कोलोराडोमा नेपाली सांस्कृतिक केन्द्रमा आगामी आइतबार भव्यताका साथ होली खेलिने
नातिबाब भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपाली समुदायले बसन्त ऋतुको आगमनसंगै आपसी मेलमिलाप, ऐक्यबद्धता र सद्भाब अभिबृद्धी गर्दै भावी पुस्तालाई संस्कृती सिकाउने उद्देशयले होली कार्यक्रम आयोजना गर्ने भएका छन् ।
नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा आगामी मार्च २४ तारिक आईतबारका दिन दिउासो १ बजे देखी ४ बजे सम्म नेपाली सांस्कृतिक केन्द्रमा होली खेल्ने कार्यक्रम रहेको र सो कार्यक्रमको लागी सबै क्षेत्रका महानुभावहरुबाट उत्साहजनक तरिकाले सहयोग प्राप्त भैरहेको अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् ।
कोलोराडो स्थित सबै संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धीजिवी, ब्यवसायी, पत्रकार, सर्वसाधारण बुबाआमा, दाजुभाई, दिदीबहिनी तथा नेपाल र नेपालीको संस्कृतीप्रति आस्था र चासो राख्ने स्थानीय सबैलाई स–परिवार कार्यक्रममा उपस्थित भई दिनु हुन संस्थाका महासचिव भोला कटुवालले अनुरोध गरेका छन् ।
ए...









