३ आश्विन २०८३, शनिबार

अन्तराष्ट्रिय/प्रवास

गाजाका विभिन्न भागमा भएको आक्रमणमा ४ सय बढीको मृत्यु

गाजाका विभिन्न भागमा भएको आक्रमणमा ४ सय बढीको मृत्यु

अमेरिका । इजरेली लडाकु विमानहरूले गाजाका विभिन्न भागमा जनवरीमा युद्धविराम सुरु भएयताकै ठूलो हवाई आक्रमण गरेका छन् । गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली हमलामा परेर ४०० जनाभन्दा बढी मानिसको मृत्यु भएको र सयौँ जना घाइते भएका छन् । इजरेलले हमासका सुरक्षा अधिकारी र राजनीतिक व्यक्तिहरूलाई पनि निसाना बनाएको थियो । हमासले ज्यान गुमाउनेमध्ये उक्त भूभागमा कार्यरत आफ्ना एक वरिष्ठ सुरक्षा अधिकारी मोहम्मद अबु वफासहित चार जना रहेको बताएको छ । एउटा विज्ञप्तिमा इजरेलले हमासले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेकाले आफूले उक्त समूहका निसानाहरूमा आक्रमण गरिरहेको बताएको छ । उक्त प्यालेस्टिनी समूहले सोझै दोस्रो चरणको युद्धविराममा जानुपर्ने धारणा राख्दै आएको थियो। हमासलाई दबाव दिन इजरेलले गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरिएको छ । –बीबीसीबाट...
अमेरिकाको टेक्ससमा आचारसंहिता र नेपाली मिडियाबारे छलफल

अमेरिकाको टेक्ससमा आचारसंहिता र नेपाली मिडियाबारे छलफल

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा आईतवार टेक्सस राज्यको युलेसमा ‘पत्रकार आचारसंहिता, विश्वव्यापी अभ्यास र नेपाली मिडियामा प्रयोग’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक संजालको दुरुपयोग रोक्न प्रेस काउन्सिल नेपालले राज्यका निकायहरुसग समन्वय गरेर काम गरिरहेको बताए । अध्यक्ष बस्नेतले पछिल्लो समय सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको प्रति चिन्ता व्यक्त गर्दै यसले संचारमाध्यमप्रतिको बुझाईमा समेत नकारात्मक असर गरिरहेकाले सामाजिक संजालको दुरुपयोग रोक्नु आवश्यक रहेको जनाए । कार्यक्रममा कार्यपत्र पेश गर्दै पत्रकार विनय गुरागाईंले वर्तमान अवस्थामा नेपाली पत्रकारितामा केही नयाँ आयामहरु थपिएको बताउँदै नेपालका मिडिया हाउसहरुले समेत प्रविधिको प्रय...
एनआरएनएको १०औं एसिया-प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियामा सुरु

एनआरएनएको १०औं एसिया-प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियामा सुरु

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा १०औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियामा मंगलबारबाट सुरु भएको छ । 'संगम–एकता' नाराका साथ आयोजना गरिएको यो सम्मेलनले गैरआवासीय नेपालीहरूबीच एकता, सहकार्य, र समृद्धिका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । दुई दिवसीय सम्मेलनमा एसिया–प्यासिफिक क्षेत्रका ११ वटै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का प्रतिनिधिहरू, विभिन्न क्षेत्रका विज्ञहरू, संघका पदाधिकारीहरू तथा नेपाली समुदायका अगुवा लगायत ३०० बढी सहभागी भएका छन् । सम्मेलनमा गैरआवासीय नेपालीका हकअधिकार, नेपालमा लगानी, सामाजिक तथा सांस्कृतिक समृद्धि, महिला, युवा तथा दोस्रो पुस्ताका नेपालीहरूको भूमिकाजस्ता महत्वपूर्ण विषयमा छलफल गरिनेछ । सम्मेलन उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे दिगो एकताका लागि एनआरएनएको नेतृत्वल...
एनआरएनएको १२औँ महाधिवेशन आगामी अक्टोबरमै हुन्छ: अध्यक्ष केसी

एनआरएनएको १२औँ महाधिवेशन आगामी अक्टोबरमै हुन्छ: अध्यक्ष केसी

अमेरिका । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले उच्चस्तरीय समितिले नै महाधिवेशन गर्नुपर्ने हो भने पनि त्यसलाई अक्टोबरमै गर्न सकिने वैधानिक व्यवस्था रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा कम्बोडियामा मंगलबारबाट शुरु भएको १०औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनमा उहाँले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, यतिबेला हामी बृहत एकताका लागि हदैसम्म लचक छौँ तर हाम्रा एनसीसीको कार्यक्रम प्रभावित हुनु भएन । यदि उच्च स्तरिय समितिकै १३ जनाले महाधिवेशन गराउने भएपनि मे महिनामा त्यो सम्भव छैन तर त्यसको वैधानिक व्यवस्था छ । ” आफू एकताको विरोधी नभएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, “सम्मानित सर्वोच्च अदालतबाट मिति २०८०/१२/२१ मा फैसलाले तोकेको महाधिवेशन हुने समय आफू खुसीे परिभाषा गरि काम भई रहेको छ, संघले प्राप्त कानून हक परित्याग नगरि र कुनै पनि बिबन्धन नहुने...
पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ)को मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध

पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ)को मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) को मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । थाइल्याण्डमा सम्पन्न गैरआवासीय नेपाली संघको पिएनओ केन्द्रित दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “गैर–आवासीय नेपाली संघ मात्र नभई नेपाल सरकार पनि यस विषयमा प्रतिबद्ध छ ।” दोस्रो विश्वयुद्धपछि विभिन्न कारणले विभिन्न देशहरूमा गएर बसोबास गरेका नेपालीहरूको विषयमा सरकार सचेत रहेको उहाँको भनाई थियो, उहाँले भन्नुुभयो “गैर–आवासीय नेपालीहरूको अवस्था विभिन्न प्रकारका हुन्छन् – केही स्थायी रूपमा विदेशमा छन् भने केही अस्थायी रूपमा पेशा वा व्यवसायमा संलग्न छन् । यस परिप्रेक्ष्यमा, के कस्ता नीति लिनुपर्छ, सरकारले के कस्ता अपेक्षा राख्न सक्छ, गैर–आवासीय नेपालीहरूले के कस्ता योगदान दिन सक्छन्,...
एनआरएनएको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलनका ७ निष्कर्ष यस्ता छन्

एनआरएनएको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलनका ७ निष्कर्ष यस्ता छन्

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलन थाइल्याण्डक राजधानी सुन्दर शहर बैककमा "Empowering the Youth, Shaping the PNO's Future" भन्ने मूल नाराका साथ २०२५ को १५ र १६ मार्चमा भव्यतापूर्वक सम्पन्न भएको छ । प्रधानमन्त्रीके पी शर्मा ओली ज्यू को भर्चुअल सम्बोधन तथा माननीय संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री तथा सांसद पदम गिरी, थाइल्याण्डका लागि नेपालका राजदुत महामहिम धनबहादुर ओली, विभिन्न देशमा बसोबास गर्ने पीएनओ तथा युवाहरु विषयगत विज्ञहरू, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, निजी क्षेत्रका तथा व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरू, कलाकार, सञ्चारकर्मीहरू तथा ३५ भन्दा बढी देशबाट भौतिक एवं भर्चुअल माध्यमबाट सहभागी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सात बुँदे निश्कर...
अस्ट्रेलियाको ग्रानभिल पार्कमा नेपालीहरुले मनाए होली

अस्ट्रेलियाको ग्रानभिल पार्कमा नेपालीहरुले मनाए होली

अमेरिका । एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) को आयोजनामा शनिबार ग्रानभिल पार्कमा आयोजना गरेको होली कार्यक्रममा नेपालीहरुले रङ्गको पर्व मनाउँदै शुभकामना आदान प्रदान गरे । ह्वाइट स्पट ग्रुपको प्रस्तुति रहेको सो होली मेलामा अस्ट्रेलियाका चर्चित नेपाली कलाकारहरुको प्रस्तुतिसहित नेपाली खाना र तराई, मधेश झल्किने विशेष प्रस्तुति समेटिएको थियो । स्थानीय ग्रानभिल क्षेत्रकी सांसद जुलिया फिनले औपचारिक रुपमा होली पर्वको शुभारम्भ गर्दै बहुसांस्कृतिक समाजको सुन्दरता भनेको सबै धर्म, जात र कला संस्कृतिको सम्मान गर्नु रहेको बताउनु भयो । । यसमाथि पनि रंगको पर्वको रुपमा मनाइने होलीले अस्ट्रेलियामा समेत चर्चा पाइसकेको भनाइ उहाँको छ । कार्यक्रममा एनआरएन ओसेनियाका उपसंयोजक अरुण ठाकुरले रंगको तिहारका रुपमा रहेको होली राष्ट्रिय पर्व बनिसकेको र विदेशमा बस्दै गर्दा पनि यसको महत्व बिर्सनु नहुने चर्चा ग...
एनआरएनए अभियानलाई राजनीतिक मुद्दा नबनाउन अध्यक्ष डा. बद्री केसीको आग्रह

एनआरएनए अभियानलाई राजनीतिक मुद्दा नबनाउन अध्यक्ष डा. बद्री केसीको आग्रह

अमेरिका । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले एनआरएनए अभियानलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गर्नुभएको छ । थाइल्याण्डको बैंककमा शनिबारबाट (मार्च १५-२०२५) सुरु दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ एउटा संस्था मात्रै नभई विदेशमा रहेका ८० लाख नेपालीको साझा चौतारी एवं विश्वभरका नेपालीलाई एकबद्ध गर्ने पवित्र अभियान भएको भन्दै अध्यक्ष डा केसीले यस संघलाई राजनीतिकरण नगरिदिन आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “नेपालमा जुनसुकै राजनीतिक पार्टी सरकारमा भएपनि हामीलाई कुनै फरक पर्दैन, किनकी सन् २००१ मा जब एनआरएनएको परिकल्पना भएको थियो, तत् समय विदेशमा रहेका कयौँ हामीहरु राजसंस्थाको विरोधमा थियौँ तर हामीले नेपालको प्रमुख ओहोदामा भएको राजालाई हाम्रो प्रमुख अतिथि बनाएर कार्यक्रम सञ्चालन गरेका थियौँ भन्नुको अर्थ हामीलाई सरकारमा को छ, कुन पार्टी छ भन्ने कु...
कोलोराडोस्थित डेनभर विमानस्थलमा विमानमा आगलागी, सबै यात्रु सुरक्षित

कोलोराडोस्थित डेनभर विमानस्थलमा विमानमा आगलागी, सबै यात्रु सुरक्षित

कोलोराडो । अमेरिकाको कोलोराडोमा रहेको डेनभर विमानस्थलमा यात्रु भरिएको विमानमा आगलागी भएको छ । बिहीबार साँझ डेन्भर विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा आगलागी भएको हो । अधिकारीहरूका अनुसार रोकिरहेको विमानमा आगो लागेको थियो । अमेरिकन एअरलाइन्सले उडानका लागि प्रयोग गरिएको विमान बोइङ ७३७–८०० मा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ । विमानभित्र १ सय ७२ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेका बेला आगलागी भएपछि उनीहरूमध्ये केही हतारहतार बाहिर निस्किएका थिए । केही यात्रीलाई विमानबाट ओरालेर टर्मिनलमा लगिएको थियो । अमेरिकाको संघीय उड्ययन प्रशासन (एफएए) का अनुसरा यात्रुलाई भुइँमा सुरक्षित रूपमा अवतरण गर्न इन्फ्लेटेबल स्लाइडको प्रयोग गरिएको थियो ।...
एनआरएनएको बृहत एकता संवादः यस्ता छन् ७ बुँदे निश्कर्ष

एनआरएनएको बृहत एकता संवादः यस्ता छन् ७ बुँदे निश्कर्ष

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले २०२५ मार्च ११ (२०८१ /११/२७) मा 'बृहत एकता संवाद' सफलतापूर्वक आयोजना गर्यो । उक्त संवाद कार्यक्रममा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तो, पूर्वअध्यक्ष जीवा लामिछाने, पूर्वअध्यक्ष भवन भट्ट, पूर्वअध्यक्ष कुमार पन्त, संस्थापक महासचिव भिम उदास, संस्थापक पुर्व संरक्षक रामप्रताप थापा, पूर्व उपाध्यक्षहरु इन्द्रा वन, सागर नेपाल, टिबी कार्की, वर्तमान तथा पूर्व अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरु एवं सल्लाहकारहरु, राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु लगायत ७८६ जना उपस्थित हुनु हुन्थ्यो । उक्त कार्यक्रममा बृहत् एकतासहित संघको महाधिवेशनका सम्बन्धमा घनिभूत छलफल भयो । उक्त कार्यक्रममा महाधिवेशनको वैधानिकता र सम्बन्धित विवादको बारेमा सर्वोच्च अदालतका निर्णयहरूको पालना गर्दै संघको आगामी अक्टोबरमा घोषणा गरिएक...