२८ फाल्गुन २०८२, बिहीबार

कोलोराडो विशेष/अमेरिका

अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटो फिचर)

अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटो फिचर)

अमेरिका (सानफ्रान्सिस्को) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा अप्रिल १४ तारिखका दिन नेपाल परेड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिका, क्यालिफोर्निया च्याप्टर, नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्नियाको लगायत सानफ्रान्सिस्कोमा सक्रिय संघसंस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा नेपाली कला संस्कृति झल्कने झाँकीसहित परेडको आयोजना गरिएको एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरी ओझाले जानकारी दिनु भयो । नेपाल परेड विशेष कार्यक्रम बिहान ११ बजे सिटीहलमा भएको हो । न्यूयोर्कलाई पराजित गर्दै टेक्ससले जित्यो भलिबल प्रतियोगिताको उपाधि स्थानीय मार्केट स्ट्रिटमा नेपाली कला संस्कृति झल्कने झाँकी प्रदर्शन र कल्चरल इभेन्टसमेत भएको थियो । कार्यक्रममा अमेरिकाको विभिन्न स्थानमा रह...
अमेरिकाको बोस्टनमा फहरायो नेपालको राष्ट्रिय झण्डा

अमेरिकाको बोस्टनमा फहरायो नेपालको राष्ट्रिय झण्डा

सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । अमेरिकाको बोस्टनमा चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको छ। गत अप्रिल १२ तारिख शुक्रवारका दिन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यास्याच्युसेट्स च्याप्टर र समरभिल सिटीको संयुक्त आयोजनामा समरभिल सिटीको प्राङ्गणमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको हो । नेपाली नयाँ वर्ष बिक्रम संवत् २०८१ साल प्रारम्भ भएको शुभसाइत पारेर आयोजना गरिएको कार्यक्रमकी प्रमुख अतिथि नेपाली महावाणिज्यदूतावास न्यू योर्ककी महावाणिज्य दूत विष्णुकुमारी अधिकारी र समरभिल सिटीकी मेयर क्याट्जना बालेन्टाइनले संयुक्त रूपमा झण्डोत्तोलन गरेका थिए । कार्यक्रमको शुभारम्भ नेपाली राष्ट्रिय गान र अमेरिकाको राष्ट्रिय गान गाएर गरिएको थियो। कार्यक्रमकी प्रमुख अतिथि अधिकारीले नेपाली नयाँ वर्ष २०८१ सालको शुभ अवसर पारेर ऐतिहासिक र महत्वपूर्ण का...
कोलोराडोमा गायक रवि ओडको प्रस्तुतिसँगै नयाँवर्ष शुभकामना सांस्कृतिक साँझ सम्पन्न

कोलोराडोमा गायक रवि ओडको प्रस्तुतिसँगै नयाँवर्ष शुभकामना सांस्कृतिक साँझ सम्पन्न

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपालीभाषी समुदायले गायक रबी ओडको उपस्थितीमा शुभकामना सांस्कृतिक सांझ कार्यक्रमको आयोजना गरी नयांबर्ष २०८१ को शुभकामाना आदान प्रदान गरेका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने नेपालीभाषीहरुको उपस्थिती रहेको थियो । शनिबार सांझ सम्पन्न भएको कार्यक्रममा सहभागी हुन कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, गुन्यू चोलो लगाएर आएका थिए भने, केही आफ्नो जातीय भेष भूषा झल्कने पहिरहन लगाएर आएका थिए । कार्यक्रम आयोजना स्थलमा बालक हुन वा बृद्ध, यूवा हुन वा यूवती सबै आ आफ्ना दौतरीका साथ नयांबर्षको शुभकामाना साटासाट गरिरहेका थिए । कोही हात मिलाएर त कोही हक गरेर, कोही नमस्ते गरेर त कोही टाउको निहुर...
न्यूयोर्कलाई पराजित गर्दै टेक्ससले जित्यो भलिबल प्रतियोगिताको उपाधि

न्यूयोर्कलाई पराजित गर्दै टेक्ससले जित्यो भलिबल प्रतियोगिताको उपाधि

अमेरिका (क्यालिफोर्निया) । एनआरएनए क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको भलिवल प्रतियोगितमा टेक्ससको टोलीले उपाधि जितेको छ । सानफ्रन्सिस्कोमा सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा न्यूयोर्कको टोलीलाई टेक्ससले हराएको हो । योसंगै बिजेता टोलीले सर्वाधिक १२ हजार डलर पुरस्कार जितेको छ । अन्तिम खेलमा १५–१३ स्कोर सहित न्यूयोर्कले बाजी मारेको हो । बेस्ट अफ फाईभको खेलमा अन्तिम प्रतिस्पर्धाअघि २-२ जीत सहित दुबै टोली बराबरको स्थितिमा थिए । खेलको उपबिजेताले ७ हजार डलर पुरस्कार पाउने छ । तेस्रो हुनेले ५ हजार र चौथो हुने टोलीका लागि २ हजार डलर पुरस्कार राखिएको यो खेल अमेरिकामा नेपाली समुदायमाझ हुने सर्वाधिक पुरस्कार राशी मघ्येको प्रतियोगिता हो । विजेता-उपबिजेतासहित सम्पूर्ण सहभागी टोलीहरु र खेल सम्पन्न गर्न सघाउने सबै नेपाली समुदायप्रति आयोजक एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझा...
कोलोराडोमा शनिबार साँझ आयोजित शुभकामना सांस्कृतिक साँझ कार्यक्रमको तयारी पूरा

कोलोराडोमा शनिबार साँझ आयोजित शुभकामना सांस्कृतिक साँझ कार्यक्रमको तयारी पूरा

कोलोराडो । नेपाली नयाँ वर्ष २०८१ को उपलक्ष्यमा अमेरिकाको कोलोराडोमा शनिबार साँझ आयोजित शुभकामना सांस्कृतिक साँझ कार्यक्रमको तयारी पूरा भएको छ । शुभकामना सांझ कार्यक्रम अप्रिल १३, २०२४ शनिबार सांझ ६ बजेदेखी राती ९ः३० बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजना हुन लागेको हो । कोलोराडो निवासी नेपाली भाषीहरूको साझा संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजनामा नेपाली नयाँ वर्ष २०८१ को उपलक्ष्यमा नेपाली कला संस्कृतीको जगेर्ना गर्न तथा समाजमा सद्भाव कायम राख्न बिशेष शुभकामना आदान प्रदान तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो । लोकप्रिय गायक रबि ओडको बिशेष आतिथ्यमा स्थानीय सुपरिचित तथा चर्चित कलाकारहरुको सहभागितामा बिशेष मनोरन्जनात्मक तथा शुभकामना साँझ कार्यक्रमको आयोजना गरिन लागिएको रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् । प्रवासमा नेप...
क्यालिफोर्नियामा भलिबल प्रतियोगितासहित नेपाल परेड कार्यक्रमको तयारी पूरा

क्यालिफोर्नियामा भलिबल प्रतियोगितासहित नेपाल परेड कार्यक्रमको तयारी पूरा

कोलोराडो । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा अप्रिल १२, १३ र १४ मा दुई महत्वपूर्ण कार्यक्रम हुने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिका, क्यालिफोर्निया च्याप्टर, नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्नियाको लगायत सानफ्रान्सिस्कोमा सक्रिय संघसंस्थाहरुको संयुक्त आयोजनामा अप्रिल १२ र १३ मा भलिवल प्रतियोगिता आयोजना गरिएको छ । उक्त प्रतियोगितामा १५ वटा टिमले भाग लिने तय भएको छ । सोही अवसरमा भलिवल प्रतियोगितामा प्रथम हुने समूहलाई १२ हजार, दोस्रो हुने समूहलाई ७ हजार, तेस्रो हुने समूहलाई ५ हजार र चौथो हुने समूहलाई २ हजार डलर नगदसहित पुरस्कारको व्यवस्था गरिएको जनजाती महासंघ क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामाले जानकारी दिनु भयो । उक्त प्रतियोगितामा सहभागी हुन चाहने टोलीलाई दर्ता शुल्क ५ सय राखिएको थियो । त्यस्तै भलिवल प्रतियोगितसँगै अप्रिल १...
नेपाली नयाँवर्ष २०८१ को उपलक्ष्यमा अमेरिकाको कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

नेपाली नयाँवर्ष २०८१ को उपलक्ष्यमा अमेरिकाको कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली नयॉंवर्ष २०८१ को अवसरमा कोलोराडोमा सम्पन्न रक्तदान कार्यक्रमा ११ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स अफ अमेरिका कोलोराडो शाखा र रकी माउन्टेन फ्रेन्डस अफ नेपालको संयुक्त आयोजनामा कोलोराडो, वेस्टमिनिस्टर स्थीत Vitalint मा अप्रिल ७ तारिख, आईतवार सम्पन्न रक्तदान कार्यक्रमा ११ जना नेपाली दाजुभाइ दिदीबहिनीहरूबाट रक्तदान सम्पन्न भएको हो । एक पटकको एक ब्यक्तिको रक्तदानबाट तीनजना व्यक्तिको जीवन बॉंच्न सक्छ । यस्तो पूण्य कार्यमा धेरै भन्दा धेरै ब्यक्तिलाई जागरुक बनाउंदै रक्तदान कार्यमा अभिप्रेरित गराउने मुल उद्देश्यका साथ आयोजित कार्यक्रममा ५ जना रक्तदाताहरुलाई पहिलोपटक सहभागी गराउन सक्नु कार्यक्रमको प्रमुख सफलता रहेको ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष डा. शारदा त्रिपाठीले बताएकी छन् । यसरी पहिलो पटक रक्तदान गर्नेहरूमा बिकाश त्रिपाठी,...
नयाँवर्ष २०८१ को अवसरमा अनेसास कोलोराडोद्वारा साहित्यिक रचना वाचन कार्यक्रम हुँदै

नयाँवर्ष २०८१ को अवसरमा अनेसास कोलोराडोद्वारा साहित्यिक रचना वाचन कार्यक्रम हुँदै

कोलोराडो । नेपाली नयाँवर्ष २०८१ को अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाले शुभकामना आदानप्रदान तथा साहित्यिक रचना वाचन कार्यक्रम गर्ने भएको छ । यही अप्रिल १२ तारिख शुक्रबारका दिन साँझ ७ बजेबाट (नेपालको मिति २०८१ बैशाख १ गते बिहान ६.४५ बजे) देखि अनलाइन जूमको माध्यमबाट कार्यक्रम सञ्चालन गर्न लागिएको अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले बनाउनु भयो । नयाँ वर्ष आगमनको सुखद् अवसरमा अनेसासले प्रस्तुत गर्न लागेको कार्यक्रममा सहभागी भइदिनु हुन शाखाका सचिव लालप्रसाद चौलागाईँले अनुरोध गर्नु भएको छ । ...
कोलोराडोमा हलिं नेवाः दिं मनाइयो

कोलोराडोमा हलिं नेवाः दिं मनाइयो

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो नेवाः खलःको आयोजनामा हलिं नेवाः दिं (World Newah Day) मनाइएको छ । धिमे बाजा र धिमे नाचको प्रस्तुति सँगै नेपाली सॉंस्कृतिक केन्द्र (नेपाली घर) मा आयोजित कार्यक्रममा कोलोराडो नेवाः खलःका अध्यक्ष भूषणलाल श्रेष्ठले लसकुस न्वचु (स्वागत मन्तव्य) दिएका थिए । World Newah Organization, America को Mountain Region उपाध्यक्ष तथा कोलोराडो नेवाः खलःका सल्लाहकार भुबनकृष्ण श्रेष्ठ तथा खलःका निवर्तमान अध्यक्ष प्रेमकाजी श्रेष्ठले ध्यचमि ल्भधबज म्बथ को बारेमा आफ्ना भनाइहरू राखेका थिए । कार्यक्रममा स्थानीय गायक कलाकारहरू प्रमोद श्रेष्ठ ‘सालुगु गाचा साले मते’, सुरेश ताम्राकारले ‘राजमति कुमति जिके वःसा पिरति’ तथा मनोज काजी तुलाधरले ‘धाल जित नेवाः जिके नेवाः पह मन्त यःमां ’ लगायत गीतहरू गाएर सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको अन्तमा वर्ल्ड नेवाः...
प्रवासी नेपाली मञ्च क्यालिफोर्नियामा नयाँ नेतृत्व, अध्यक्षमा गौतम

प्रवासी नेपाली मञ्च क्यालिफोर्नियामा नयाँ नेतृत्व, अध्यक्षमा गौतम

बोस्टन (अमेरिका) । प्रवासी नेपाली मञ्च, अमेरिकाको क्यालिफोर्निया राज्य कमिटीको नयाँ कार्यसमिति गठन भएको छ । गत मार्च २९ तारिख शुक्रवारका दिन सम्पन्न अधिवेशनले चिरञ्जीवी गौतमको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । प्रवासी नेपाली मञ्च, क्यालिफोर्निया राज्य कमिटीका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षता र प्रनेम अन्तर्राष्ट्रिय कमिटीका सदस्य राजेन्द्र शिवाकोटीको प्रमुख आतिथ्यता रहेको अधिवेशनले, उपाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा शम्भु शिवाकोटी र उपसचिवमा प्रकाश खनाललाई चयन गरेको छ । यसैगरी अधिवेशनमार्फत कमिटीको सदस्यहरुमा केबी चलाउने, प्रभाकर प्याकुरेल, हेमराज राई, गणेश जिसी र दीपक अधिकारी सर्वसम्मत चयन भएका छन् । अधिवेशनले ११ सदस्यीय कमिटीमा बाँकी दुइ सदस्यहरु भने राज्य कमिटीले पछि चयन गरेर पूर्णता दिने र सल्लाहकार कमिटीसमेत गठन गर्ने निर्णय गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अन्तर्...