नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको मिति नजिकिँदै जाँदा तयारी तीव्र पारिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।
भारत भ्रमणको आवश्यक तयारीसँगै भ्रमणका क्रममा हुने द्विपक्षीय तथा प्रतिनिधिमण्डलसहितको भेटवार्तामा प्रस्तुत गरिने एजेन्डालाई ठोस रूप दिन परराष्ट्र मन्त्रालय अन्तिम तयारीमा जुटेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल कोप सम्मेलनबाट फर्केलगत्तै प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डालाई अन्तिम रूप दिन मन्त्रालयले मन्त्रालयगत र बहुपक्षीय छलफललाई तीव्र बनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्