१० श्रावण २०८३, आईतवार

अर्थतन्त्र

सहकारीका सदस्यहरु सदस्य जस्तै कहिले बन्ने ?

सहकारीका सदस्यहरु सदस्य जस्तै कहिले बन्ने ?

–प्रतिमान पौडेल– यतिबेला संसारभर वित्तीय समस्या छ । नेपालमा त झन त्यसको असर पर्ने नै भयो । यो मुलुकका शासकहरु वित्तीय संकट समाधानमा होइन, सत्ता जोगाउने र प्राप्त कसरी गर्न सकिन्छ भन्ने मै व्यस्त छन् । सत्तापक्ष, प्रतिपक्ष, नयाँ पुराना सबै दल कसैलाई सत्ता जोगाउने ध्याउन्न छ भने कसैलाई मिसन ८४ को हावाले छोइसकेको छ । मुलुक टाट पल्टिन लागि सक्यो, यिनलाई भने सत्ताकै मात्र चिन्ता छ । सत्तामा गएर केही खोज्यो भने पनि गर्नेलाई गर्न नदिने हाम्रो मुलुकको दुर्भाग्य बन्दै आएको छ । हाम्रो निर्वाचन प्रणाली पनि ठिक छैन, कसैको बहुमत आउने अवस्था छैन । त्यसै कारण गठबन्धन बन्छ, गठबन्धन भनेको स्वार्थ समुह हो । हामी जनता पनि उस्तै हौ, एउटा पार्टीलाई बहुमत नदिने, सबैलाई भोट बाड्ने अनि यस्तै गठबन्धनको सरकार नभएर के हुन्छ ? यस्तो सरकारबाट मुलुकको उन्नती प्रगतिको अपेक्षा कसरी गर्ने ? सबै मिलेर वित्तीय संकट स...
नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवर्द्धन गर्न काठमाडौं महानगरले देखायो सक्रियता

नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवर्द्धन गर्न काठमाडौं महानगरले देखायो सक्रियता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ । दिपावलीमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिकाभित्रका चार स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो । नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्याउन भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्डस्टोर र हाँडीगाउँ कृष्णमन्दिर नजिक बिक्रीस्थल तोकिएको उहाँले बताउनुभयो । महानगरपालिका प्रमुख बालेन्द्र साहले नेपाली फूल उत्पादनलाई प्रोत्साहन गर्न दीपावलीमा प्रत्येक घरमा नेपाली फूल प्रयोग हुनुपर्छ भन्ने निर्देशनअनुरुप महानगरपालिकाले सहजीकरण गर्न लागेको वरिष्ठ नगर प्रह...
पहिलो तीन महिनामा टेलिकमको आम्दानी ३९ करोड घट्यो

पहिलो तीन महिनामा टेलिकमको आम्दानी ३९ करोड घट्यो

काठमाडौँ । नेपाल टेलिकमको आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा रू ३९ करोड बढी आम्दानी घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तिय विवरणअनुसार चालु आवको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कूल आय रू १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रहेको जनाइएको छ । उक्त रकम गत आवको सोही अवधिको कूल आयको तुलनामा तीन दशमलव ५४ प्रतिशतले कमी भएको हो । गत आवमा रू ११ अर्ब चार करोड ९० हजार आम्दानी भएको थियो । उक्त आम्दानीको तुलनामा चालू आवमा रु ३९ करोड १२ लाख ९७ हजार कमी भएको टेलिकमले जनाएको छ । कम्पनीको कूल सञ्चालन आय पनि रू ४९ करोड २५ लाख २१ हजार घटेको छ । चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको कूल सञ्चालन आय रू आठ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कूल सञ्चालन आय रू नौ अर्ब सात करोड ७५ लाख ८४ हजारको तुलनामा रू ४९ करोड २५ लाख २१ हजार (अर्थात्...
कोशी प्रदेश सरकारसँग लियो योजना आयोगले सुझाव, संघीयताको मर्म बुझ्न आग्रह

कोशी प्रदेश सरकारसँग लियो योजना आयोगले सुझाव, संघीयताको मर्म बुझ्न आग्रह

काठमाडौं । राष्ट्रिय योजना आयोगले कोशी प्रदेश सरकारसँग १६ औँ योजनाका लागि सुझाव लिएको छ । बिहीबार कोशी प्रदेशको विराटनगरमा आयोजना गरिएको कार्यक्रममा मूख्यमन्त्री केदार कार्कीसहित प्रदेश सरकारका मन्त्रीहरु र प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरु लगायत सहभागी भए । राष्ट्रिय योजना आयोगको टोली आउने भएपछि कोशी प्रदेश सरकारले बुधबारमात्रै प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्ज्न आचार्यलाई नियुक्त गरेको थियो । बिहीबारको छलफलमा मूख्यमन्त्री, मन्त्रीहरुसँगै उपाध्यक्ष आचार्य पनि सहभागी भए । आयोगलाई मूख्यमन्त्री कार्कीले संघीयताको मर्म बुझेर योजना बनाउनु पर्ने बताएका छन् । उनले मुलुकको समृद्धिका लागि दीर्घकालिन असर पर्ने गरी योजना बनाउन समेत सुझाएका छन् । प्रदेश तथा स्थानीय तहसँग सुझाव लिन आयोगले छुट्टाछुट्टै टोली परिचालन गरेको छ । कोशी प्रदेश सरकार र कोशी प्रदेशमा रहेका स्थानीय तहहरुबाट स...
सरकारले पेसा व्यवसायको संरक्षण गर्नुपर्ने, भारतबाट भित्रिने खसी-बोका रोक्न माग

सरकारले पेसा व्यवसायको संरक्षण गर्नुपर्ने, भारतबाट भित्रिने खसी-बोका रोक्न माग

काठमाडौँ । नेपाल व्यावसायिक बाख्रापालक महासङ्घले सरकारले पेसा व्यवसायको संरक्षण गर्नुपर्ने माग गरेको छ । महासङ्घले आफूहरुको पेसा–व्यवसायको संरक्षणका लागि हाल भइरहेको सरकारी प्रयास न्यून उपलब्धि दिने, नाम मात्रैका र वास्तविक किसानको पहुँचभन्दा बाहिर रहेको जनाएको छ । सरकारले किसानलाई उचित अनुदानको व्यवस्था गर्न नसक्दा अहिले खसी–बोकाबाट घाटा व्यहोर्नुपरेको महासङ्घको भनाइ छ । साथै, अवैध रुपमा भित्र्याइने भारतीय खसी बोकाका कारण सङ्क्रामक रोगको मारमा किसान पर्ने गरेका छन् । नेपाली बजारमा भारतीय खसी बोकाको मासुले प्रश्रय पाउँदा किसान मारमा परेका छन् । यसले नेपालको अर्थतन्त्रमा समेत असर परेको महासङ्घको भनाइ छ । बाख्रापालक किसानलाई राज्यले उचित अनुदानको व्यवस्था गर्नुपर्ने, पेसाको विस्तार, ऋण सुविधा, सरकारी तहबाट किसानका लागि उच्च जातका बोका, पाठीहरु वितरण कार्यलाई अभियानको रुपमा सञ्चालन गरिन...
तिहारको चहलपहलः असन, इन्द्रचोकमा भीड बढ्यो

तिहारको चहलपहलः असन, इन्द्रचोकमा भीड बढ्यो

काठमाडौँ । काठमाडौँको मुख्य व्यापारिक क्षेत्र असनचोकमा तिहार सामग्री बेच्दै गर्नुभएकी रेश्मा तुलाधर नेपालीको दोस्रो ठूला पर्व नजिकिएसँगै व्यापार उल्लासमय बन्दै गएको बताउनुहुन्छ । “केही समय पहिला सुनसान बनेको व्यापार चाडवाड नजिकिएसँगै चहलपहल बढ्दो छ । विशेष गरी तिहार केन्द्रित सामग्री यस ठाउँमा बिक्री हुनाले उपत्यकावासी र उपत्यकाबाट तिहारको लागि बाहिरिने सर्वसाधारणको किनमेलको चाप अहिले उल्लेख्य छ । व्यापार पनि उल्लासमय बन्दै गएको छ”, उहाँ भन्नुहुन्छ । शुभ दिपावली नजिकिएसँगै काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भोटाहिटी लगायतका प्रमुख व्यापारिक क्षेत्रमा झिलिमिली बत्ती, दियो, मखमली तथा सयपत्री फूल, सप्तरङ्गी टिका, तामा, पित्तलका भाँडा, भाइमसला लगायतका सामग्री किन्ने मानिसको घुइँचो देखिन्छ । तीन वर्षदेखि भाइ मसालाका सामग्री बजारबाट ल्याई आफैँ प्याकेजिङ गर्दै आउनुभएकी तुलाधर दिउँसोको समयमा...
देउराली सहकारीबाट ठगिएका बचतकर्तालाई जाहेरी दिन सिआईबीको आग्रह

देउराली सहकारीबाट ठगिएका बचतकर्तालाई जाहेरी दिन सिआईबीको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिनका लागि शुक्रबारसम्मको समयसीमा तोकेको छ । केही पीडित उजुरी लिएर आएका र उनीहरुको उजुरी दर्ता भएको जानकारी गराउँदै सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले रकम प्राप्त गर्न नसकेका भए जाहेरी दिन बचतकर्तालाई आग्रह गर्नुभयो । उक्त सहकारीबाट अहिलेसम्म झण्डै रु ५० करोड बिगो बराबरको रकम हिनामिहना भएको भनी जाहेरी परेको छ । जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो । निक्षेपकर्ता सदस्यले ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रही भक्तपुर र काठमाडौँको सेवा केन्द्रमार्फत समेतमा बचत तथा मुद्दति खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज समयावधि सकिँदासमेत पनि ...
खुद्रा किराना पसलेले पाउने भए २० बोरा चिनी, अब अभाव नहुने

खुद्रा किराना पसलेले पाउने भए २० बोरा चिनी, अब अभाव नहुने

काठमाडौँ । साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्याएको हो । प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ । कर्पोरेशनका व्यवस्थापक ब्रजेश झाका अनुसार हालसम्म चार सय ५० भन्दाबढी खुद्रा पसलले पाँच हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि कर्पोरेशनबाट लगिसकेका छन् । उहाँले भन्नुभयो, “काठमाडाँै उपत्यकासहित अन्यत्रका खुद्रा किराना पसलेले कर्पोरेशनबाट चिनी लिन सक्छन् ।” उहाँका अनुसार सरकारले नै निर्धारण गरिदिएको प्रतिकेजी एकसय १२ रुपैयाँ ५० पैसामा खुद्रा बिक्री कर्तालाई चिनी बिक्री गरेको हो । कर्पोरेशनले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकेजी रु ९७ मा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ । सरकारले नियन्त्रणमा लिएको सात...
विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि वक्यौता असुलीलाई अझै सशक्त बनाइने बताउनुभयो । असूलउपर गर्नुपर्ने विद्युत् महशुल बक्यौता बृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरुले महशुल नतिर्ने ग्राहकहरुको लाइन काटिरहेका छन् । विद्युत महशुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थपदस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थपदस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महशुल नबुझाउ...
शेयर बजारमा सामान्य सुधार

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ६३ दशमलव ९४ को विन्दुमा कायम भएको हो । आज दुई सय ८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर ३० हजार तीन सय ६४ पटक खरिदबिक्री हुँदा रु ७८ करोड २७ लाख ४३ हजार दुई सय ६४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ३८, होटल तथा पर्यटन समूह शून्य दशमलव ६४, लगानी समूह शून्य दशमलव ४३ र निर्जीवन बीमा समूह शून्य दशमलव २३ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव १६ र अन्य समूह शून्य दशमलव ७३ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ३५, वित्त शून्य दशमलव ३३, जलविद्युत् शून्य दशमलव ६५, जीवन बीमा शून्य दशमलव ५१ र लघुवित्त समूह शून्य दशमलव २४ प्रतिशत...