कोलोराडोमा विभिन्न कार्यक्रमसंगै समर पिकनिक आयोजना हुँदै
-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकास्थित कोलोराडोमा रहेका नेपालीभाषीहरुबीच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले समर पिकनिक आयोजना गर्न लागिएको छ ।
रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजना तथा कोलोराडोस्थित अन्य स्थानीय संघ संस्थाहरुको सहभागीतामा यही जुलाई ७ तारिक आइतबारका दिन दिउँसो २ बजेदेखी सांझ ७ बजेसम्म समर पिकनिक कार्यक्रमको आयोजना गर्न लागिएको रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् ।
बिभिन्न खेलकुद तथा मनोरञ्जनका कार्यक्रमसहित आयोजना गर्न लागिएको पिकनिक कार्यक्रममा सहभागीताको लागी संस्थाले बिभिन्न सामाजिक संजाल मार्फत कोलोराडोमा रहेका सबै संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धीजिवी, समाजसेवी, पत्रकार, बिभिन्न पेशामा आबद्ध पेशाकर्मी, ब्यावसायी, तथा नेपाली भाषी आमाबुबा ,दाजुभाई, दिदिबहिनी सबैलाई हार्दिक अनुरोध गरिसकेको अध्यक्ष ...









