४ असार २०८३, बिहीबार

अन्तराष्ट्रिय/प्रवास

अमेरिकाको बोस्टनमा सञ्चालित कन्सुलर सेवा घुम्ती शिविरमा सेवाग्राहीको भीड

अमेरिकाको बोस्टनमा सञ्चालित कन्सुलर सेवा घुम्ती शिविरमा सेवाग्राहीको भीड

बोस्टन । अमेरिकाको न्यू योर्क स्थित नेपाली महावाणिज्यदूतावासले मासाच्युसेट्स राज्यको बोस्टनमा सञ्चालन गरेको दुइ दिने कन्सुलर सेवा घुम्ती शिविरको पहिलो दिन, १३३ जना सेवाग्राहीहरुले सेवा लिएका छन् । जस मध्य ११७ जनाले पास्पोर्ट नविकरण र १६ जनाले अन्य सेवाहरु लिएका छन् । उक्त शिविर गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स र न्यू हेमसायर च्याप्टरको संयोजनमा Alewife Brook Park way, Cambridge, MA-02138 मा सञ्चालन भइरहेको छ। उक्त शिविरबाट म्यासाच्यूसेट्स राज्यसहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोवास गर्ने प्रवासी नेपालीहरुले सेवा लिएका थिए । एनआरएनए, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको मासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले अपेक्षा गरिए भन्दा निकै बढी संख्यामा सेवाग्राहीहरुले पहिलो दिनमै सेव...
एनआरएनएको सक्रियता बढ्यो: पछिल्लो तीन सातामा के के गरियो ? (प्रेस विज्ञप्तिसहित)

एनआरएनएको सक्रियता बढ्यो: पछिल्लो तीन सातामा के के गरियो ? (प्रेस विज्ञप्तिसहित)

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्ले पछिल्लो समय सक्रियता देखाएको छ । २१–२२ जनवरीसम्म ९५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । एनआरएनएका महासचिव गौरीराज जोशी र प्रवक्ता फणिन्द्र पन्तले पछिल्लो तीन साताव्यापी कार्यक्रम विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन् । गैरआवासीय नेपाली संघ, ९५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक तथा कार्यशाला गोष्ठी २१–२२ जनवरी २०२४ (तीन साताव्यापी कार्यक्रमसहित) गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) ९५औँ पूर्ण बैठक तथा ३ दिने कार्यशाला गोष्ठी हालै चन्द्रागिरिमा सम्पन्न भयो । गोष्ठीमा दुई दर्जन देशका ७० भन्दा बढी कार्यसमितिका सदस्य र अन्य पदाधिकारी तथा सदस्यहरूको भौतिक तथा भर्चुअल माध्यमबाट सहभागिता रह्यो । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री के...
रुसमा हुने मानवतस्करी रोक्न एनआरएनएद्वारा श्रम मन्त्री भण्डारीको ध्यानार्कषण

रुसमा हुने मानवतस्करी रोक्न एनआरएनएद्वारा श्रम मन्त्री भण्डारीको ध्यानार्कषण

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रमपनि बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा विहिवार मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा रसिया जाने क्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो । संघले बिगतदेखी रसियामा काम गर्दै आएका नेपालीहरुको हकमा श्रम नविकरण र अध्यागमनमा भएको अवरोध हटाई उहांहरुलाई निर्वाध रुपमा आवतजावत गर्ने वातावरण निर्माण गरिदिन अनुरोध गरेको हो । संघले यसअघि विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सुचना मस्कोस्थित नेपाली दुतावासलाइ दिइ मानव तस्करीलाई कम गर्न सहयोग गरेको जानकारी दिएको छ । नेपाल सरकारका विभिन्न निकायकाबीच समन्वयको कम...
सडक बालवालिका सम्बन्धी परियोजनाबारे एनआरएनएको टोली र मन्त्री आचार्यबीच छलफल

सडक बालवालिका सम्बन्धी परियोजनाबारे एनआरएनएको टोली र मन्त्री आचार्यबीच छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक प्रतिनिधिमण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यसंग भेटघाट गरेको छ । भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको सकृयतमा नेपालमा संचालित सडक बालवालिका सम्बन्धी परियोजनाको बारेमा जानकारी गराएका थिए । डा. केसीले संघ नेपाल सरकार र प्रादेशिक सरकारसंग मिलेर काम गर्न संघ तयार रहेको बताए । मन्त्री आचार्यले महिला तथा बालबालिकाहरुको हक र हितको लागि मन्त्रालय गैरआवासीय नेपाली संघसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले हाल सम्म संघको तर्फबाट भएका कामहरुको प्रशंसा गर्दै सडक बालबालिकाहरुको परियोजनालाई प्रादेशिक रुपमा पनि संचालन गर्न आग्रह गरे । यसअघि संघले नेपाल सरकार तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला तथा बाल अधिकार परिषद्को सहकार्यमा गत वर्षदेखि संचालित नेपालक...
एनआरएनए र सुदूरपश्चिम प्रदेश सरकारबीच लगानीका संभावनाबारे छलफल

एनआरएनए र सुदूरपश्चिम प्रदेश सरकारबीच लगानीका संभावनाबारे छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) र सुदुरपश्चिम प्रदेश सरकारबीच लगानी संभावनाका बारेमा छलफल भएको छ । एनआरएनएको केन्द्रीय कार्यालयमा मंगलवार सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र संघका अध्यक्ष डा. बद्री केसीबीच प्रदेशमा गैरआवासीय नेपालीहरुको लगानीका सम्बन्धमा भेटवार्ता भएको हो । मन्त्री शाहीले सुदुरपश्चिम प्रदेश लगानीको लागि उत्कृष्ठ गन्तव्य भएको बताउदै प्रवासमा बस्ने नेपालीहरुलाई लगानीको लागि आग्रह गर्नुभयो । उहाँले यसअघि गैरआवासीय नेपाली संघले सुदरपश्चिममा गरेको परोपकारी कामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघले आगामी दिनमा प्रदेश सरकारसंग मिलेर काम गर्ने नीति लिएको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा कोशी प्रदेशको चियालाई प्रवर्दन गर्नको लागि सं...
अमेरिकाको बोस्टनमा नेपाली कन्सुलर सेवा ‘घुम्ती शिविर’ हुँदै

अमेरिकाको बोस्टनमा नेपाली कन्सुलर सेवा ‘घुम्ती शिविर’ हुँदै

सुपेन्द्र बस्नेत (बोस्टन) । अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा नेपाली कन्सुलर सेवा घुम्ती शिविर हुने भएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स र न्यू हेमसायर च्याप्टरको संयोजनमा अमेरिकाको न्यू योर्क सहर स्थित नेपाली महावाणिज्यदूतावासले यही आउदो फेब्रुरी ३ र ४ तारिख (शनिवार र आइतवार)का दिन Alewife Brook Park way, Cambridge, MA-02138 मा कन्सुलर सेवा घुम्ती शिविर गर्न लागेको हो । म्यासाच्यूसेट्स राज्यसहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोवास गर्ने नेपाली समुदायलाई आवश्यक कन्सुलर सेवा प्रदान गर्ने उद्देश्यले कन्सुलर सेवा घुम्ती शिविरको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । यस सम्बन्धमा महावाणिज्यदूतावास न्यू योर्कले सम्बन्धित सेवाग्राहीहरुलाई उक्त शिविरमा आइ आफूलाई आवश्यक पर्ने कन्सुलर ...
अमेरिकाको पिआर प्रकरणः समाज कल्याण परिषद्की उपाध्यक्ष भट्टराईले दिइन् राजीनामा

अमेरिकाको पिआर प्रकरणः समाज कल्याण परिषद्की उपाध्यक्ष भट्टराईले दिइन् राजीनामा

अमेरिका । अमेरिकाको पिआर लिएकी समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले पदबाट राजीनामा दिएकी छन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उजुरी परेपछि राजीनामा दिएकी हुन् । मोनिकाले गत शुक्रवार राजीनामा बुझाएकी हुन् । उनी यसअघि एक महिनाको बिदामा थिइन् । पिआर भएको व्यक्ति कुनै पनि सार्वजनिक पदमा बस्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै उनलाई परिषद्को उपाध्यक्षमा नियुक्ति गरिएको भन्दै उजुरी परेको थियो । मोनिकाकी सासु अर्थात् पूर्वमन्त्री उमा रेग्मीले उनलाई नियुक्त गरेकी थिइन् । मोनिकालाई उपाध्यक्ष सिफारिस गरेपछि २०७८ मङ्सिर २ गतेको मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेको थियो । परिषद् अध्यक्षसमेत रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले उपाध्यक्षले दिएको राजीनामा स्वीकृत गरी सकेका छ...
जोर्डनस्थित अमेरिकी शिविरमा ड्रोन आक्रमणमा परी तीन सैनिकको मृत्यु

जोर्डनस्थित अमेरिकी शिविरमा ड्रोन आक्रमणमा परी तीन सैनिकको मृत्यु

एजेन्सीहरु । जोर्डनस्थित अमेरिकी शिविरमा भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएको छ । उक्त शिविर सिरियाको सीमानजिकै छ। अमेरिकाले ‘इरानबाट समर्थनप्राप्त चरमपन्थी लडाकु समूहहरूले’ आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले प्रतिशोध लिने चेतावनी दिएका छन् । “हामीले यसको प्रतिक्रिया दिने छौँ,” उनले भने । उक्त घटनामा दर्जनौँ सैनिक घाइते भएका छन् । – बीबीसीबाट...
नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा कार्की चयन

नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा कार्की चयन

कोरिया । नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको बुसान शाखाको ११ औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । समितिको अध्यक्षमा चन्द्र कार्की बरिष्ठ उपाध्यक्षमा राजेन्द्र लामिछाने, उपाध्यक्षमा बिरेन्द्र पौडेल, महिला उपाध्यक्षमा सुनिता बडवाल, महासचिवमा जीवन तामाङ, सचिवमा प्रकाश कार्की र कोषाध्यक्षमा साम बहादुर गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बिवेक निङलेखु, सुजन अधिकारी, जयानन्द जोशी,अरुण गोपाली, नारायण कार्की र रक्षा कार्की चयन भएका छन् ।...
नेपाल व्यवसायी संघ कतारको अध्यक्षमा चम्लागाई निर्वाचित

नेपाल व्यवसायी संघ कतारको अध्यक्षमा चम्लागाई निर्वाचित

कतार । नेपाल व्यवसायी संघ कतारको अध्यक्षमा पुनः महेन्द्र चम्लागाई चयन भएका छन् । संघको दोस्रो साधारणसभाले चारवर्षको लागि पुनः चम्लागाईको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा राजेन्द्रकुमार शर्मा (आरके),राजु रेग्मी (राज), प्रकाश कोइराला, रमेश भट्ट चयन भएका छन् । महासचिवमा शंकर न्यौपाने, सचिव सुनिलकुमार घिमिरे र राजेन्द्र देवकोटा, पूर्णबहादुर पोखरिया र कोषाध्यक्षमा चुडामणी कार्की, सहकोषाध्यक्षमा रामकुमार श्रेष्ठ चयन भए । कार्यसमिति सदस्यमा रामु रेक्ष्मी, क्रान्ति सिंह, रामचन्द्र पन्थ, कमलप्रसाद न्यौपान, टंकबहादुर खड्का, श्रीकृष्ण भट्टराई, राकेश श्रेष्ठ, मन्जु खनाल, नारायणप्रसाद शर्मा र वासिम अक्रम चयन भए । नेपाल व्यवसायी संघ कतार कतारको सरकारी निकायमा दर्ता भएको नेपाली व्यवसायीहरुको संस्था हो ।...