नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा दुई देशको सम्बन्धमा ‘बहुआयामिक ब्रेक थ्रु’ ल्याउने तयारी सरकारले गरेको छ । यही मङ्सिर ६ र ७ गते प्रधानमन्त्री शाहको भारत भ्रमण हुने तय भएको छ ।
उच्चस्तरीय भ्रमणमा प्रस्तुत हुने राष्ट्रिय एजेन्डा, प्रधानमन्त्री शाहले प्रस्तुत गर्नुहुने राष्ट्रिय धारणा र अन्य कागजी प्रक्रिया सबैमा सरकारले दुवै देशको मनसाय झल्काउँदै छिमेकी सम्बन्धलाई ‘बहुआयामिक ब्रेक थ्रु’ मा लैजाने कसरत गरेको हो ।
भारत भ्रमणमा प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हुने एकल तथा प्रतिनिधिमण्डलसहितको छलफलमा प्रस्तुत हुने प्रस्तावका विषयमा परराष्ट्र मन्त्रालयमा बिहीबार गहन छलफल भयो ।
लगभग तय भएको एजेन्डामा थपघटका विषय, भाषाशैली, भाव र शब्द चयनका लागि प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सामूहिक गृहकार्य बिहीबार पनि राति अबेरसम्म जारी रह्यो ।
परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईले भ्रमणलाई लिएर भारत सरकारसँग उच्चस्तरीय समन्वय गरिरहनुभएको छ । उहाँहरूले एजेन्डा तयार गर्न बनेको समूहलाई अन्तरमन्त्रालय समन्वय र सहकार्यलाई ध्यानमा राख्न निर्देशन पनि दिनुभएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्