३ कार्तिक २०८३, मंगलवार

करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताहरु घोषणा

कोलोराडोखबर संवाददाता , October 20th, 2026

नेपाल । करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिक (असोज १६ गतेदेखि मसान्तसम्म) को १७ जना विजेता घोषणा गरिएको छ ।

काठमाडौंको न्यूरोडस्थित विशाल बजार परिसरमा आज विजेता छनोट कार्यक्रम गरिएको थियो । वरिष्ठ कलाकार एवम् निर्माताद्वय दिपकराज गिरी र दीपश्री निरौलाले संयुक्त रुपमा विजेता छनोट र घोषणा गर्नुभएको हो ।

विजेता छनोट कार्यविधिअनुसार असोज महिनाको दोस्रो पाक्षिकमा १६ जना उपभोक्ताले एक लाख ३३ हजार ३३४ र एक जनाले बम्परमा १० लाख रुपैयाँ जित्न सफल हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्