प्रवासी नेपाली मञ्च क्यालिफोर्नियामा नयाँ नेतृत्व, अध्यक्षमा गौतम
बोस्टन (अमेरिका) । प्रवासी नेपाली मञ्च, अमेरिकाको क्यालिफोर्निया राज्य कमिटीको नयाँ कार्यसमिति गठन भएको छ ।
गत मार्च २९ तारिख शुक्रवारका दिन सम्पन्न अधिवेशनले चिरञ्जीवी गौतमको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रवासी नेपाली मञ्च, क्यालिफोर्निया राज्य कमिटीका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षता र प्रनेम अन्तर्राष्ट्रिय कमिटीका सदस्य राजेन्द्र शिवाकोटीको प्रमुख आतिथ्यता रहेको अधिवेशनले, उपाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा शम्भु शिवाकोटी र उपसचिवमा प्रकाश खनाललाई चयन गरेको छ ।
यसैगरी अधिवेशनमार्फत कमिटीको सदस्यहरुमा केबी चलाउने, प्रभाकर प्याकुरेल, हेमराज राई, गणेश जिसी र दीपक अधिकारी सर्वसम्मत चयन भएका छन् । अधिवेशनले ११ सदस्यीय कमिटीमा बाँकी दुइ सदस्यहरु भने राज्य कमिटीले पछि चयन गरेर पूर्णता दिने र सल्लाहकार कमिटीसमेत गठन गर्ने निर्णय गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि अन्तर्...









