३१ भाद्र २०८१, सोमबार

तामझामसहित भरतपुर भ्रमण वर्ष उद्घाटन, पाँचलाख आन्तरिक र दुईलाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य

कोलोराडोखबर संवाददाता , March 2nd, 2024

नेपाल (चितवन) । शुक्रबार तामझामका साथ भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन भएको छ ।

भरतपुरकी मेयर रेनु दाहाललको अध्यक्षमा नारायणी नदी किनारमा आयोजित उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा, केपी ओली, माधव नेपाल, झलनाथ खनाल, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल र सांसद रवि लामिछाने लगायतको उपस्थिति थियो ।

कार्यक्रममा मन्तव्य राख्दै मेयर दाहालले भरतपुर आफैमा जिवन्त सङ्ग्रहालको रुपमा रहेकोले घुम्न आमन्त्रण गरेन् । मेयर दाहालले भ्रमण वर्षबाट सिंगो पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको बताइन् ।

कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री दाहालले भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुने बताए । पूर्वप्रधानमन्त्री खनालले भ्रमणवर्ष सफलताको कामना गर्दै रेनु दाहाल प्रचण्डको मात्र छोरी होइनन्, नेपाली छोरी हुन् भन्दै पंशसा गरे ।

पूर्व प्रधानमन्त्री नेपालले भरतपुर अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्य बन्न सने बताए भने देउवाले पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

पूर्वप्रधामन्त्री ओलीले भरतपुरलाई पर्यटन विकासको प्रचुर सम्भावना भएको शहर भएको बताए ।

प्रतिक्रिया दिनुहोस्