कोलोराडोमा गायक रवि ओडको प्रस्तुतिसँगै नयाँवर्ष शुभकामना सांस्कृतिक साँझ सम्पन्न
नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपालीभाषी समुदायले गायक रबी ओडको उपस्थितीमा शुभकामना सांस्कृतिक सांझ कार्यक्रमको आयोजना गरी नयांबर्ष २०८१ को शुभकामाना आदान प्रदान गरेका छन् ।
नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने नेपालीभाषीहरुको उपस्थिती रहेको थियो ।
शनिबार सांझ सम्पन्न भएको कार्यक्रममा सहभागी हुन कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, गुन्यू चोलो लगाएर आएका थिए भने, केही आफ्नो जातीय भेष भूषा झल्कने पहिरहन लगाएर आएका थिए ।
कार्यक्रम आयोजना स्थलमा बालक हुन वा बृद्ध, यूवा हुन वा यूवती सबै आ आफ्ना दौतरीका साथ नयांबर्षको शुभकामाना साटासाट गरिरहेका थिए । कोही हात मिलाएर त कोही हक गरेर, कोही नमस्ते गरेर त कोही टाउको निहुर...








