 
            अमेरिका निवासी समाजसेवी स्व. अर्जुन मैनालीको १३औं पुन्यतिथिको अवसरमा गरियो शोकसभा
            -नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । ब्लड डोनर्स अफ अमेरिका (बीडीए) Blood Donors of America, BDA तथा International Nepalese Blood Donors Association, INBAD का संस्थापक अध्यक्ष स्व. अर्जुन मैनालीको १३ औं पुन्यतिथिको अवसरमा शोकसभा सम्पन्न भयो ।
Blood Donors of America, BDA ले आफ्ना संस्थापक अध्यक्ष मैनालीको असामयिक निधनमा जुम मार्फत श्रद्धाञ्जली दिने कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा BDA का वर्तमान र पुर्व केन्द्रीय पदाधिकारीहरु लगायत राज्य समितिका पदाधिकारी तथा स्वर्गीय मैंनालीलाई नजिकबाट चिन्ने NRNA, INBDA, NASEA, ANMA, ANA सहित अमेरिकामा कार्यरत बिभिन्न नेपाली संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो ।  कार्यक्रमको सुरुमा BDA का पुर्व केन्द्रीय सदस्य तथा स्वर्गीय मैनालीका दाजु (नाताले) एवं मैनालीको नजिकैको शहरमा बस्ने माधव मैनालीले घटना भएको दिनदेखि हालसम्मको जानकारी तथा स्...        
       
    








