२४ आश्विन २०८३, शनिबार

गजल

कोलोराडोखबर संवाददाता , October 10th, 2026

– किरण अधिकारी –
कुर्दै होलान् बूढा बा-आमा आँगनमा, छरेर जमरा ।
फ़र्क़ोंर आएन यो दशैं पनि, गुड छोड्या भमरा ।

रोटे पिङ र लिङ्गे पिङ गाउँभरि हाले होलान्,
साथीहरूले सम्झे होलान् बिर्सियो कि परदेशमै रमार ।

दशैंको दिन पनि जानुछ मलाई, यो पटक काममा
“छिट्टै फर्कन्छु” आमा भनेको थिएँ, माया कत्ति नमार

मन त थियो गाउँमै बसूँ, हाँस्दै–खेल्दै रमाएर
परदेश तिर लागेको थिए बाध्यताको पासपोर्ट समार

नभुलेँ बा, नभुलेँ आमा, साथिभाई आफन्त हरुले
फर्केर आउँछु अर्को साल, रमाऊला टिका जमरा लगार

-कोलोराडो, अमेरिका ।

प्रतिक्रिया दिनुहोस्