 
            रकी माउन्टेन फ्रेन्डस् अफ नेपालमा दश सदस्यीय सल्लाहकार समिति गठन (नामावलीसहित)
            –नातिबाबु भट्ट/ कोलोराडो । अमेरिकाको कोलोराडोमा सक्रिय नेपालीहरुको जेठो सामाजिक संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको हालै सम्पन्न कार्यसमितिको बैठकले दश सदस्सीय सल्लाहकार समिति गठन गरेको छ ।
बैठकबाट सर्बसम्मत चयन भएका सल्लाहकार समितिका सदस्यहरुमा नारायण श्रेष्ठ, पुरुषोत्तम पाण्डे, पदम बिश्वकर्मा, बिनोद त्रीपाठी, निलम श्रेष्ठ, टिका सिटौला, कुमारजंग कार्की, प्रेमकाजी श्रेष्ठ, ओम पकुवाल, शेनुप्रसाद तीवारी रहेका छन् ।
कोलोराडोको नेपाली समुदायमा रहेर बिभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्याउनु हुने समाजसेवीहरुलाई संगटेर सल्लाहकार समिति चयन गरिएको संस्थाका अध्यक्ष अर्जुन बगालेले बताएका छन् ।
संस्थाले कोलोराडोमा नेपाली भाषा संस्कृती संरक्षण र पहिचाहनको लागी बडादशैं, नेपाली नयाँ बर्ष लगायत बिभिन्न चाडपर्वहरुमा सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
त्यसैगरी संस्था...        
       
    








