३ आश्विन २०८३, शनिबार

अन्तराष्ट्रिय/प्रवास

जय नेपाल फाउन्डेसनद्वारा नेपाली महिलालाई एकत्रित गर्दै ग्लोबल महिला नेटवर्क गठन

जय नेपाल फाउन्डेसनद्वारा नेपाली महिलालाई एकत्रित गर्दै ग्लोबल महिला नेटवर्क गठन

कोलोराडो । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले विश्वभरका नेपाली महिलालाई एकत्रित गर्दै ग्लोबल महिला नेटवर्क गठन गरेको छ । फाउण्डेसनले विनिता अधिकारीको अध्यक्षतामा ग्लोबल महिला नेटवर्कको घोषणा गरेको छ । समितिको महासचिवमा प्रतिज्ञा अधिकारीलाई चयन गरिएको छ । विभिन्न पेशामा आवद्ध महिलाहरुको प्रतिनिधित्व हुनेगरी नेपाल सहित विभिन्न देशमा रहेका महिलाहरुलाई समेटेर समिति गठन गरिएको हो । शुक्रबार एक वेबिनार मार्फत उक्त समिति निर्माण गरिएको फाउण्डेसनका केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्लेले जानकारी दिए । नेपाली काँग्रेसका महिला नेतृहरुको सहभागितामा सम्मेलन सम्पन्न भएको हो । समितिका सदस्यहरुमा लक्ष्मि खरेल (अमेरिका), उर्मिला कंडेल जोशी (नेपाल), निर्मला खड्का (नेपाल),अर्पणा खड्का(नेपाल), निर्मला फुलारा ठाकुर (नेपाल), सिता अर्याल(साईप्रस), अनु थापा (इजरायल), अप्सना कंडेल (न्युजिल्याण्ड), भावना खनाल अर्याल...
एशोशियसन अफ नेपाली ओरिजिनको अस्ट्रेलिया शाखा गठन

एशोशियसन अफ नेपाली ओरिजिनको अस्ट्रेलिया शाखा गठन

अमेरिका । एशोशियसन अफ नेपाली ओरिजिन९एएनओ०ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ । भुटानीमूलका नेपालीभाषी डम्बर ढुङ्गेलको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा दिनेश कठायत, महासचिवमा गगन विडारी, उप–महासचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा लिला भण्डारी रहनुभएको छ । साथै सदस्यहरुमा निकेश शर्मा, राम खतिवडा, युवराज शर्मा, हरि पोखरेल, खगेन्द्र आचार्य, आशिका राई, बिजय बस्नेत, सरिता ढकाल, भवानी ढकाल, पुष्प आचार्य, गोविन्द गौतम रहेको जनाइएको छ । नेपाल पुख्र्यौली भइ भुटान, बर्मा, भारतलगायत विभिन्न देशमा छरिएर रहेका नेपालीहरुलाई एशोशियसन अफ नेपाली (एएनओ) ले समेटेको एएनओ अन्तर्राष्ट्रियका महासचिव सिएम भट्टराईले बताउनुभयो । नेपाललाई पितृभूमि मान्ने नेपालीभाषीहरुको संस्था रहेकाले नेपाली कला संस्कृती जगेर्ना गर्ने उद्देश्यले संस्थालाई विश्वभर फैलाउने उद्देश्यले स्थापना गरिएको ह...
भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायत ननिटनको मेयरमा मनोनीत

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायत ननिटनको मेयरमा मनोनीत

अमेरिका । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर पदमा मनोनीत हुनुभएको छ । गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जनाका उन्सिलरमध्येबाट मेयर पदमा मनोनीत हुनुभएको हो । लेबरका १९, कञ्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जनाका उन्सिलर रहेको उक्त बरोमा ग्रीन पार्टीले पनि सारूलाई समर्थन गरेपछि उहाँ मेयरमा मनोनीत हुनुभएको हो । यहाँ यसअघि उपमेयर चुनिनुभएको थियो । अब आउँदो मे १५ मा हुने औपचारिक समारोहमा उहाँले मेयर नियुक्त भई पदभार ग्रहण गर्नुहुनेछ । बेलायतको गोर्खा भर्तीको दुई सय वर्षभन्दा लामो इतिहासमा पूर्वगोर्खाकोतर्फबाट पहिलो मेयरका रूपमा ननिटनमा मनोनीत हुनु गर्वको कुरा भएको भन्दै उपमेयर सारूले भन्नुभयो, “औपचारिक रूपमा मेयरको शपथ मे मा हुन्छ । खुसीको क्षण हो बेलायतमा गार्खाहरूको योगदानलाई थप उचाइमा पु¥याउने अवसर मिलेको छ ।” काउन...
अमेरिकाले ‘गोल्ड कार्ड’ भिसा ५० लाख डलरमा बेच्ने !

अमेरिकाले ‘गोल्ड कार्ड’ भिसा ५० लाख डलरमा बेच्ने !

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ आवासीय अनुमति ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गर्नुभएको छ । ट्रम्पले परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताउनुभएको छ । आफ्नो दोस्रो कार्यकालको पहिलो प्राथमिकता लाखौँ गैरकानुनी आप्रवासीलाई देश निकाला गरिएपछि राष्ट्रपति ट्रम्पले यस्तो योजना सार्वजनिक गर्नु भएको हो । –अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु । ...
अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनमा नयाँ नेतृत्व चयन

अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनमा नयाँ नेतृत्व चयन

अमेरिका । अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन (एञ्जा) को तेस्रो अधिवेशन सम्पन्न भएको छ । अस्ट्रेलियाको राजधानी क्यानबेरामा यही फेब्रुअरी २१ र २२ मा भएको अधिवेशनबाट अध्यक्षमा कृष्ण तिवारी निर्वाचित भएका छन् । ४३ मताधिकार सदस्य रहेको एञ्जाको निर्वाचनमा तिवारीले २५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नारायण खड्काले १८ मत पाए । उपाध्यक्षमा माधवप्रसाद गैरे २२ मत ल्याउँदै निर्वाचित भए । यो पदमा प्रकाश हुमागाइँले १९ र सीताकुमारी विश्वकर्माले दुई मत प्राप्त गरे । महासचिवमा गणेश भट्ट, कोषाध्यक्षमा खगेन्द्र सत्याल, सचिवमा तक्दिर अधिकारी, पब्लिक अफिसरमा कोम खत्री, प्रवक्तामा मिलन दाहाल सर्वसम्मत चयन भए ।सदस्यमा सरल गुरुङ, विनायक अधिकारी, गोपाल छन्त्याल र केदार रायमाझी निर्वाचित भएका निर्वाचनमा समितिका संयोजक राजु अधिकारीले जानकारी दिए । सोही अवसरमा अस्ट्रेलियामा लामो समयदेखि पत्रकारिता गर्दै आए...
कतारमा सवारी दुर्घटनामा मृत्यु भएका एनआरएनएका अभियन्ता आचार्यको शव गुल्मी पुर्याइयो

कतारमा सवारी दुर्घटनामा मृत्यु भएका एनआरएनएका अभियन्ता आचार्यको शव गुल्मी पुर्याइयो

नेपाल । कतारमा सवारी दुर्घटनाबाट असामयिक निधन भएका राष्ट्रिय समन्वय परिषद कतारका सहकोषाध्यक्ष र अभियन्ता झविन्द्र आचार्यको पार्थिव शरीर गुल्मी पुर्याइएको छ । गैरआवासीय नेपाली संघ कतार र गैरआवासीय नेपाली संघ केन्द्रीय सचिवालयको संयुक्त सहयोगमा उनको शव मंगलबार गुल्मी स्थित उनका घरसम्म पुर्याइ, निजको परिवारलाई जिम्मा लगाइएको हो । अध्यक्ष डा. बद्री केसीले आचार्यको निधनमा दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनसँग समवेदना व्यक्त गरेका छन् । उनको शव गुल्मी पठाउन गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी निर्देशक राजेन्द्रकुमार राउत सहितको टोली त्रिभुवन विमानस्थलमा पुगेको थियो । नेपाल व्यवसायी संघ कतारका सदस्य र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सहकोषाध्यक्ष गुल्मीको मालिका गाउँपालिका घर भएका ४० वर्षीय झविन्द्र आचार्यको सडक दुर्घटनामा परी निधन भएका हो । कतारमा सफल युवा व्यवसायी रहे...
दुबईमा होली उत्सव र अन्तरक्रिया कार्यक्रम सम्पन्न

दुबईमा होली उत्सव र अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । नेपालका प्रवासी मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा यस वर्षको होली पर्व मनाएको छ । एकता समाजको युएई शाखाले आइतबार दुबईको बरदुबईमा धुमधाम एवं भव्यताका साथ होली महोत्सव मनाएको हो । पूर्व उपप्रधानमन्त्री एवं जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख अतिथिको रुपमा होली कार्यक्रमको गरिमा बढाउनुभएको थियो । कार्यक्रममा मधेशी समुदायका ७ सय जनाभन्दा बढी मानिस सहभागी थिए । त्यस अवसरमा उनीहरुले एकअर्कालाई रंग र अबिर दलेर होलीको शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा आबुधाबीस्थित नेपाली दूतावासका राजदूत तेज बहादुर क्षेत्री, मधेशी एकता समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय समिति अध्यक्ष डा. रविन्द्र कुमार यादव, दूतावासका तृतीय सचिव विमलेश मिश्र, श्रम सहचारी पंकज लाभ कर्ण, मधेशी एकता समाज नेपालका संयोजक डा। बबीसिंह यादव, अन्तर्राष्ट्...
सर्वोच्चको पत्रमा के छ ? एनआरएनएले दियो यस्तो जवाफ…

सर्वोच्चको पत्रमा के छ ? एनआरएनएले दियो यस्तो जवाफ…

अमेरिका । सर्वोच्च अदालतले गत चैतमा भएको फैसला कार्यान्वयन गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पत्र लेखेको छ । गतवर्षको फैसला कार्यान्वयन गर्नुको साटो फैसलामाथि नै प्रश्न उठाउने काम भएको भन्दै सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले एनआरएनएको सचिवालयको नाममा पत्र लेखेको हो । फैसला कार्यान्वयन निर्देशनालयले संघको प्रशासनिक कामकारवाही लगायत सबै कागजपत्र उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न पत्र पठाएर निर्देशन दिएको हो । यता, सोमबार एनआरएनएका महासचिव गौरी राज जोशीले विज्ञप्ति प्रकाशित गर्दै सर्वोच्चको पत्रप्रति ध्यानाकर्षण भएको जनाएको छन् । के छ सर्वोच्चको पत्रमा र एनआरएनएको विज्ञप्तिमा ?    ...
पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास स्थापना

पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास स्थापना

अमेरिका । पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास स्थापना भएको छ । दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको जनाएको छ । नेपाली दूतावास लिस्बनले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्तीसेवा सञ्चालन गरेर राहदानीसहित आवश्यक कागजात प्रमाणीकरण सम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो । शुक्रबारदेखि सुरु भएको घुम्ती सेवाबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) सहित करिब दुई सय कागजात प्रमाणीकरणको सेवा दिन थालेको दूतावासले जनाएको छ । शिविर अवधिभर दूतावासले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्ता लगायतका कागजात प्रमाणीकरण सम्बन्धी कन्सुलर सेवा प्रदान गर्नेछ । यस्तै यसअघि सञ्चालन भएको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि आवेदन दिएका सेवाग्राहीको तया...
एनआरएनएको राष्ट्रिय समितिको सदस्यता अभियान शुरु

एनआरएनएको राष्ट्रिय समितिको सदस्यता अभियान शुरु

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा काठमाण्डौमा हुने १२ औं विश्व सम्मेलनको तयारीका लागि आइतबारदेखि राष्ट्रिय समितिको सदस्यता अभियान शुरु गरेको छ । एनआरएनएका प्रवक्ता फणिन्द्र पन्तका अनुसार आइतवारदेखि एसिया, ओसिनिया, मध्यपूर्व, युरोप, अफ्रिका र अमेरिका क्षेत्रमा सो अभियान सञ्चालन गरिने भएको हो । संघको सदस्यता वितरण, सदस्यहरूको कर्तव्य, अधिकार र सुविधाबारे सो कार्यक्रममा जानकारी दिइनेछ । कार्यक्रममा एनआरएनएको नयाँ सदस्य सूचना प्रणाली र स्मार्ट एनआरएनएको अपडेट बारे सदस्यहरूसँग छलफल गरिनेछ । कार्यक्रममा गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरू र केन्द्रीय पदाधिकारीहरू भर्चुअल माध्यमबाट जोडिनेछन् ।...