१७ कार्तिक २०८१, शनिबार

अनेसास कोलोराडो शाखाको आयोजनामा भव्यताका साथ मनाइयो सरस्वती पूजा कार्यक्रम

कोलोराडोखबर संवाददाता , February 18th, 2024

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाद्वारा यही फेब्रुअरी १७ तारिक शनिबारका दिन सरस्वती पूजा कार्यक्रम आयोजना गरिएको छ ।

नेपाली भाषा पाठशालाका विद्यार्थीहरूद्वारा सञ्चालित सरस्वती पूजा कार्यक्रम नेपाली सांस्कृतिक केन्द्र, वेष्टमिन्स्टर कोलोराडोमा सम्पन्न गरिएको हो ।

कार्यक्रम संचालन एरिका अधिकारीले गरेकी थिइन् । भाषा पाठशालाका शिक्षकशिक्षिकाहरू र बिद्यार्थीको समुपस्थितिमा गुरु जीवन बरालद्वारा स्वस्ति वाचनसहित पूजा आरम्भ गरिएको थियो । भाषा पाठशालाका शिक्षकशिक्षिका र बिद्यार्थीसहित गुरु जीवन बरालबाट सरस्वती बन्दना गरिएको थियो ।

शिक्षकशिक्षिका, बिद्यार्थी अभिभावकद्वारा सरस्वती माताको पूजा, पुष्प अर्पण तथा दर्शन गरी भाषा पाठशालाका शिक्षिकाहरूबाट विद्यार्थी आभिभावक तथा उपस्थित पाहुनाहरूलाई प्रसाद वितरण गरिएको थियो ।

कार्यक्रममा ३०० जना भन्दा धेरैको उपस्थिति थियो । यसैक्रममा नयाँ विद्यार्थीहरूलाई अक्षर आरम्भ गरिएको अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले बताउनु भयो । कार्यक्रमको दोस्रो चरणमा विद्यार्थीहरूको प्रतिभा प्रस्तुती गरिएको थियो ।

यसैक्रममा माया ज्ञवालीबाट (नेपाली राष्ट्रगानमा पियानो बजाइएको), रियान पौडेल, अग्रिम घिमिरे, अभिक अधिकारी, समृद्धि सिग्देल, प्रियंका श्रेष्ठ, एरिका अधिकारी, रिकिता पौडेल, स्वीकृता सिग्देलबाट (नृत्य), रचित रेग्मी, असिम पौडेलबाट (कविता बाचन), आँचल सापकोटा, अग्रिम पौडेलबाट सरस्वती पूजाको बारेमा जानकारी, प्रियंका श्रेष्ठ, आश्रिता कटुवाल, आरती कटुवाल, परी श्रेष्ठबाट अभिभावक, गुरु तथा विद्यार्थीसँग सम्बन्धित छोटो नाटक प्रस्तुति, तेजस चौलागाईंबाट सामान्य ज्ञानसँग सम्बन्धित प्रस्तुती (नहेरिकन अमेरिकाको ५० राज्यको नाम भन्ने), तनुज चौलागाईंबाट सामान्य ज्ञानसँग सम्बन्धित प्रस्तुती (१ देखि १०० डलरसम्मको नोटहरुमा रहेको अमेरिकी राष्ट्रपतिहरुको नाम भन्ने) र रुशिल रेग्मीबाट गीत गाएर प्रस्तुति गरिएको थियो । आदित्य बरालको पनि प्रस्तुति थियो ।

कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवी कवयत्री, साना बाल बालिका, बाल कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा बालिकाहरुका अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रममा डा. रबीता पाठक ओझा फाउण्डेशनका तर्फबाट नेपाली संस्कृतिक केन्द्र नेपाली घरकालागी गणेशको मुर्ति र एलस्टेट ईन्सुरेन्स शुनिल पाठक एजेन्सीका तर्फबाट दुईवटा पानस एजेन्सीका संस्थापक शुनिल पाठकद्धारा नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकाललाई हस्तान्तरण गरेका थियो ।

कोलोराडोमा बालबालिकालाई भाषा सिकाउँदै ‘नेपाली भाषा पाठशाला’

शनिबार कोलोराडोमा सरस्वती पूजा कार्यक्रम गरिंदै, उपस्थितिका लागि अनेसासको अनुरोध 

प्रतिक्रिया दिनुहोस्