३ आश्विन २०८३, शनिबार

अन्तराष्ट्रिय/प्रवास

एनआरएनएको ‘बृहत एकता संवाद’: व्यक्तिगत हितभन्दा संस्थाको हितलाई माथि राख्न आग्रह

एनआरएनएको ‘बृहत एकता संवाद’: व्यक्तिगत हितभन्दा संस्थाको हितलाई माथि राख्न आग्रह

अमेरिका । गैर आवासीय नेपाली संघ (एआरएनए) को विभाजन रोक्न तथा थप एकता र सहकार्यका साथ अगाडि बढ्नका लागि ‘बृहत एकता संवाद’ आयोजना गरिएको छ । नेपाल समय अनुसार मंगलबार साँझ ५ बजेदेखि करिब ४ घण्टा भर्चुअल माध्यमबाट उक्त संवाद आयोजना गरिएको हो । सो संवादमार्फत एनआरएनएका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष लगायतका अभियन्ताहरुले संस्थामा अहिले देखिएको असहज अवस्थाबाट निकास दिन सहमति र एकताका लागि सहकार्य गर्न आह्वान गरे । एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन र संसारभरि रहेका नेपालीहरुबीच भाइचारा बढाउन यो संस्थाको स्थापना गरिएको स्मरण गरे । उनले सबैलाई हठ त्यागेर लाखौं नेपालीलाई एउटै विचारको साथ अगाडी बढ्न आग्रह गरे । पूर्व अध्यक्ष जीबा लामिछानेले २०२३–२५ का लागि निर्वाचित डा बद्री केसी नेतृत्वको कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिए । उनले गत हप्ता परराष्ट्र मन्...
अमेरिकामा नेपाली इन्जिनियर खड्कालाई सामान ढुवानी गर्ने ड्रोनको ‘पेटेन्ट राइट’

अमेरिकामा नेपाली इन्जिनियर खड्कालाई सामान ढुवानी गर्ने ड्रोनको ‘पेटेन्ट राइट’

अमेरिका । नेपाली युवा एयरोस्पेस इन्जिनियर सुशान्त खड्काले सामान डेलिभरी गर्ने ड्रोन र प्रक्रियाको विकास गर्नुभएको छ। खड्काले आविष्कार गर्नुभएको प्रविधिलाई स्मार्ट हवाई रिसेप्शन (सार) प्रणाली र भिटोल ड्रोन नामाकरण गरिएको छ। हाल अमेरिकी सेनाको परियोजनामा कार्यरत खड्काले आफ्नो आविष्कारको लागि अमेरिकी सरकारबाट पेटेन्ट राइट (प्रतिलिपि अधिकार) प्राप्त गरिसक्नुभएको छ। उहाँको यो प्रविधिले ड्रोनमार्फत सामान ढुवानीलाई सुरक्षित, तीव्र, र स्वचालित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । उपभोक्ताले आकाशबाट सिधै घर, अफिस वा अस्पतालमा सामान प्राप्त गर्न सक्नेछन् । यो प्रविधिको विकासपछि खराब मौसममा बाहिर ननिस्केर पनि सामान प्राप्त गर्न सकिनेछ, चोरीको जोखिम हट्नेछ, र कुर्नुपर्ने झन्झट अन्त्य हुनेछ । सार प्रणालीले ड्रोनलाई वायुविशेष नियन्त्रण प्रणालीमार्फत भवन भित्र स्वचालित रूपमा पुर्‍य...
अन्तराष्ट्रिय महिला दिवसमा २० जना महिलाहरुलाई जयजानकी अन्तराष्ट्रिय सम्मान

अन्तराष्ट्रिय महिला दिवसमा २० जना महिलाहरुलाई जयजानकी अन्तराष्ट्रिय सम्मान

नेपाल । मधेशी पत्रकार समाज नेपाल र मधेशी एसोसिएसन इन अमेरिकाले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रका २० जना महिलाहरुलाई जय जानकी अन्तराष्ट्रिय सम्मानद्धारा सम्मानित गरेका छन् । शनिवार आयोजित एक कार्यक्रममा विभिन्न विधा अन्तर्गत रहेर देश तथा विदेशका शसक्त महिलाहरुलाई सम्मान गरिएको मधेशी पत्रकार समाज नेपालका अध्यक्ष मोहनकुमार सिंहले बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, गायिका अन्जली पटेल, ममता चौधरी, मिता अग्रवाल, रञ्जु ठाकुर, सरिता साह, सृष्टि सिंह भण्डारी, सुनिता हरिजन, बन्दना झा सम्मानित भएका थिए । अन्तराष्ट्रिय स्तरबाट भारतका चर्चित लोक गायिका स्वर्गीय सारदा सिन्हालाई मरोपरान्त लाइफ टाइम मेमोरियल एचिभमेन्ट अवार्डद्धारा सम्मानित गरिएको थियो । भारतका अर्थमन्त्री निर्मला सिथारमणलाई पनि सम्मान गरिएको थियो । साथै, भारतबाट चर्चित मैथली लोक गायिका मैथली ठाकुर, ...
एनआरएनएको एकताका लागि डाकिएको बैठकमा के भयो ?, उपाध्यक्ष डा. हेमराज शर्माको प्रतिक्रिया

एनआरएनएको एकताका लागि डाकिएको बैठकमा के भयो ?, उपाध्यक्ष डा. हेमराज शर्माको प्रतिक्रिया

अमेरिका । परराष्ट्र मन्त्री डा. आरजु राणाले शुक्रबार एनआरएनएको एकताको लागि विवादित दुबै पक्षलाई बोलाएर आफ्नो कार्यकक्षमा बैठक राखिन् । उक्त बैठकमा के के भयो ? के निस्कियो निश्कर्ष ? के अब एनआरएनएको विवाद समाधान होला त ? शुक्रबारको बैठकपछि एनआरएनए आईसीसीका उपाध्यक्ष डा. हेमराज शर्माको प्रतिक्रिया यस्तो छः आज परराष्ट्र मन्त्री डा. आरजु राणाले एनआरएनएको एकताको लागि विवादित दुबै पक्षलाई बोलाएर आफ्नो कार्यकक्षमा बैठक गरिन । उक्त बैठकका सहभागीहरूको अनुसार बाहिर जे देखिएको थियो र बैठकपूर्व जे अनुमान गरिएको थियो, त्यही परिदृश्य त्यहाँ देखियो । सर्वोच्च अदालतले गठन गरेको उच्च स्तरीय समितिमा रहेका १३ जना सदस्यहरू मध्ये शेष घलेतर्फका ७ जनाले मे महिनामा नै निर्वाचन गर्नुपर्ने धारणा व्यक्त गरे भने डा। उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त, डा. बद्री केसीलगायतका ६ सदस्यहरूले यथास्थितिमा मे महिनामा...
अमेरिकाबाट निष्कासित १० नेपाली चार्टर विमानबाट नेपाल ओर्लदै

अमेरिकाबाट निष्कासित १० नेपाली चार्टर विमानबाट नेपाल ओर्लदै

अमेरिका । आधिकारिक कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने नीति लिएको ट्रम्प प्रशासनले १० नेपालीलाई चार्टर विमानबाट नेपाल पुर्याउँदै छ । उनीहरूलाई बुधबार बिहान काठमाडौं उतार्ने तालिका छ । ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको बुझिएको छ । ती १० नेपाली बोकेर आएको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान १० बजे अवतरण गर्ने तालिका छ । चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आउन लागेको हो । बुधबार काठमाडौंमा आउने चार्टर विमान बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कनेछ । अध्यागमनसम्बन्धी अमेरिकी निकाय ‘इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्ट’ (आइस) ले जनवरीमा ६ जना, फेब्रुअरीमा २० जना र मार्चमा १ नेपाली फर्काइसकेको छ । आइसले तीन नेपालीलाई भने पानामा डिपोर्ट गरिएको जनाएको ...
अमेरिकाको मेरिल्याण्डस्थित बानाको बीओडी अध्यक्षमा प्रभुराम थापा निर्वाचित

अमेरिकाको मेरिल्याण्डस्थित बानाको बीओडी अध्यक्षमा प्रभुराम थापा निर्वाचित

अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्य अन्तर्गत बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को बोर्ड अफ ट्रस्टीको अध्यक्षमा प्रभुराम थापा निर्वाचित हुनुभएको छ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश इञ्चार्जसमेत रहनुभएका थापा नेपालीको साझा संस्था बानाको नेतृत्वमा पुग्नुभएको हो । मेरिल्याण्ड राज्यमा बस्ने नेपालीहरुको छाता संगठन तथा अमेरिकामा रहेका बिभिन्न संघ–संस्थाहरु मध्ये शीर्ष स्थानको मानिने बानाको बोर्ड अफ ट्रष्टीको नेतृत्वका लागि मतदान भएको थियो । मतदानमा कुल ११६ मतदाता रहेकोमा ९७ मत ल्याएर थापा बिजयी हुनुभयो । थापासँग प्रतिस्पर्धा गर्नुभएका महेन्द्र देशारले १९ मत प्राप्त गर्नुभएको छ । बाल्टिमोरमा सामाजिक अभियन्ताका रुपमा परिचित थापा व्यवसायमा पनि अब्बल हुनुहुन्छ । सो संस्थाको उपाध्यक्षमा कलाकार तथा व्यवसायी अनुशुया श्रेष्ठ वन्त, सचिवमा सुर्...
एनआरएनए बेलायतका पूर्वउपाध्यक्ष कार्कीको निधन

एनआरएनए बेलायतका पूर्वउपाध्यक्ष कार्कीको निधन

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए), बेलायतका पूर्वउपाध्यक्ष मोहन कार्की निधन भएको छ । ५२ वर्षीय कार्कीको सोमबार बिहान करिब पौने ७ बजे बेलायतको स्कटल्यान्ड राज्यमा पर्ने फलक्रिकस्थित आफ्नै निवासमा निधन भएको हो। उनको कलेजोमा क्यान्सरको समस्या देखिएको र अन्तिम समयमा मात्र पत्ता लागेकाले बचाउन नसकिएको परिवारलाई उद्धृत गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रामशरण सिम्खडाले बताए । कार्की एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदको संस्थापक अध्यक्ष पनि थिए । नेपालमा काठमाडौँको कालिमाटी घर भएका कार्कीका पत्नी र एक सात वर्षीया छोरी छन् ।...
अमेरिकाको क्यालिफोर्नियामा लुम्बिनी बौद्ध विश्वविद्यालयले अध्ययन केन्द्र स्थापना गर्ने

अमेरिकाको क्यालिफोर्नियामा लुम्बिनी बौद्ध विश्वविद्यालयले अध्ययन केन्द्र स्थापना गर्ने

नेपाल । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । बौद्ध अध्ययन सङ्कायअन्तर्गत स्नातकोत्तर तह र छोटो अवधिका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्न लागेको हो । विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा आयोजित एक कार्यक्रमबीच क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापनाको घोषणा गर्नुभयो । क्यालिफोर्नियाबाट छोटो अवधिको बौद्ध अध्ययनका लागि आएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदानका लागि आयोजित कार्यक्रममा उहाँले केही सातामै भर्ना प्रक्रिया सुरु गर्ने बताउनुभयो । विश्वविद्यालयले क्यालिफोर्नियामा बौद्ध अध्ययनका शैक्षिक कार्यक्रम सञ्चालनका लागि इन्लाइट इन्टरनेसनल जेन मेडिटेसन सेन्टरसँग सहकार्य सम्झौता गरेको छ । सोही सेन्टरबाट छोटो अवधिको शैक्षिक कार्यक्रमका लागि २५ जना विद्यार...
ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्यमा प्रदीप परियार नियुक्त

ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्यमा प्रदीप परियार नियुक्त

अमेरिका । दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष प्रदीप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्यमा नियुक्त भएका छन् । परियारको यो नियुक्तिले जात व्यवस्था, जातीय विभेद, बहिष्करण र सिमान्तीकरणविरुद्धको अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । सन् २०२५ देखि २०२६ सम्म दुई वर्षे कार्यकालका लागि उनी काउन्सिल सदस्यका रूपमा सहभागी हुने छन् । विश्व आर्थिक मञ्चको नेटवर्क अफ ग्लोबल फ्युचर काउन्सिल्स ज्ञान उत्पादन गर्ने बहुसरोकारवाला तथा अन्तरविधागत सञ्जाल हो ।...
एनआरएनए ओमानको अध्यक्षमा सुरेश खड्का चयन

एनआरएनए ओमानको अध्यक्षमा सुरेश खड्का चयन

अमेरिका । गैरआवासीय नेपाली (एनआरएनए) सोसल क्लब ओमानको आठौं महाधिवेशन सम्पन्न भएको छ । मस्कटमा भएको महाधिवेशनले सुरेश खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि विकल झा अध्यक्ष थिए । अधिवेशनले उपाध्यक्षमा क्रमशः रबिन शिल्पकार, लक्ष्मीप्रसाद कोइराला, गोपाल कुवर र सुबास काफ्ले चयन गरेको छ । महासचिवमा बिनोद श्रेष्ठ सहित क्रमशः ४ जना काशिराम सुनार, केशब थापा,डा. कमल अर्याल, बिनोद दास सचिव चयन भएका छन् । कोषाध्यक्षमा गितादेवी धिताल र सह कोषाध्यक्षमा महेन्द्र तिवारी, प्रवक्तामा राजेश महर्जन, महिला सम्योजकमा मिरा नेपाली, युवा संयोजकमा सुरज चित्रकार तथा आइसीसी सदस्य पछी चयन गर्ने गरी १३ जनाको कार्यसमिति सदस्य चयन गरिएको छ । सदस्यहरुमा डा. अनिल कुमार रजक, शुवास पाठक, डा. सहदेव बिडारि, डा. सङ्दु शेर्पा, श्याम भट्टराई र प्रीयंका काफ्ले खतिवडा रहनु भएको छ । त्यस्तै देवान खड्का, लक्ष्मण श्...