दस्तावेजः नेजा स्थापना दिवसको सन्देश
आज नेपाल अमेरिका पत्रकार संघ (नेजा) को स्थापना दिवस । सन् २००७ मा स्थापित संघले आफ्नो १८औं वर्ष पूरा गरेको छ । तत्कालीन समयमा कर्मदेशमा अग्रजहरूबाट आफ्ना पेसागत भावनालाई जोड्ने एउटा आधार जगको रुपमा नेजा खडा भएको थियो । नेपालमा रहँदा पत्रकारितामा सक्रिय अग्रजहरूले अमेरिकी राज्य भर्जिनियाबाट उत्तर अमेरिका (अमेरिका र क्यानाडा)मा रहेका नेपाली पत्रकारहरूलाई जोड्ने गरी थालनी गरेको नेजा आज उत्तर अमेरिकामा सक्रिय नेपाली मूलका पत्रकारहरूको छाता संस्थाको रुपमा उभिएको छ ।
भावनात्मक रुपमा नेपाल बाँचिरहेका र मनमा नेपाल बोकिरहेका नेपालीलाई नेपालसँग जोड्ने कार्यमा नेजाले संस्थागत भूमिका निर्वाह गर्दै आएको छ । व्यक्ति परिचयको अर्को आधारको रुपमा रहने एउटै पेसासँग जोडिएकाहरूलाई समेटेर संस्था निर्माण गर्ने कुराले कर्मभूमिमा ठूलो अर्थ बोकेको थियो र छ । नेजाका संस्थापकहरूले देखेको सपना, बुनेको सुरुवाती आधार अ...








