२८ बैशाख २०८१, शुक्रबार

विवाहलाई गोप्य राख्दै आएका गायक राजेशपायल राईले गरे सम्बन्ध बिच्छेद

कोलोराडोखबर संवाददाता , April 5th, 2024

नेपाल । आफ्ना विवाहलाई गोप्य राख्दै आएका गायक राजेशपायल राईले सम्बन्ध बिच्छेद गरेको खबर सार्वजनिक भएको छ ।

गायक राईले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् । यसै साता उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेका थिए ।

सम्बन्धविच्छेदको मुद्दा राजेशपायलले नै हालेका थिए । सम्बन्ध तोड्न साङबुङले उच्च डिमान्ड गरेकी थिइन् । अन्ततः राजेशपायलले उनको मागहरू पूरा गरिदिएका छन् । जसअनुसार नक्सालमा रहेको राजेशपायलको घर साङबुङले पाएकी छन् । साढे तीन तलाको यो घरको मूल्य करिब ५ करोड पर्ने दाबी गरिएको छ ।

उक्त घरमा रहेका सबै चिजवस्तुहरू साङबुङकै स्वामित्वमा हुनेछन् । यसैगरी राजेशपायलले नगद ५० लाख रूपैयाँ पनि दिएका छन् । साथै, थप १ करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिवद्धता राजेशपायलले जनाएका छन् । यस्तै काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि साङबुङको भागमा परेको छ ।

राजेश पायल र साङबुङका एक छोरा छन् । उनीहरू औपचारिक विवाह नगरीकन लिभ इनमा बसिरहँदा पुत्रलाभ भएको थियो । छोरा करिब दुई वर्षको भएका छन् । डिभोर्सपछि उनी आमाको साथमा बस्नेछन् भने छोराको पढाइको खर्च राजेशपायलले व्यहोर्ने छन् । छोरालाई जुनसुकै स्कूलमा पढाए पनि बाबुले फी तिर्ने सम्झौता भएको छ । यसैगरी, छोराको भरणपोषणका लागि मासिक १५ हजार रूपैयाँ राजेशपायलले पत्नीलाई उपलब्ध गराउने सम्झौता गरेका छन् ।–नेपालप्रेसबाट

यसैबीच मदिरा खाएर होहल्ला गर्दा बुधबार राति पक्राउ परेका गायक राई बिहीबार दिउँसो प्रहरी हिरासतबाट छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्