‘पारिजात जन्मजयन्ती’ कार्यक्रममा सम्मानित हुनेहरूको नाम घोषणा
नेपाल । पारिजात स्मृति केन्द्रले पारिजात सम्मान २०८२ बाट सम्मानित हुने प्रतिभाको नाम घोषणा गरेको छ ।
साहित्यकार पारिजातको ९२औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा आयोजना गरिएको ‘पारिजात जन्मजयन्ती’ कार्यक्रममा सम्मानित हुनेहरूको नाम घोषणा गरिएको केन्द्रका महासचिव दिलसुन्दर श्रेठले जानकारी दिनुभयो ।
आगामी वैशाख ५ गते पारिजातको स्मृति दिवसमा सम्मान प्रदान गरिने उहाँले बताउनुभयो ।सम्मानित हुनेमा ‘पारिजात बालसाहित्य सम्मान २०८२’ बाट बालसाहित्यकार रामबाबु सुवेदी, ‘पारिजात कला सम्मान २०८२’ बाट गीतकार तथा सङ्गीतकार शरद पौडेल, ‘पारिजात सृजन सम्मान २०८२’ बाट नवीन विभास तथा ‘पारिजात सङ्घर्षशील महिला सम्मान २०८२’ बाट देवी खड्का रहनुभएको छ ।
विसं १९९० फागुन ३० गते पारिजातको जन्म भएको दिनलाई प्रत्येक वर्ष केन्द्रले ‘पारिजात जन्मजयन्ती’का रूपमा मनाउँदै आएको छ ।
यसैगरी, केन्द्रले पारिजात परिसंवाद कार्यक्र...









