एनआरएनएद्वारा लुम्बिनी प्रदेशका लागि रक्त संकलन बस हस्तान्तरण
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले लुम्बिनी प्रदेशका लागि रक्त संकलन बस सेवा शुक्रबार एक कार्यक्रमकाबीच रेडक्रसलाई हस्तान्तरण गरेको छ ।
एनआरएनएका अध्यक्ष डा. बद्री केसीले रेडक्रस बाँके शाखाका सभापति गोवर्द्धन सिंह सम्झनालाई बसको चाबी हस्तान्तरण गरेका हुन् । बस सेवाको नेपालगन्ज उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख कमरुद्दिन राई र डा. केसीले संयुक्तरुपमा शुभारम्भ गरेका हुन् ।
अत्याधुनिक सेवा सुविधा सहितको वातानुकुलित बस सेवामा प्राविधिक टिम, रगत संकलन कक्ष, भण्डारण फ्रीज, आराम कक्षको व्यवस्था छ । ग्रामीण इलाकामा पुगेर रगत संकलन गर्न सहजता पुगोस् भन्ने मुख्य उद्देश्यका साथ अहिलेसम्म लुम्बिनीसहित पाँच प्रदेशमा रक्त संकलन घुम्ती बस हस्तान्तरण गरिसकेको एनआरएनएका उपाध्यक्ष रामशरण सिंखडाले बताए । अब कर्णाली र गण्डकीमा बस हस्तान्तरण गरिने एनआरएनएले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका...









