१७ जेष्ठ २०८३, आईतवार

मनोरन्जन

वरिष्ठ गायक तथा संगीतकार भजन शिरोमणी भक्तराज आचार्यको निधन

वरिष्ठ गायक तथा संगीतकार भजन शिरोमणी भक्तराज आचार्यको निधन

नेपाल । वरिष्ठ गायक तथा संगीतकार भजन शिरोमणी भक्तराज आचार्यको सोमबार निधन भएको छ। ८२ वर्षीय आचार्यको अपरान्ह साढे ४ बजेतिर अक्सिजन लेभल कम भएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो । आचार्य विगत लामो समयदेखि बिमारी रहेका थिए । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् । आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ । आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । उनका ‘हजार सपनाहरूको..., जति चोट दिन्छौं..., मुटु जलिरहेछ...’ लगायत गीत चर्चित छन् । २०४६ साल दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए । उनका दुई छोराहरु सत्यराज र स्वरुपराजले पनि ग...
इन्द्रेणीका सञ्चालक कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा, दोषी ठहर भए ३ वर्षसम्म कैद

इन्द्रेणीका सञ्चालक कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा, दोषी ठहर भए ३ वर्षसम्म कैद

अमेरिका । चर्चित कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा परेको छ। एक महिलाले जिल्ला अदालत काठमाडौँमा कँडेलविरुद्ध मुद्दा हालेकी हुन् । सोमबार मुलुकी अपराध संहिताको दफा २२४ को कसुरमा कँडेलविरुद्ध मुद्दा दर्ता भएको हो । सो दफामा कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउन नहुने भनिएको छ। यस मुद्दामा कँडेल दोषी ठहर भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुन सक्ने कानूनी व्यवस्था छ । ...
अमेरिकाको कोलोराडोमा नेपाली नायिका रेखा थापाले छोरी जन्माइन्

अमेरिकाको कोलोराडोमा नेपाली नायिका रेखा थापाले छोरी जन्माइन्

अमेरिका । अभिनेत्री रेखा थापा आमा बनेकी छन् । उनले शुक्रबार बिहान अमेरिकाको कोलोराडो शहरको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । अस्पतालको शैय्यामा छोरीलाई छातीमा टाँसेर श्रीमान् बलराम शाही ठकुरीसँगको केही तस्वीर सामाजिक सञ्जालमा सेअर गर्दै रेखाले आफू आमा बनेको जानकारी गराएकी हुन् । उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । रेखाले लेखेकी छन्, ‘हेर आकाशमा कालो बादल वरिपरि चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान् कारण छ ।’ पहिलो सन्तानलाई जन्म दिन रेखा गत मंसिरमा श्रीमानको साथमा अमेरिका उडेकी थिइन् । एकातिर उनी आमा बन्दै गर्दा अर्कोतिर उनी अभिनीत फिल्म ‘उपहार’ यही फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । यसर्थ फागुन महिना उनका लागि विशेष देखिएको छ । २०७८ सालको माघ अन्तिममा रेखाले शाहीसँग कानुनी विवाह गरेकी थिइन् । उनको यो दोस्रो विवाह हो । बिहेअघि रेखा र शाही केही समयदे...
विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गरौंः अभिनेत्री मनिषा कोइराला

विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गरौंः अभिनेत्री मनिषा कोइराला

नेपाल । चर्चित वलिउड अभिनेत्री मनिषा कोइरालाले विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गर्नु पर्ने बताएकी छन् । काठमाडौंको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले शुक्रवार क्याम्पसमा आयोजना गरेको महिला आत्मनिर्भरता विषयक अन्तरसम्वाद तथा छलफल कार्यक्रममा बोल्दै उनले नेपालको विकासका लागि आफुले आर्जन गरेको ज्ञान सीप नेपालमा प्रयोग गर्नु पर्ने बताइन् । ‘हामी ज्ञान सीपका लागि विश्वका जुन सुकै ठाँउमा पनि पुग्न सक्छौं । तर जुन माटोमा जन्मियौं त्यस माटो प्रति हाम्रो कर्तव्य हुन आउँछ । त्यसैले पनि नेपालको लागि मैले के गर्न सक्छु भन्ने चिन्तन आवश्यक छ । त्यसका लागि आफ्नो सीप देशका खर्चिनु पर्छ ।’ उनले भनिन् । सार्थक जीवनका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उनले आत्मनिर्भरताको लागि समयमै आफ्नो रुची अनुसारको विषय पहिल्याउन र सोही अनुरुप काम गर्न विद्यार्थीलाई सुझाव दिइन् । आफु क्यान्सर ज...
चलचित्र पत्रकार संघ प्रथम राष्ट्रिय भेलाबाट १३ बुँदे घोषणा पत्र जारी

चलचित्र पत्रकार संघ प्रथम राष्ट्रिय भेलाबाट १३ बुँदे घोषणा पत्र जारी

नेपाल (हेटौंडा) । चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला १३ बुँदे घोषणा पत्र जारी भएसँगै सकिएको छ । ५ गते देखी सुरु भएको भेला मंगलबार घोषणापत्र जारी सँगै सकिएको हो । बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको भेलामा विभिन्न विषयमा अन्तरसंवादका साथै कार्यशाला गरी सम्पन्न भएको हो । कार्यक्रममा सहभागी हुन देशभरबाट करिब दुई सय चलचित्र पत्रकार र कलाकारहरूको उपस्थिती रहेको थियो । संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा संघको आयोजनामा भएको भेलामा सिनेमा र पर्यटन संवाद, अन्तरक्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायत विषयका सेसन सञ्चालन भएका थिए । भेलाको उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले गरेकी थिईन् भने समापन कार्यक्रम प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रम संघका केन्द्रीय अध्यक्ष समीर बला...
बिवादमा तानिए इन्द्रेणी लोकदोहोरी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल

बिवादमा तानिए इन्द्रेणी लोकदोहोरी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल

अमेरिका । नेपालमा इन्द्रेणी लोकदोहोरी कार्यक्रम सञ्चालक कृष्ण कँडेल र केही समयसम्म सोही टिममा आबद्ध गायिका शर्मिला श्रेष्ठबीचको बिवाद चर्किंदै गएको छ । गायिका श्रेष्ठले इन्दे्रणकिा सञ्चालक कँडेलबाट आफू मानसिक हिंसाको शिकार भएको आरोप लगाएकी छन् । बाद्यवाधक लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, खगेन्द्र विश्वकर्मा र गाडी चालक जीवन टण्डनसहित भिडियोमा देखिएकी श्रेष्ठले आफूमाथि भएको मानसिक हिंसा खोलेकी हुन् । आफूहरुलाई पक्षपात ढंगले संस्थाबाट निष्काशन गरेको र यौनजन्य हिंसा पनि आफूले महशुस गरेको श्रेष्ठको आरोप छ । तर, कँडेलले भने सामाजिक सञ्जालमार्फत नै ती आरोपहरुको खण्डन गरेका छन् । केही महिनायतादेखि सुरु भएको विवाद शुक्रबार अदालत पुगेको छ । कँडेलले शर्मिला श्रेष्ठलगायतका विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् । कँडेलले सामाजिक सञ्जालमा जनाएको प्रतिक्रिया...
‘इण्डियन आइडल’ को ‘टप टेन’ बाट बाहिरिइन् मेनुका पौडेल

‘इण्डियन आइडल’ को ‘टप टेन’ बाट बाहिरिइन् मेनुका पौडेल

अमेरिका । भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’ मा नेपालकी मेनुका पौडेल ‘टप टेन’ बाट बहिरिएकी छन् । आइतबार मेनुकाले आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । साथै उनले फिल्मको गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिन फ्यानलाई आग्रह गरेकी छन् । आइडलमा रहँदा उनले ‘सलार’मार्फत् भारतीय फिल्म गायनमा डेब्यू गरेकी थिइन् । दुबै आँखा नदेख्ने उनलाई चिकित्सकले ‘एआई भिजन चस्मा’ पनि प्रदान गरेका थिए, जसमार्फत् अबदेखि उनले पढ्न, हिँड्न र मान्छे चिन्न सक्छिन् ।...
अमेरिकाको कोलोराडोमा नायिका रेखा थापाको ‘बेबी सावर’

अमेरिकाको कोलोराडोमा नायिका रेखा थापाको ‘बेबी सावर’

कोलोराडो । नेपाली चलचित्रकी निर्माता/निर्देशक तथा चर्चित नायिका रेखा थापा दम्पतीले शनिबार अमेरिकामा ‘बेबी सावर’ गरेका छन् । कोलोराडो स्प्रिङ्समा अभिनेत्री थापा र उनका श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’ को आयोजना गरे । रेखाले सामाजिक सञ्जालमार्फत ‘बेबी सावर’को तस्वीर र भिडियो सेयर गरेकी छन् । उनले आगामी सन्तानलाई भगवानको उपहार भएको बताएकी छन् । सन्तानको उपहार त भइहाल्यो, फागुन २५ मा रेखाले निर्माण र अभिनय गरेको फिल्म ‘उपहार’ पनि प्रदर्शनको तयारीमा छ । रेखालाई चिकित्सकले उनलाई माघ अन्तिम वा फागुनको डेलिभरी मिति दिएका छन् । ...
श्रद्धाञ्जली लोकप्रीय स्रष्ठा ‘सपना भुलाई सारा…’ का गायक योगेश बैद्यलाई

श्रद्धाञ्जली लोकप्रीय स्रष्ठा ‘सपना भुलाई सारा…’ का गायक योगेश बैद्यलाई

नेपाल । वरिष्ठ गायक योगेश बैद्यको निधन भएको छ । वैद्यको भ्याली अस्पताल लाने क्रममै बिहीबार राति साढे १२ बजे उनको निधन भएको हो । ७७ वर्षका वैद्यलाई प्रतिष्ठित ‘धुंस्वां सायमी सिरपाः’ सम्मान प्रदान गरिएको थियो । उनका नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय छन् । विसं २०२२ मा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेश वैद्यको पहिलो गीत रेकर्ड भएको थियो ‘कति प्यासी छ जिन्दगी’ । त्यसपछि ‘जीवन जिगु...एउटा नेवारी गीत पनि गाए । त्यसपछि रत्न रेकर्डिङ संस्थानमा एकैपटक चारवटा गीत डिस्क रेकर्ड भए । कति प्यासी... सहित नित्य नयनमा तारा, प्रेमको अधुरो कहानी । करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश विसं. ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए । उनको शुक्रबार पशुपत...
सांस्कृतिक कार्यक्रमसंगै मनाइयो माघे संक्रान्ति, मुना थापा मगरले तताईन् कोलोराडो

सांस्कृतिक कार्यक्रमसंगै मनाइयो माघे संक्रान्ति, मुना थापा मगरले तताईन् कोलोराडो

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । माघे संक्रान्तिको सुभ अवसरमा कोलोराडो निवासी मगरहरुले बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ शुभकामना आदान प्रदान गर्दै सम्पन्न गरेका छन् । मगर संघ कोलोराडो च्याप्टरको आयोजनामा कोलोराडो निवासी मगरहरुले आफ्नो कला, संस्कृति परम्परा अनुसार माघे संक्रान्ति पर्व मनाएका हुन् । मगर संघ कोलोराडोका अध्यक्ष कृष्ण थापा मगरको अध्यक्षतामा नेपाली सांस्कृति केन्द्र भवनमा सम्पन्न कार्यक्रम बयोबृद्ध जगनलाल थापा मगरद्धारा पानसमा बत्ती बालेर उद्धाटन गरिएको थियो । कार्यक्रमको सुरुमा नेपाली र अमेरिकी राष्ट्रिय गान गाईएको थियो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसायी तथा नेपाली भाषी बाआमा, दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । मगर संघ अमेरिकाका केन्द्रीय सल्लाहकार लछुमन राना मगरको प्रमुख आतिथ्यता तथा चर्चित लोक तथा दोहोरी गायिक...