३० भाद्र २०८१, आईतवार

२५ सष्टाका २५ लघुकथा कृति एउटै मञ्चमा सार्वजनिक

कोलोराडोखबर संवाददाता , August 22nd, 2024

नेपाल । लघुकथाका क्षेत्रमा कलम चलाउने २५ जना लघुकथाकारको २५ लघुकथाकृति एकसाथ सार्वजनिक भएको छ ।

प्रमुख अतिथि नेपाल लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ र विशिष्ट अतिथिहरू साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र कल्याण पन्तले संयुक्त रूपमा ती कृतिहरु सार्वजनिक गरेका थिए ।

सिलौटो रेस्टुरेन्ट, अनाममनगर, काठमाडौंमा आयोजित सो कार्यक्रममा लघुकथाकारहरू खेमराज पोखरेल, विश्वराज अधिकारी, त्रिलोचन ढकाल, तेजप्रकाश श्रेष्ठ, प्राडा कपिल लामिछाने, हिरण्यकुमारी पाठक, डा. हरिप्रसाद भण्डारी, डा. कुसुमाकर शर्मा गौतम, ममता मृदुल, गोपाल संग्रौला, अम्बिका धिताल, कुमुद शर्मा प्याकुरेल, भाभा शर्मा, रञ्जु खनाल, अञ्जु शर्मा, शुक्रराज कुँवर, निर्मला बराल, रमेन्द्र कोइराला, नवराज शर्मा, गंगा खडका, छविलाल खडका, रोशन पराजुली, पीपी कोइराला, तुलसी पण्डित र सुनिता निरौला पौडेलका कृति लोकार्पित भए ।

प्रतिक्रिया दिनुहोस्