७ जेष्ठ २०८१, सोमबार

कुटपिट र ब्ल्याकमेलिङ गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबा धरौटीमा रिहा

कोलोराडोखबर संवाददाता , March 26th, 2024

नेपाल । कुटपिट र विद्युतीय कारोबारको मुद्दामा पक्राउ परेकी आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको छ ।

उनलाई कुटपिट मुद्दामा १० हजार र विद्युतीय कारोबार मुद्दामा २५ हजार रुपैयाँ धरौटी मागिएको थियो ।

आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै कलकार पवन खतिवडा म्याकुरीले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले वाइबालाई केही दिन अघि सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्