२१ बैशाख २०८१, शुक्रबार

गायक निशान भट्टराईको पनि सम्बन्ध विच्छेद !

कोलोराडोखबर संवाददाता , April 9th, 2024

नेपाल । वर्तमान समयका चल्तिका गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद भएको छ ।

गत चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । अदालतमा ऋचाले डिभोर्सको मुद्दा दायर गरेकी थिइन् ।

२०७७ सालमा दुईबिच कोर्ट म्यारिज भएको थियो । निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन्, ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् ।

गायक–कलाकारहरुको सम्बन्ध बिच्छेदका घटना एकपछि अर्को सार्वजनिक भइरहेको छ । केही दिन अघिमात्रै अर्का चर्चित गायक राजेशपायल राईले आफ्नी श्रीमतिसँग सम्बन्ध बिच्छेद गरेको घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्