प्रवासी नेपाली मञ्च अमेरिकाको साधारण सभा सात बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न
अमेरिका । प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो साधारण सभा सात बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका साथ मे २५ र २६ तारिख अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा आयोजना गरिएको साधारण सभा सम्पन्न भएको हो। साधारण सभामा अमेरिकाको विभिन्न १५ राज्यहरुबाट साधारण सभामा भाग लिन लस एन्जलस पुगेका र स्थानीयहरु गरी करिब तीन सयको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
प्रनेम, अमेरकाका सचिव छवि पाण्डेले सञ्चालन गरेको कार्यक्रमका प्रमुख अतिथि, अतिथि, सदस्य तथा सहभागीहरुलाई साधारण सभा मूल ब्यवस्थापन समितिको तर्फबाट क्यालिफोर्निया राज्य कमिटीका अध्यक्ष चिरंजीवी गौतमले स्वागत गरेका थिए ।
प्रनेम अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा, पूर्व परराष्ट्र मन्त्री एवम् नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यता...









