–सुशीला शर्मा–
हिड्दा हिड्दै दोबाटोमा
रोकियौ नि किन होला
अल्मलिदै भिड सङ्ग
ठोकियौ नि किन होला ?
राम्रा राम्रा कुरा गर्थ्यौ
मौन छौ नि किन होला
न्यानो तापले आफू मात्रै
सेकियौ नि किन होला ?
साथी भाइको सवालमा
झोक्कियौ नि किन होला
आफै सक्षम हुँदा हुँदै
बोकियौ नि किन होला ?
देखे पनि नदेखे झैं
छेकियौ नि किन होला
साथी तिमी भिन्नै जस्तो
देखियौ नि किन होला ?
–ललितपुर, नेपाल ।...
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को २०२४-०२६ का लागि जुलाई ६ र ७ मा हुने निर्वाचनको मौनअवधि सुरु भएको छ । मौन अवधि पूर्वीय अमेरिकी समयानुसार जुलाई ४ को राति १२ वजेदेखि सुरु भएको हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष गोवर्द्धन पूजाले सम्पूर्ण उम्मेद्वार, मतदाता आजीवनसदस्यहरुलाई निर्वाचन आचारसंहिताको पालना गरी मौन अवधिभर निर्वाचनका प्रचारप्रसार तथा निर्वाचनका उम्मेद्वारहरुमा एकआर्कालाई असर पर्ने गरी कुनै पनि गतिविधि नगर्न अनुरोध गर्नुभएको छ ।
विश्वमा पाँचवटा महादेशमा फैलिएको अनेसासका २४ सय आजीवन सदस्य रहेका छन् । भानुजयन्तीको सन्दर्भ पारेर नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिने कार्ययोजनासहित निर्वाचन गरिने अध्यक्ष गोवर्द्धन पूजाले बताए ।
निर्वाचनले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष, प्रत्येक महादेशबाट १–१ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य ...
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को २०२४-२०२६ को कार्यसमिति निर्वाचनका लागि निर्वाचन पर्यवेक्षक समिति गठन गरिएको छ । समितिले यही शनिवार र आइतवार हुने निर्वाचनको पर्यवेक्षण गर्ने छ ।
अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्ध्दन पूजाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले डा. मुकुन्द पथिक (नेपाल, हाल अमेरिका), डा. संगीता स्वेच्छा (बेलायत), डा. काशीराज पाण्डे ( अष्ट्रेलिया, हाल नेपाल), विश्व बराल (अमेरिका) र विष्णु सुवेदी (जापान) लाई निर्वाचन पर्यवेक्षक समितिमा मनोनित गरेको हो ।
यसैगरी निर्वाचन समितिको सिफारिसमा गण्डकी पुत्र (पेन्सिलभेनिया), मुरारी गुरागाई (केन्टुकी), चन्द्रविष्ट अविरल (भर्जिनिया), प्रतिमा भट्टराई (वाशिङटन डिसी) र सुनिता बस्नेत (मेरिल्याण्ड) लाई पनि पर्यवेक्षक समितिमा चयन गरिएको छ ।
विश्वमा पाँचवटा महादेशमा फैलिएको अनेसासका २४ सय आजीवन स...
नेपाल (हेटौंडा) । मुक्तक मञ्च मकवानपुर शाखाको आयोजना एवं हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ को प्रवर्धनमा विद्यालयस्तरीय मुक्तक प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रशिक्षकको रूपमा मुक्तक मञ्च मकवानपुरका सल्लाहकार विश्वनाथ सन्जेलले सहजीकरण गर्नु भएको थियो । त्यसैगरी विद्यालय स्तरीय खुला मुक्तक प्रतियोगिता २०८१ मा निर्णायकको भूमिकामा साहित्यकार सानु खनाल सर र भवानी तिमल्सिना रहनु भएको थियो ।
प्राप्त भएका ५२ जना सहभागीहरूको मुक्तकहरुमध्ये निर्णायकहरूले दिनुभएको अङ्कको आधारमा उत्कृष्ट २० जना सहभागीहरूलाई आफ्ना मुक्तक वाचन गर्नको निम्ति सहभागी गराएइएको थियो । जसबाट निर्णायकहरूले मुक्तकको संरचना, भाव, विचार तथा वाचनको आधारमा दिनुभएको अङ्कको आधारमा उत्कृष्ट २० जनामध्ये ५ जना प्रमाणपत्र र नगदसहित पुरस्कृत भएका छन् ।
मुक्तककार डीबी बर्तौला र दिपक गौतमबाट उत्कृष्ट ...
–आर.आर. चौलागाईं–
पानी सुकेर
खेतहरु बाँझै पल्टिएका छन्
पातहरु झरेर
डाँडापाखाहरु सबै रित्तिएका छन्
घाउहरु फेरि बल्झिएका छन्
ओखतीहरु निख्रिएर
गाउँहरु निख्लाम थाकेका छन्
जोस र जाँगरहरु सिद्धिएर ।
खै, यसपालि त किन हो !
असार पनि फुल्न सकेन
मङ्सिर पनि झुल्न सकेन
बादल बनेर तिमी
यतातिर पनि गर्जिदेऊ
चुत्रो र ऐँसेलुका झाङहरु
तिम्रै प्रतीक्षामा पङ्क्तिबद्ध छन्
खुख्खा नागी र खर्कहरु
तिम्रै अभिनन्दनको तयारीमा छन् ।
स्यालहरुका आवाजले
नानीहरु सुत्न सकेका छैनन्
निशाचरहरुको बिगबिगीले
भालेहरु बास्न सकेका छैनन्
टुकीहरु फेरि निभेका छन्
बतासका झोक्काहरुले
हिँड्दाहिँड्दै छाँगाछुर भिरमा
बाटो बिर्सेका छन् यात्रीहरुले ।
खै, यसपालि त किन हो !
घाम पनि झुल्किन सकेन
जून पनि टल्किन सकेन
बिहानी भएर तिमी
हाम्रोतिर पनि आइदेऊ
अँध्यारा छिँडीहरु
तिम्रै बाटो पर्खिरहेका छन्
चिसा चुलाहरु...
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमिति २०२४–२०२६ को लागि उम्मेदवारी दर्ता भएको छ ।
अध्यक्षमा विमला निरौला र सर्वज्ञ वाग्ले, वरिष्ठ उपाध्यक्षमा लालगोपाल सुवेदी, राजेन्द्रकुमार श्रेष्ठ उपाध्यक्ष (अमेरिका महादेशीय) मा महेश्वर पन्त, सुदीपभद्र खनाल, उपाध्यक्ष (एसिया महादेशीय) मा दिनेशराज ज्ञवाली (जापान), सरिता अर्याल (नेपाल), प्रमोद सारङ्ग (द. कोरिया), महासचिवमा कृष्णकुमार गिरी र राजु सिटौलाले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
केही पदमा भने निर्बिरोध भएको छ । यसअघि नै गठित गुणराज लुईटेल संयोजक रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाएको हो ।
तालिका अनुसार जून २२ शनिवारदेखि जून २४ सोमबारसम्म उम्मेद्वारी दर्ता र मतदान ६ जुलाई १२ बजेदेखि ७ जुलाई राति ११ः ५९ सम्म तोकिएको छ ।
विश्वमा पाँचवटा महादेशमा फैलिएको अनेसासका २४ सय आजीवन सदस्य रहेका छन् । भानुज...
नेपाल (हेटौंडा) । शुक्रबार हेटौंडामा दर्शकले खचाखच भरिएको एक भव्य कार्यक्रमकाबीच श्यामप्रसाद शर्मा स्मृति सम्मान २०८१ अग्रज साहित्यकार प्रदीप ज्ञवाली ‘शीतबिन्दु’ लाई समर्पण गरिएको छ ।
राजनीतिक व्यक्तित्व तथा कवि ‘शीतबिन्दु’का एकल कविता वाचन तथा साङ्गीतिक कार्यक्रमका बीच उक्त सम्मान समर्पण गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा न. ४ प्रबर्धक रहेको कार्यक्रममा साहित्य संगम मकवानपुर आयोजक तथा श्री भुटनदेवि मावि सह–आयोजक रहेको थियो ।
कार्यक्रममा कवि शितबिन्दुले एकल कविता बाचन गर्नु भएको थियो ।
...