१२ श्रावण २०८३, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक बन्न माधव नेपालको सुझाव

कोलोराडोखबर संवाददाता , January 12th, 2025

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक बन्न सुझाव दिनु भएको छ।

शनिबार ललितपुर जिल्ला कमिटीले आयोजना गरेको एक कार्यक्रमा हिटलरले जस्तो फासिस्ट बनेर नेपालमा पार लगाउन नसक्ने बताउँदै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई लोकतान्त्रिक विधिबाट चल्न सुझाव दिनु भएको हो ।

‘फासिस्ट बनेर पार लगाउन सक्नुहुन्न। लोकतान्त्रिक बन्नुस्। लोकतान्त्रिक विधि अवलम्बन गर्नुस्। अरूको मान सम्मान गर्न जान्नुस् र सहकार्य गर्नुस्’, उहाँले भन्नुभयो ।

ओलीको अहंकारको कारण नेकपाकालमा संविधान संशोधन हुन नसकेको पनि अध्यक्ष नेपालले बताउनुभयो । त्यतिबेला प्रधानमन्त्री भइसकेका व्यक्तिहरू, थुप्रै संख्यामा उपप्रधानमन्त्री र मन्त्री भइसकेका व्यक्तिहरू पार्टीभित्रै रहेकाले छलफल र विश्लेषण गरेर संविधान संसोधन गर्न सकिने अवस्था रहेको नेपालले बताउनु भयो । आफूलाई बाहेक अरूलाई गन्दै नगन्रे। ज्ञानको भण्डार हुँ भन्ने अहंकारले त्यो हुन पाएन, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्