२७ बैशाख २०८१, बिहीबार

गायक रवि ओडविरुद्ध श्रीमतीद्वारा प्रहरीमा वैवाहिक बलात्कारको जाहेरी दर्ता

कोलोराडोखबर संवाददाता , April 6th, 2024

नेपाल । नेपाल आइडल सिजन–२ का विजेता गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कार गरेको भन्दै जाहेरी दिएकी छिन् । उनले गत मंगलबार प्रहरीमा जाहेरी दिएकी हुन् ।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत गायक ओडकी पत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ओडलाई अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।

ओडको घर कञ्चनपुरको कृष्णपुर नगरपालिका, गुलरिया हो । नेपालमा पक्राउ पूर्जी जारी भएका गायक ओड अहिले कार्यक्रमका लागि जापानमा छन् । उनी थाइल्यान्डबाट जापान पुगेका हुन् ।

नयाँवर्षमा अवसरमा अमेरिकाको कोलोराडोसहित विभिन्न देशमा उनका कार्यक्रमहरु पूर्वनिर्धारित छन् ।

प्रतिक्रिया दिनुहोस्