२१ बैशाख २०८१, शुक्रबार

बागमती नगरपालिकाका मेयर थापालाई भ्रष्टाचारको मुद्दा, अब ‘मेयर’ चलचित्र के होला ?

कोलोराडोखबर संवाददाता , April 11th, 2024

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बसधबार विशेष अदालतमा नेकपा माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा बागमती नगरपालिकाको मेयरमा निर्वाचित थापाविरुद्ध आयोगले बुधबार ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको हो ।

प्रतिवादी बनाइएका थापा सर्लाहीको मानव निर्मित भरत तालका सञ्चालक पनि हुन् ।

सार्बजनिक पदको दुरुपयोग गरी थापाले परिवार र नातेदारका नाममा कम्पनी खडा गरेर भ्रष्टाचारको धन व्यवस्थापन गरेको, गैरकानुनी सम्पत्ति सहकारी र जग्गामा लगानी गरेकोलगायत विषयमा उनीविरुद्ध उजुरी परेको थियो ।

यता, उनी मेयर थापाको जीवनीमाथि दीपेन्द्र के खनालले निर्देशन गरेको बायोपिक चलचित्र ‘मेयर’ को चलचित्रको छायाँकन अहिले सर्लाहीमै भइरहेको छ । थापालाई भ्रष्टाचारको अभियोग लागे पछि चलचित्र निर्माणमा आशंका उत्पन्न भएको छ ।

मेयर चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेले भरत थापाको मुख्य भूमिका निर्वाह गरेका छन् । वर्षा राउत, ऋचा शर्मा, हरिहर शर्मा, अनुप बराल, रवीन्द्र झा, सञ्जोग रसाइलीलगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्