११ कार्तिक २०८३, बुधबार

भाषा/साहित्य

कविता: लय

कविता: लय

-सुदीपभद्र खनाल- हुन्नन् कैल्यै पनि विरहका सृष्टिमा गीत अन्त हुन्नन् कैल्यै पनि जठरका अग्नि थाकेर शान्त हुन्नन् शोभा विहिन वनका फूल देदिप्यमान खुल्छन् नौला युग जब घना रात सिद्दिन्छ जान चाहे धर्ती परिमिलित होस् कालिमामै दिगन्त हुन्नन् रत्तिभर किरणका पुञ्ज आलोक मन्द जस्तै होउन् मद घनघटा युक्त चर्का अनन्त हुन्नन् कैल्यै पनि तिमिरका शक्तिले भोर अन्त जस्तै छोपुन् गिरि रव घटा मैलिदैँनन् सफाइ जस्तै छोउन् चुलि पथिकले होचिँदैनन् उचाइ जस्तै आओस् सननन हुरी हुन्न संसार अन्त जित्ने कालै पनि प्रकृति मा जिन्दगीको प्रवन्ध बग्ने खोला सरि छ भवमा जिन्दगीको वहाव अग्लोहोचो सडक र कतै भीर ठाडा चढाव जस्तै आउन् उचनिच कसै जीवनी हुन्न अन्त जित्दैजित्दै रण विविध हो सृष्टि यो दिग्दिगन्त आओस् झञ्झा कुसुमवनको यो छटा रित्तिदैँन जस्तै आउन् शिशिर तर वैशाख रित्तो हुँदैन नाघी लाखौ कहर भवमा खुल्छ यो...
दुई सुत्रकथा

दुई सुत्रकथा

-आर. आर. चौलागाईं- संविधान उनीहरू "संविधान ! संविधान !!" भनेर चिच्याइरहे । एक दिन देश रहेन । उनीहरूसँग संविधानको त्यही एउटा खोस्टोमात्रै बाँकी थियो । देश थिएन । ### म नै वर्तमान ! "...म नै राष्ट्र हुँ म नै विचार हुँ म नै अतीत हुँ म नै वर्तमान हुँ र म नै भविष्य हुँ...।" एक ठाउँमा एउटा शासक यसरी भाषण गरिहेको थियो र उसका समर्थकहरू जोडले ताली बजाइरहेका थिए । -हेडौंडा, मकवानपुर ।...
गजल: आ‌ऊ न तिमी आऊ यो शुन्यतामा…

गजल: आ‌ऊ न तिमी आऊ यो शुन्यतामा…

-लक्ष्मण आचार्य- आ‌ऊ न तिमी आऊ यो शुन्यतामा आशा केही जगाऊ यो शुन्यतामा अराजक छ सधैं यो मनको सत्ता समाली चलाऊ यो शुन्यतामा अन्धकार देख्छु जताततै गाढा बाटो लौ देखाऊ यो शुन्यतामा अचानक आयौ हरायौ किन हो ? खबर केही पठाऊ यो शुन्यतामा जताततै आगो विध्वंस नै देख्छु भो अरू नभत्काऊ यो शुन्यतामा -चन्द्रपुर, रौतहट ।...
कथाहरूको सँगालो ‘केशवप्रसाद आचार्यका कथा’ लोकार्पण

कथाहरूको सँगालो ‘केशवप्रसाद आचार्यका कथा’ लोकार्पण

नेपाल । नेपाली साहित्यको इतिहासमा ओझेल परेका कथाकार तथा दिवंगत स्रष्टा केशवप्रसाद आचार्यद्वारा लिखित कथाहरूको सँगालो ‘केशवप्रसाद आचार्यका कथा’ एक समारोहबीच लोकार्पण गरिएको छ । बिहीबार ललितपुरको कुपण्डोलमा सुत्रद्वारा आयोजित कार्यक्रममा कथाकारकी ८७ वर्षीया धर्मपत्नी श्रीधरा आचार्य, समालोचक डा. गीता त्रिपाठी र संविधानविद् डा. भीमार्जुन आचार्यले कृति सार्वजनिक गरे । सार्वजनिक कृतिमाथि चर्चा गर्दै डा. त्रिपाठीले यो कथासंग्रह मात्रै नभएर एउटा इतिहास नै भएको बताइन् । कृतिभित्र आठवटा कथा समाहित रहेको उल्लेख गर्दै त्रिपाठीले यसभित्रका कथाहरूले महत्त्वपूर्ण विषयको उठान गरेको उल्लेख गरिन् । संविधानविद् आचार्यले केशवप्रसाद आचार्यले २०१५ सालदेखि नै कथा प्रकाशित गर्दै आएको चर्चा गर्दै कृतिमा सन्देशमूलक कथाहरू रहेको बताए । कृतिका सम्पादक अमोद भट्टराईले आफ्ना विचार राखे ।...
जरा फाउन्डेसन नेपालद्वारा तीन पुरस्कार स्थापनाको घोषणा

जरा फाउन्डेसन नेपालद्वारा तीन पुरस्कार स्थापनाको घोषणा

नेपाल । नेपाल प्रज्ञा प्रतिष्ठानले जरा फाउन्डेसन नेपालको सहकार्यमा जेन दर्शन र नेपाली साहित्य विषयमा विचार गोष्ठी गरेको छ । मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजित विचार गोष्ठीमा साहित्यकार तथा समालोचक महेश पौड्यालले ‘जेन दर्शन र नेपाली कविताः आदिम सम्बन्ध र पुनरजागरणको प्रश्न’ विषयक कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा जेनः परिभाषा र सिद्धान्त, जेनका आधारभूत मान्यता र चिन्तनका मानविन्दुहरू, कलासाहित्यमा जेन, नेपाली जेन कवितालगायत विषयवस्तु प्रस्तुत गरे । पौड्यालले जरा फाउन्डेसनले गर्दै आएका कामहरूका विषयमा पनि जानकारी दिए । पौड्यालद्वारा प्रस्तुत कार्यपत्रमाथि प्राडा जीवलाल सापकोटा र कुमारी लामाले पूरक टिप्पणी गरे । कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका कुलपति भूपाल राईले ‘जेन दर्शनले आफूलाई बुझ भन्छ’ भन्दै यो दर्शन नेपाली माटोको दर्शन भएको ठोकुवा गरेर भन्नु पर्नेमा जोड दिए । प्रतिष्ठानल...
बैरागी काइँला र काशीथाल तमोटलाई षडानन्द पुरस्कार प्रदान

बैरागी काइँला र काशीथाल तमोटलाई षडानन्द पुरस्कार प्रदान

नेपाल । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले साहित्य, कला, इतिहासलगायतका क्षेत्रमा योगदान पुर्याउनुभएका दुई सर्जकलाई सम्मान, पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले मङ्गलबार राजधानीमा आबाल ब्रह्मचारी षडानन्दको १९१औँ जन्मजयन्ती र १८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार, मुन्धुमविद् तिलविक्रम नेम्वाङ (वैरागी काइँला) र नेवार संस्कृति, भाषा तथा वाङ्मयका अध्येता सहप्राध्यापक काशीनाथ तमोटलाई पुरस्कृत गरिएको हो । कवि वैरागी काइँलालाई षडानन्द राष्ट्रिय पुरस्कार एक लाख रुपियाँ नगदसहित र सहप्राध्यापक काशीनाथ तमोटलाई ५१ हजार रुपियाँ नगदसहित षडानन्द क्षेत्रीय पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष प्रा. चेतनाथ गौतमको सभापतित्वमा आयोजित कार्यक्रममा साहित्यकार शशि लुमुम्बुले मुन्धुमविद् साहित्यकार वैरागी काइँलाको जीवनीबारे प्रकाश पार्दै उहाँले सिङ्गै जीवन साहित्यका लागि अर्प...
सृजन लम्साललाई ‘झगु-लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार २०८२’ प्रदान

सृजन लम्साललाई ‘झगु-लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार २०८२’ प्रदान

नेपाल । भूगोल साहित्य समाजले साहित्यकार सृजन लम्साल (पूर्णचन्द्र शर्मा लम्साल) लाई ‘झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार २०८२’ प्रदान गरेको छ । काठमाडौंमा समाजको छैठौँ साधारण सभाका अवसरमा कथाकार हिरण्यकुमारी पाठकले उक्त पुरस्कार प्रदान गरिन् । पुरस्कारका साथ नगद राशि २५ हजार २५ रुपैयाँ समेत प्रदान गरिएको थियो । यसअघि यो पुरस्कार अग्रज नियात्राकार देवीचन्द्र श्रेष्ठ, कवि तथा अनुवादक रामबहादुर पहाडी र कथाकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिएको थियो । उक्त पुरस्कार कवि ओम आचार्यले स्थापना गरेका हुन् ।...
डा. ज्योति तुलाधर समालोचना सङ्ग्रह बिमोचन

डा. ज्योति तुलाधर समालोचना सङ्ग्रह बिमोचन

नेपाल । डा. ज्योति तुलाधरको ‘आधुनिक काव्य व विद्रोहया सः–छगू विश्लेषण’ समालोचना सङ्ग्रह पाटन सङ्ग्रहालयमा विमोचन गरिएको छ । उक्त सङ्ग्रह नेपाल भाषा अकाडेमीका चान्सलर मल्ल के सुन्दरको प्रमुख आतिथ्यमा वरिष्ठ साहित्यकारहरु प्राध्यापक नर्मदेश्वर प्रधान, भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धर, प्रतिसरा सायमि, डा. योगेन्द्र प्रधान, रजनिमिलाले सामुहिक विमोचन गर्नुभएको हो । विदेशमा रहेर पनि नेपाल भाषा साहित्य सिर्जना गर्दै आउनुभएका कविताया लाय्कूका अध्यक्ष डा. तुलाधरले उक्त सङ्ग्रहमा वरिष्ठ साहित्यकारहरु डा. योगेन्द्र प्रधान, पूर्ण वैद्य, आनन्द जोशी, श्यामसुन्दर सँयजु, नेपाल भाषाका महाकवि गिरिजा प्रसाद जोशी, प्रा। नर्मदेश्वर प्रधान, बुद्ध सायमि, प्रतिसरा सायमि, सुरेशकिरण मानन्धर र रजनिमिलाका आधुनिक काव्यबारे समालोचना गर्नुभएको छ । विमोचित कृतिको समिक्षा प्रा. प्रेमशान्ति तुलाधरले गर्नुका साथै मञ्च...
साहित्य सन्ध्याको विशेष शृङ्खलाः ‘साहित्यमा एआईको प्रयोग’ विषयमा परिचर्चा

साहित्य सन्ध्याको विशेष शृङ्खलाः ‘साहित्यमा एआईको प्रयोग’ विषयमा परिचर्चा

नेपाल । साहित्य सन्ध्याको ४७० औँ नियमित मासिक विशेष शृङ्खलामा ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ र ‘साहित्यमा एआईको प्रयोग’ विषयमा परिचर्चा तथा विशेष कवि गोष्ठी आयोजना गरिएको छ । शनिबार गुगलमिटका माध्यमबाट आयोजना गरिएको विशेष समारोहमा प्रमुख अतिथिमा प्राडा मुकेश चालिसे, अतिथिहरूमा सञ्चारकर्मी अजय शर्मा, कवि यशोदा अधिकारी, प्राडा लेखप्रसाद निरौला, डा. रामहरि लम्साल, डा. राजेन्द्रप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो । प्राडा मुकेश चालिसेले पाका नागरिकलाई बुढाबुढी भन्ने, हेलाहोचो गर्ने र हिजोका मान्यतालाई निस्तेज गर्ने जस्ता कुरा अहिले पनि भएको धारणा राख्नुहुँदै भन्नुभयो, “कतिपयले स्वान्तसुखायका लागि साहित्य सिर्जना गर्ने र विशेष गरी प्रगतिशील विचार राख्नेहरू भने कथनी र करनी एउटै गर्ने र जनसेवामा जुट्ने कार्यमा सक्रिय रहेका छन् ।” सञ्चारकर्मी अजय शर्माले नेपालमा एआईस...
तीन अग्रज-श्रष्टाहरुलाई ‘विशिष्ट साधक सम्मान २०८२’ प्रदान

तीन अग्रज-श्रष्टाहरुलाई ‘विशिष्ट साधक सम्मान २०८२’ प्रदान

नेपाल । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले कला क्षेत्रमा विशिष्ट योगदान दिनुहुने तीन अग्रज–श्रष्टाहरुलाई ‘विशिष्ट साधक सम्मान २०८२’ ले सम्मान गरेको छ । ललितकलाका विविध क्षेत्रमा लामो समयदेखि समर्पित रही नेपाली कला र गीत–संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने नेपालकै पहिलो नृत्य निर्देशक एवम् प्रशिद्ध कलाकार भैरवबहादुर थापा, वरिष्ठ गायिका एवम् साहित्यकार चन्द्रकला शाह र वरिष्ठ लोकगायक एवम् शब्द सङ्कलक रेशम थापालाई जनही रु. ५५५५ नगद, दोसल्ला र प्रसंसा–पत्र सहित सम्मान गरिएको थियो । यहि मङ्सिर ६ गते संस्थाका पदाधिकारीहरुले श्रष्टाकै निवासमा छुट्टाछुट्टै पुगी परिवारका सदस्य सहितको उपस्थितिमा सम्मान प्रदान गरेका थिए। सम्मानित श्रष्टाहरुले आफूलाई आफ्नै निवासमा आई पारिवारिक माहोलमा सम्मान प्रदान गरेकोमा खुसि व्यक्त गर्नुभयो । साथै, संस्थाले नेपाली कला एवम् कलाकारको हितमा योगद...