१० श्रावण २०८३, आईतवार

अर्थतन्त्र

न्यूरोडबाट ८ किलो सुनसहित पक्राउ परेका पाण्डेलाई हुण्डी कारोबार सम्बन्धी अनुसन्धान

न्यूरोडबाट ८ किलो सुनसहित पक्राउ परेका पाण्डेलाई हुण्डी कारोबार सम्बन्धी अनुसन्धान

नेपाल । राजधानी काठमाडौंको न्यूरोडमा ८ किलो सुनसहित पक्राउ परेका ओमपाल गोल्ड सपका सञ्चालक पदमप्रसाद पाण्डेलाई हुण्डी कारोबार सम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरिएको छ । प्रहरीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित र ४९ लाख ५० हजार अवैध नगदसहित ओमपाल गोल्ड शपका सञ्चालक पाण्डेलाई पक्राउ गरेको थियो । पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । त्यसको आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर सुन बरामद गरेको हो । ...
एनसेलको शेयर खरिद प्रकरण पेचिलो बन्दै, प्रक्रिया रोक्न लेखाको सरकारलाई निर्देशन

एनसेलको शेयर खरिद प्रकरण पेचिलो बन्दै, प्रक्रिया रोक्न लेखाको सरकारलाई निर्देशन

नेपाल । एनसेलको शेयर खरिद बिक्री प्रकरण निकै पेचिलो बन्दै गएको छ । यस प्रकरणमा ठूलै अनियमितताको षड्यन्त्र भएको चौतर्फी आशंका छ । यसैक्रममा बुधबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एनसेलको शेयर स्वामित्व खरिद बिक्री प्रक्रियालाई यथास्थितिमा राख्न सरकारलाई निर्देशन दिएको छ । बैठकले मलेसियाली कम्पनी आजियटाले एनसेलको आफूसँग रहेको शेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई बिक्री गरेको विषय अवास्तविक, अपारदर्शी र अविश्वसनीय देखिएको भन्दै यस सम्बन्धमा विस्तृत अनुसन्धान हुनुपर्ने औंल्याएको छ । लेखा समितिले एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । त्यस्तै यस विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै बोलाउने निर्णय पनि गरेको छ । प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेल को ८० प्रतिशत सेयरको खरिद बिक्री वा हक हस्त...
एनसेलको शेयर खरिदबिक्री प्रकरणः गठबन्धन दलका शीर्ष नेताहरु सशंकित

एनसेलको शेयर खरिदबिक्री प्रकरणः गठबन्धन दलका शीर्ष नेताहरु सशंकित

काठमाडौँ । सत्ता गठनबन्धन दलका शीर्ष नेताहरुले एनसेलको शेयर खरिदबिक्री शंकाष्पद रहेको निष्कर्ष निकालेका छन् । मंगलबार बालुवाटारमा बसेको उक्त बैठकपछि सरकारले एनसेल खरिदबिक्री प्रकरणबारे अध्ययन तथा अनुसन्धान गर्न अध्ययन तथा छानबिन समिति बनाउने भएको छ । उक्त प्रकरणको आवश्यक अध्ययन तथा छानबिन समिति बनाइने भएको हो । बताइन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी समेत नगराई अस्वभाविक प्रावधान र मूल्यमा बिक्री भएको प्रति शीर्ष नेताहरुले आशंका व्यक्त गरेका थिए । एनसेलको ठूलो लगानीकर्ता मलेसियन कम्पनी आजिआटाले एक बेलायती कम्पनीलाई शेयर बेचेपछि यसको चर्चा चुलिएको छ ।...
एनसेलको शेयर बिक्रीमा के भएको हो ?, छानबीन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेलको शेयर बिक्रीमा के भएको हो ?, छानबीन गर्न प्रधानमन्त्रीको निर्देशन

नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर बिक्रीबारे गम्भीर चासो राख्दै छानबीनका लागि निर्देशन दिएका छन् । यसप्रकरणमा प्रचलित कानूनी प्रावधानको पालना भए नभएको अध्ययन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यता सोमबारनै सिंहदबारमा सम्पादकहरूसँग कुरा गर्दै एनसेलको शेयर बिक्रीबारे सरकारले टीम नै बनाएर अध्ययन गरिरहेको बताएका थिए । सरकारको सहमतिबिना एनसेल किनबेच हुन नसक्ने उनको भनाई थियो । एनसेलको ठूलो लगानीकर्ता मलेसियन कम्पनी आजिआटाले एक बेलायती कम्पनीलाई शेयर बेचेपछि यसको चर्चा चुलिएको छ ।...
निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल । नेपाल आयल निगमले गएरातिबाट इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटाउँदा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । नयाँ मूल्य अनुसार डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ भने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम रहेको निगमले विज्ञप्ति मार्फत जनाएको छ ।...
यूएईका लगानीकर्ताहरुलाई फकाउँदै प्रधानमन्त्री दाहालले भने-‘लगानी गर्न आउनुहोस्’

यूएईका लगानीकर्ताहरुलाई फकाउँदै प्रधानमन्त्री दाहालले भने-‘लगानी गर्न आउनुहोस्’

बुधबार राति यूएई प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँका लगानीकर्ताहरुसँग छलफल गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुने त्यहाँ पुगेका उनले नेपालमा पूँजी परिचालन गर्न यूएईका लगानीकर्ताहरुलाई आग्रह गरेका हुन् । उक्त अवसरमा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थिए ।  ...
लगानी सम्मेलनको पूर्व सन्ध्यामा आएको अशुभ समाचार

लगानी सम्मेलनको पूर्व सन्ध्यामा आएको अशुभ समाचार

नेपाल । दूरसञ्चार सेवा प्रदायक एनसेलको ठूलो लगानीकर्ता अजियाटा ग्रुप नेपालले बाहिरिने निर्णय गरेको छ । आगामी बैशाखमा नेपाल सरकारले विदेशी लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलन गर्ने तयारी गरिरहँदा भएको लगानी पनि बाहिरिने अशुभ समाचार सार्वजनिक भएको हो । व्यवसायिक चुनौतीहरु बढ्दै गएको भन्दै कम्पनीले नेपालबाट बाहिरिने निर्णयमा पुगेको उल्लेख गरेको छ ।...
एनआरएन र स्वदेशी/विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन गर्दैछौंः अर्थमन्त्री डा. महत

एनआरएन र स्वदेशी/विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन गर्दैछौंः अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी, गैरआवासीय नेपाली (एनआरएन) र विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउनु भएको छ । बैशाख ९ र १० गते आयोजना गर्न लागिएको लगानी सम्मेलनको तयारीबारे भएको छलफलमा मन्त्री डा. महतले भन्नुभयो, ‘यसपटक हामीले विगतमा जस्तो औपचारिकताभन्दा पनि वास्तविक लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागेका हौं । आइतबार अर्थमन्त्रालयमा निर्देशक समितिको पहिलो बैठकपछि मन्त्री डा. महतले भन्नुभयो, ‘यसपटक सम्मेलन आयोजना हुनुअघि सम्भावित लगानीकर्तासँग दुईपक्षीय बैठक गर्ने योजना बनाएका छौं ।’ सम्मेलनमा धेरै जनालाई सहभागी गराउनेभन्दा पनि सम्भावित लगानीकर्तालाई समेट्ने योजना रहेको मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले दुईपक्षीय लगानी प्रवर्धन तथा संरक्षण सम्झौता (बिप्पा) कार्यान्वयन गर्दै विदेशी लगानीलाई संरक...
धेरै कर तिर्नेलाई राष्ट्रको सम्मान, कुन विधाको को सम्मानित ?

धेरै कर तिर्नेलाई राष्ट्रको सम्मान, कुन विधाको को सम्मानित ?

काठमाडौँ । सरकारले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताह समापन समारोहमा बिहीबार अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गर्नुभयो । आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी पुरस्कृत भएको छ । निर्यात कारोबार क्षेत्रमा डाबर नेपाल, विशेष उद्योगमा एसियन पेन्ट्स, कृषि तथा पशुजन्य उद्योगमा ओबिसी फुड्स एण्ड फ्रिड कम्पनी, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था र बैंक तथा वित्तीय क्षेत्रतर्फ ग्लोबल आइएमई बैंक सम्मानित भएका छन् । यस्तै बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, स्वास्थ्य शिक्षा प्रदायक संस्थातर्फ नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, रु ५० करोडदेखि एक अर्ब कर तिर्ने मध्यमस्तरीय ...
चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युते भारतर्फ निर्यात गरेको छ । प्राधिकरणले चालू आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । विद्युत् निर्यात गत आव २०७९/८०को सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो । गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरिएको थियो । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रुपैयाँ आर्जन भएको छ । प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ...