घन्टहरू बिजयाको टीका थाप्न मानिसहरू ओहोरदोहोर गरिरहेछन् यतिखेरै निस्किरहेछ कतै मलामीको लर्को एकसाथ बजिरहेछ खुसीको मङ्गल धुन र एकहोरो शङ्ख कोही रोकिएको छ जेब्राक्रसिङमा कोही फसेको छ जाममा कसैको हात बारम्बार पुगिरहेछ दक्षिणा र बन्द खाममा यसरी क्रमशः समापन हुँदै छ विजया दसैँ यतिखेर घर फर्केपछि सोचिरहेछु बातचितमा के के कुराहरू...
छोटो कविताः भर्याङ

छोटो कविताः भर्याङ

–आर.आर. चौलागाईं– भर्याङ चढेर एक तलामाथि पुगेपछि उसले भर्याङलाई हुत्यायो र खुसी हुँदै भन्यो ‘यो भर्याङको अब काम छैन’ म प्रस्टसँग देखिरहेको छु उसले चढ्नुपर्ने तलाहरू अझै थुप्रै बाँकी छन् । –हेटौँडा ।
कोलोराडोमा साहित्य सम्मेलन हुँदै, कार्यक्रमलाई भव्य बनाउन नोभेम्बर २९ मा छलफल आयोजना

कोलोराडोमा साहित्य सम्मेलन हुँदै, कार्यक्रमलाई भव्य बनाउन नोभेम्बर २९ मा छलफल आयोजना

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा नवौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा सन् २०२६ को मे २२–२५ सम्म आयोजना गरिने भएको छ । यसैबीच कोलोराडो शाखाको संयोजनमा हुने उक्त कार्यक्रमको संयोजनामा अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीलाई नियुक्त गरिएको केन्द्रीय महासचिव राजु सिटौलाले जनाएका छन् । सम्मेलनको तयारीमा क्रममा अनेसास केन्द्र र विभिन्न समिति/उपसमितिहरुसँग निरन्तर सम्पर्कमा रही कार्यक्रमलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न क्रियाशील रहने संयोजक अधिकारीले बताए । यसैबीच सो सम्मेलनलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न र कोलोराडो निवासी सम्पूर्ण नेपालीहरुको साथ, सहयोग र सक्रियता आवश्य रहेको हुँदा सोही सम्बन्धमा छलफल गर्न यही नोभेम्बर २९ मा नेपाली घरमा बैठक राखिएको र सो कार्यक्रममा उपस्थितिका लागि कोलोराडो क्षेत्रमा सक्रिय सबै संघसंस्थाका...
‘झगु-लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार’ प्रदान

‘झगु-लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार’ प्रदान

नेपाल । भूगोल साहित्य समाजले साहित्यकार सृजन लम्साल (पूर्णचन्द्र शर्मा लम्साल) लाई ‘झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार २०८२’ प्रदान गरेको छ । सोमबार काठमाडौंमा समाजको छैठौँ साधारणसभाका अवसरमा कथाकार हिरण्यकुमारी पाठकले उक्त पुरस्कार प्रदान गरिन् । पुरस्कारका साथ नगद राशि २५ हजार २५ रुपैयाँ समेत प्रदान गरिएको थियो । यसअघि यो पुरस्कार अग्रज नियात्राकार देवीचन्द्र श्रेष्ठ, कवि तथा अनुवादक रामबहादुर पहाडी र कथाकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिएको थियो । उक्त पुरस्कार कवि ओम आचार्यले स्थापना गरेका हुन् ।...
यादव पन्तको १०१औँ जन्मजयन्तीमा विभिन्न क्षेत्रका चार साधकहरू सम्मानित

यादव पन्तको १०१औँ जन्मजयन्तीमा विभिन्न क्षेत्रका चार साधकहरू सम्मानित

नेपाल । नेपाली अर्थ जगतका विद्वान व्यक्तित्व डा. यादवप्रसाद पन्तको १०१औँ जन्मजयन्तीको अवसर पारेर डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानले विभिन्न क्षेत्रका चार साधकहरूलाई अभिनन्दन एवम् सम्मानित गरेको छ । मंगलबार डिल्लीबजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता शताब्दी पुरुष कृष्णप्रसाद भण्डारीले प्राडा पार्थिवेश्वर तिमिल्सिनालाई शिक्षा तथा आर्थिक क्षेत्रमा विशेष योगदान दिएबापत अभिनन्दन गरे । प्रमुख अतिथि भण्डारीले संखुवासभास्थित ‘सिद्धकाली महिला सशक्तीकरण गाउँ समितिलाई ‘श्रीमती रमादेवी पन्त सामाजिक सम्मान’ प्रदान गरे । उक्त सम्मान संस्थाकी प्रतिनिधि हेमकुमारी चौहानले ग्रहण गरिन् । त्यस्तै ‘डा. यादवप्रसाद पन्त पत्रकारिता सम्मान’ बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानलाई प्रदान गरियो । उक्त अवसरमा प्रतिष्ठानकी अध्यक्ष मीरा अर्ज्यालले प्रमुख अतिथि वरिष्ठ अधिवक्ता ...
नारी स्रष्टा समाजद्वारा २५ भन्दा बढीलाई पुरस्कार तथा सम्मान

नारी स्रष्टा समाजद्वारा २५ भन्दा बढीलाई पुरस्कार तथा सम्मान

नेपाल । नारी स्रष्टा समाज, नेपालले आइतबार आठौँ वार्षिकोत्सव मनाएको छ । अनामनगरमा मनाएको वार्षिकोत्समा २५ भन्दा बढी स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो । देशभरका स्रष्टालाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । ‘प्रभुभक्त छोरीनानी वर्ष पुस्तक सम्मान २०८१’ धरानका शुक्रराज कुँवरको लघुकथा संग्रह ‘बगैंचा’लाई प्रदान गरिएको छ । पुस्तक छनोटकर्ता रमेन्द्र कोइराला र रामकुमार पण्डितलाई सम्मान गरेको छ। विश्वविमोहन श्रेष्ठले ‘मोहनलता विशिष्ट स्रष्टा सम्मान तथा पुरस्कार’, राजेन्द्र शलभलाई पारस काफ्ले स्रष्टा सम्मान, प्रमोद प्रधानलाई कविराज कौशिला स्रष्टा सम्मान, शंकर खरेललाई भीमलाल यशोदा स्रष्टा सम्मान र मोक्षदा दाहाललाई कालीगंगा बालस्रष्टा सम्मान गरिएको छ । पुरस्कारका संस्थापक विक्रमभक्त जोशी, सुष्मा काफ्ले, रोशन पराजुलीलगायतलाई सम्मान गरिएको छ । ‘मोहनलता स्र...
मुकुन्द आचार्यलाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान

मुकुन्द आचार्यलाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान

नेपाल । हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यलाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान–२०८२ द्वारा सम्मानित गरिएको छ । अर्का वरिष्ठ हास्यव्यङ्ग्य कलाकार तथा कवि डम्बर घिमिरेलाई ‘श्रीप्रशन्नमूर्ति फित्कौली सम्मान’ अर्पण गरिएको छ। कार्यक्रममा मन्तव्य दिँदै डा. माधवप्रसाद पोखरेलले हास्यव्यङ्ग्यले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने तथा विशेषगरी राजनीतिमा देखिएका विकृतिहरूलाई नियन्त्रण गर्न यसले सहयोग पुर्‍याउने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा हास्यव्यङ्ग्य क्षेत्रमा लेखन तथा कलामार्फत योगदान पुर्‍याउँदै आएका छ जना स्रष्टाहरूलाई सम्मान गरिएको थियो । २०८२ का लागि ‘गोविन्द–विजया–फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य प्रतिभा पुरस्कार’ काठमाडौँका माणिकरत्न शाक्यलाई र ‘फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य निबन्ध पुरस्कार’ पोखराका हास्यव्यङ्ग्यकार शेषराज भट्टराईलाई प्रदान गरियो । त्यसैगरी, ‘फित्कौली हास्...
विष्णु पन्थी ‘विनु’ को ‘भेटी’ लघुकथासङ्ग्रह लोकार्पण

विष्णु पन्थी ‘विनु’ को ‘भेटी’ लघुकथासङ्ग्रह लोकार्पण

नेपाल । विष्णु पन्थी ‘विनु’ द्वारा लिखित ‘भेटी’ लघुकथासङ्ग्रह लोकार्पण भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित उक्त लघुकथासङ्ग्रह लघुुकथा मञ्चका संरक्षक डा। विदुुर चालिसे, संस्थापक अध्यक्ष घनश्याम ढल्लाकोटी र लेखक स्वयम्ले उक्त सङ्ग्रहको लोकार्पण गर्नुभएको हो । लेखक पन्थीको यो पहिलो लघुकथासङ्ग्रह हो । जसमा ४० वटा लघुकथा समावेश छन् । सङ्ग्रहले सामाजिक परिवेशको जाली परम्परा, राजनीतिक विकृति, चाडबाड, पारिवारिक जीवनशैली, समाजमा विद्यमान विकृति, विसङ्गति, पीडा, वेदनालगायतका कुरालाई तिखो व्यङ्ग्यमा कथाको विषयवस्तु रहेको लेखक पन्थीले बताउनुभयो । विशेष गरी समाजमा देखिएका कतिपय सामाजिक व्यक्तित्वहरू नितान्त व्यक्तिगत स्वार्थका लागि जस्तोसुकै घृणित कार्य गर्न पनि पछि नहट्ने, नाम र दामका लागि स्वाभिमान गुमेको पत्तै नपाउने समाजका केही मानवीय चरित्रप्रति लक्षित गरिएको पन्थीको भनाइ छ । पार...